New App Notice!

B.Sc. Forestry (2077-081) IOF, TU, Hetauda Campus : General Capitation and Quota Capitation 4th Admission Notice and Student List.


त्रिभुवन विश्वविद्यालय
वन विज्ञान अध्ययन संस्थान
हेटौंडा क्याम्पस अध्ययन
हेटौंडा, मकवानपुर, नेपाल

मिति : २०७८-०१-१५ 

स्नातक तह मा भर्नाको लागि साधारण क्यापिटेशन (General Paying) तथा समावेशी क्यापीटेशन (Quota Paying) सिटहरुको लागी छनौट भएका उम्मेदवारहरुको चौथों सूची प्रकाशन सम्वन्धी सूचना

The fourth Admission List is published for BSc Forestry Hetauda Campus in General and Quota Capitation or Paying Seats.

Note : Name List of selected students for 4th Admission List is available below in the photo.


चौथो सूचीमा रहेका उम्मेदवारहरु मिती २०७८ साल बैशाख २० गते सोमवार कार्यालय समय सम्म भर्ना भै सक्नु पर्नेछ । Admission Deadline is Baisakh 20.

Notice for Online Admission in IOF Hetauda Campus for 4th List Students:-
चौथो सूचीमा रहेका उम्मेदवारहरुले भर्नाको लागी मिती २०७८ साल बैशाख १६ गते देखि विभिन्न जिल्लाहरुमा COVID-19 को बढदो जोखिमलाइ नियन्त्रण गर्न नेपाल सरकार र स्थानीय प्रशासन वाट निषेधाज्ञा लागु गरिएकोले उम्मेदवार आफै आई भर्ना हुन सम्भव नभएकोले अनलाईन मार्फत भर्ना हुने व्यवस्था गरिएकोले बैंकमा रकम जम्मा गरेको भौचर र आवश्यक अन्यकागजातहरु ईमेल ( kracharya@iofhc.edu.np or yogendraiofhetauda@gmail.com ) मार्फत पठाउनु पर्नेछ । 
यसरी भर्ना भएपनी परिस्थीती सहज भै आवतजावतमा सामान्यकरण भएको ७ (सात) दिन भित्र यस क्याम्पसमा आई सम्पूर्ण सक्कल प्रमाणपत्रहरु तथा २ प्रति पासपोर्ट साइजको फोटो साथमा लिई उम्मेदवार आफै उपस्थित हुनु पर्नेछ। 
Required Documents for Admission:
क) पासपोर्ट साइजको फोटो and Bank Voucher of Payment for Admission
ख) नेपाली नागरिकताको सक्कल प्रमाणपत्र
ग) SEE/SLCको सक्कल लब्धाङ्क(Transcript) र चारित्रिक प्रमाणपत्र (Character Certificate)
घ) प्रमाणपत्र तहको सक्कल लब्धाङ्क(Transcript) र चारित्रिक प्रमाणपत्र (Character Certificate)
ङ) प्रमाणपत्र तहको सक्कल स्थायी (Provisional) र Migration प्रमाणपत्र
च) समानस्तर निर्धारण (Equivalent) को प्रमाणपत्र (प्रमाण पत्र तह नेपाल बाहिरको विश्वविद्यालय वा संस्थाबाट उत्तिर्ण गरेकाहरुलाई मात्र)



त्रि.वि. वाहेक अन्य विश्वविद्यालय र विदेशबाट उत्तिर्ण भएका उम्मेदवारहरुले समकक्षता, माइग्रेशन र प्रोभिजनल प्रमाणपत्रको सक्कल समेत भर्नाको समयमा पेश गर्नु पर्नेछ । कुनै उम्मेदवारको शैक्षिक योग्यता तथा अन्य विवरण झुठा ठहरिएमा वा तोकिएको म्याद भित्र सक्कल प्रति बुझाउन नसकेमा भर्ना रद्ध गरी त्रि.वि. नियमानुसार कारवाही गरिने छ । सूचि तयार गर्दा सक्दो शुद्धिकरण गरिएको छ । यद्यपी, भूलवश यस सूचिमा भर्नाका लागि प्रकाशित हुनु पर्ने उम्मेदवारको नाम छुट हुन गएको रहेछ भने त्यसलाई सच्याई त्यस्तो उम्मेदवारलाई स्थान रिक्त रहेमा यस पछिका सूचिमा प्राथमिकता दिई निजको नाम प्रकाशित गरिने व्यहोरा जानकारी गराईन्छ । 

साधारण क्यापीटेशन तथा समावेसी क्यापीटेशनमा भर्नाका लागी छनौट भएका प्रत्येक उम्मेदवारले क्यापीटेशन वापत रु. ३,००,०००।०० (तिन लाख) मध्ये भर्ना हुँदा ५० % रकम (रु. १,५०,०००) र भर्ना शुल्क रु. ८,३,२०।०० ( रुपैया आठ हजार तीन सय विस मात्र) समेत गरि रु. १,५८,३२० (रुपैया एक लाख अन्ठाउन्न हजार तिनसय विस मात्र) विज्ञान अध्ययन संस्थानको नेपाल बैंक लिमिटेड, पृथ्वीचोक शाखा, पोखरामा रहेको Institute of Forestry, Dean's Office को चल्ती खाता नं. १९२००१००५७९६७४०००००१ मा नम्मा गरेको बैंक भौचर सहित भर्ना हुन सम्बन्धित सबैलाई जानकारी गराइन्छ ।

Total fee is 3 lakhs and Fee to be submitted at the time of Admission is NRs. 1,58,320.


Contact Address:
Hetauda-10, Makawanpur, Nepal
PO. Box No. 34, Tel: +977-057-520453, 
Fax No. +977-057-520865, 
E-mail: info@iofhc.edu.np




Previous Post Next Post