New App Notice!

RE-NOTICE: Selected Students List for Scholarship in BSc Forestry, KAFCOL 2077 in Full Scholarship from MOE, Nepal Government and Notice of Further Process for Scholarship Achievement.


नेपाल सरकार
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय
छात्रवृत्ति शाखा
केशरमहल, काठमाण्डौं
प्रकाशित मितिः २०७८-१-१५ 



काठमाण्डौं फरेष्ट्री कलेजमा विएस्सी फरेष्ट्री (B.Sc. Forestry) विषयको निःशुल्क अध्ययन (छात्रवृत्तिमा) का लागि दरखास्त दिएका उम्मेदवारहरूको पूर्वमनोनयन (Pre-Nomination or Selection) सूची प्रकाशन गरिएको सम्बन्धी (Re-Notice) सूचनाः 

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको २०७८ साल बैशाख ७ गतेको निर्णयअनुसार त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त काठमाण्डौं फरेष्ट्री कलेजको बर्ष २०७७-०८१ मा प्राप्त BSc Forestry विषयको निशुल्क छात्रवृत्तिमा अध्ययनका लागि दरखास्त दिएका उम्मेदवारहरूको पूर्वमनोनयन सूची प्रकाशन भएको व्यहोरा सम्बन्धित सबैमा विदितै छ । मन्त्रालयको २०७८ बैशाख गतेको निर्णयअनुसार पूर्वमनोनयन भई अध्ययन असमर्थता जाहेर गर्दै दिइएका निवेदकहरूको नाम सूचीबाट हटाई अध्ययनका लागि समर्थ भनी निवेदन दिएका उम्मेदवारहरूसहित पूर्वप्रकाशित योग्यताक्रममा रहेका वैकल्पिक उम्मेदवारहरूलाई विद्यमान छात्रवृत्ति सम्बन्धी ऐन २०२१ (संशोधनसहित तथा छात्रवृत्ति सम्बन्धी नियमावली २०६१ संशोधन सहित) र छात्रवृत्ति छनौट तथा परीक्षा सञ्चालन तथा मनोनयन प्रकृया सम्बन्धी निर्देशिका २०६९ बमोजिम देहायअनुसार समूहगत रूपमा मनोनयन गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ । 

Selected Students According to Re-Notice: List for Scholarship in KAFCOL College from MOE, Nepal Government 2077.

KAFCOL College 2078 Academic Calendar - Click Here

वैकल्पिकका रूपमा निकटतम हुनाको कारण अध्ययन असमर्थ भएकाहरूको सट्टामा सिधै मनोनयनमा परेका उम्मेदवारहरूले अध्ययन असमर्थता वा समर्थताका विषयमा २०७८ साल बैशाख १९ गते भित्र छात्रवृत्ति शाखाको इमेल applyscholarship@moes.gov.np मार्फत निवेदन पठाउन सूचित गरिन्छ । 
You can write an simple application and submit it in the email address mentioned above.

साथै सूची समायोजन भई मनोनित भएका उम्मेदवारका सम्बन्धमा कुनै तथ्यगत दाविविरोध भएमा पनि २०७८ साल बैशाख १९ गतिभित्र नै निवेदन पठाउन सकिने छ । पूर्वमनोनयन नभई मनोनयनमा परेका उम्मेदवारहरू कसैले अध्ययन असमर्थताको निवेदन पठाएमा वैकल्पिक उम्मेदवारलाई अवसर प्रदान गरिने छ । 

मनोनिनत सबै उम्मेदवारहरूले २०७८ साल बैशाख २० गतेभित्र तोकिएको इमेलबाट स्वीकृत चिकित्सकबाट प्रमाणित निरोगिताको प्रमाणपत्र अनिवार्य रूपमा पठाउनु हुन सूचित गरिन्छ । कोभिडका कारण हाल लिन नसकिएका सक्कल कागजातहरू स्थिति सामान्य भएपछि यस शाखामा बुझाई प्रमाणपत्र लिन सकिने छ । तोकिएको समयमा प्राप्त नभएका कुनै पनि प्रकारको निवेदन उपर कुनै कारवाही हुने छैन ।

Note : The selected students must submit an application if they want to study in these free scholarship seats or not till Baisakh 19. They must submit the application in both cases, if they want to study or not in these scholarship seats. 
If they do not submit an application till Baisakh 19 mentioning they want to study in these scholarship seats, the next selected student list will be published from the merit list previously published and chance will be given to other students. So submit the application fast till Baisakh 19 in this email id : applyscholarship@moes.gov.np

For any help, call MOE, Nepal Government Office at this number : 01-4418169




Previous Post Next Post