New App Notice!

BSc AG, AFU 2077-78 Batch: Online Admission for Remaining Seats Notice and Selected Students List for Admission!


कृषि तथा वन विज्ञान विश्वविद्यालय
कृषि संकाय
डीनको कार्यालय
रामपुर, चितवन, नेपाल


मिति: २०७८-०२-२३


सूचना

शैक्षिक सत्र २०७७/०७८ का लागि यस संकाय र अर्न्तगतका प्राकृतिक स्रोत व्यवस्थापन कलेजहरु, पुरुन्चौर, कास्की; कपिलाकोट, सिन्धुली; टिकापुर, कैलाली; पाखीबास, धनकुटा, बर्दीवास, महोत्तरी; खजुरा, बांके, माडीचौर, रोल्पा र दुल्लु, दैलेख तथा सम्बन्धन प्राप्त निजी कलेजहरुमा कृषि स्नातक (B. Sc. Ag.) तहमा विद्यार्थी भर्नाको लागि मिति २०७७ चैत्र २८ गते भएको प्रवेश परीक्षामा संग्लन भई उर्तीण भएका तथा प्रथम, दोश्रो, तेश्रो, चौथो र पाँचौ Counselling तथा मिति २०७८ जेठ ०७ र १७ गतेको सुचना अनुसार भर्ना भएको आधारमा प्राकृतिक स्रोत व्यवस्थापन कलेज, दुल्लु, दैलेखमा रिक्त रहेको UDF/CDF कोटाको लागी नामावली अनुसार प्रकाशित गरिएको छ । 

Selected Students List for Admission in Remaining Seats:-



भर्ना हुनका लागी आफुले प्राप्त गरेका शैक्षिक योग्यताको प्रमाणपत्र, लब्धाङ्कपत्र, चारित्रिक प्रमाणपत्र, नेपाली नागरिकताको प्रमाणपत्र, समानस्तर निर्धारणको प्रमाणपत्र र मूल प्रमाणपत्र वा अस्थायी प्रमाणपत्र (Provisional Certificate) हरु, कोटाहरुमा नामवली प्रकाशित भएको भएमा सम्बन्धित कोटाहरुको प्रमाणपत्र वा सिफारिश पत्रहरुको प्रमाणित प्रतिलिपि र भर्ना शुल्क नेपाल बैंक लिमिटेड, रामपुर शाखामा कृषि संकाय नाममा रहेको खाता नं. ०८५००१०११९९६१४०००००१ मा रु. १,१५०,००० (अक्षेरुपी रु. एक लाख पन्ध्र हजार मात्र) जम्मा गरी बैंक भौचरको Scan Copy समेत अनिवार्य रुपमा मिति २०७८ जेठ २७ गते रातको १२ बजे भित्र online@afu.edu.np मा Email गर्नुपर्नेछ । 

भौतिक रुपमा अध्यायन गर्न आउदा शैक्षिक योग्यताको प्रमाणपत्र, लब्धाङ्कपत्र, चारित्रिक प्रमाणपत्र, नेपाली नागरिकताको प्रमाणपत्र, समानस्तर निर्धारणको प्रमाणपत्र र मूल प्रमाणपत्र वा अस्थायी प्रमाणपत्र (Provisional Certificate) हरु, कोटाहरुमा भर्ना भएको भएमा सम्बन्धित कोटाहरुको प्रमाणपत्र वा सिफारिश पत्र हरुको प्रमाणित प्रतिलिपि र बैंक भौचर सक्कल प्रति अनिवार्य रुपमा बुझाउनु पर्नेछ । 

नामावलीमा त्रुटी नहोस् भनी विशेष सतर्कता अपनाइएको छ । तथापि कुनै त्रुटी पाइएमा अभिलेखका आधारमा सच्याइनेछ ।

Tel.: +977-56-591141, 520602
Fax : +977-56-520602, 591021



Previous Post Next Post