New App Notice!

BSc AG, AFU 2077-78 Batch ONLINE Admission Notice for Remaining Seats and Student's List for Admission in Remaining Seats.


कृषि तथा वन विज्ञान विश्वविद्यालय
कृषि संकाय
डीनको कार्यालय
रामपुर, चितवन, नेपाल

मिति: २०७७-१२-१७

सूचना

शैक्षिक सत्र २०७७/०७८ का लागि यस संकाय र अर्न्तगतका प्राकृतिक स्रोत व्यवस्थापन कलेजहरु, पुरुन्चौर, कास्की, कपिलाकोट, सिन्धुली; टिकापुर, कैलाली, पाखीबास, धनकुटा, बर्दीवास, महोत्तरी; खजुरा, बांके, माडीचौर, रोल्पा र दुल्लु, दैलेख तथा सम्बन्धन प्राप्त निजी कलेजहरु (ब्राईट मध्यपश्चिम कृषि तथा वन विज्ञान क्याम्पस, विरेन्द्रनगर, सुर्खेत; भ्याली कृषि क्याम्पस, चापागाउं, ललितपुर; रामनगर टेक्निकल र व्यवस्थापन क्याम्पस प्रा.लि., सुनवल, नवलपरासी, पूर्वाञ्चल कृषि क्याम्पस, गौरादह, झापा, जिविका कृषि विज्ञान कलेज, इटहरी, सुनसरी, गोर्खा पोलिटेक्नीक कलेज एण्ड रिसर्च सेन्टर, बैजनाथ, बांके) मा कृषि स्नातक (B. Sc. Ag.) तहमा विद्यार्थी भर्नाको लागि मिति २०७७ चैत्र २८ गते भएको प्रवेश परीक्षामा संग्लन भई उत्तीण भएका तथा प्रथम, दोश्रो, तेश्रो, चौथो र पाँचौ Counselling तथा मिति २०७८ जेठ ०७ गतेको सुचना अनुसार भर्ना भएको आधारमा रिक्त रहेका कोटाहरु लागी नामावली तपशिल अनुसार प्रकाशित गरिएको छ । 


Selected Students For Admission in Remaining Seats Lists:-



भर्ना हुनका लागी आफुले प्राप्त गरेका शैक्षिक योग्यताको प्रमाणपत्र, लब्धाङ्कपत्र, चारित्रिक प्रमाणपत्र, नेपाली नागरिकताको प्रमाणपत्र, समानस्तर निर्धारणको प्रमाणपत्र र मूल प्रमाणपत्र वा अस्थायी प्रमाणपत्र (Provisional Certificate) हरु, कोटाहरुमा नामवली प्रकाशित भएको भएमा सम्बन्धित कोटाहरुको प्रमाणपत्र वा सिफारिश पत्रहरुको प्रमाणित प्रतिलिपि र भर्ना शुल्क नेपाल बैक लिमिटेड, रामपुर शाखामा कृषि संकाय नाममा रहेको खाता नं. ०८५००१०११९९६१४०००००१ मा रकम जम्मा गरी बैंक भौचरको Scan Copy समेत अनिवार्य रुपमा मिति २०७८ जेठ २१ गते रातको १२ बजे भित्र online@afu.edu.np मा Email गर्नुपर्नेछ । 

भौतिक रुपमा अध्यायन गर्न आउदा शैक्षिक योग्यताको प्रमाणपत्र, लब्धाङ्कपत्र, चारित्रिक प्रमाणपत्र, नेपाली नागरिकताको प्रमाणपत्र, समानस्तर निर्धारणको प्रमाणपत्र र मूल प्रमाणपत्र वा अस्थायी प्रमाणपत्र (Provisional Certificate) हरु, कोटाहरुमा भर्ना भएको भएमा सम्बन्धित कोटाहरुको प्रमाणपत्र वा सिफारिश पत्र हरुको प्रमाणित प्रतिलिपि र बैंक भौचर सक्कल प्रति अनिवार्य रुपमा बुझाउनु पर्नेछ।

नामावलीमा त्रुटी नहोस् भनी विशेष सतर्कता अपनाइएको छ । तथापि कुनै त्रुटी पाइएमा अभिलेखका आधारमा सच्याइनेछ।







Previous Post Next Post