New App Notice!

Notice for SCHOLARSHIP Seats Application Form Open Notice for IT and Computing Subjects, Bachelor Degree, in Sri Lanka Technological Campus from MOE, Nepal Government.


नेपाल सरकार
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
छात्रवृत्ति शाखा
केशरमहल, काठमाण्डौं

प्रकाशित मितिः २०७८-०३-०७

श्रीलङ्काको Sri Lanka Technological Campus (SLTC) द्वारा जुलाई २०२१ देखि शुरु हुने ।T and Computing विषयको Bachelor Degree Programme मा छात्रवृत्तिमा अध्ययन गर्न नेपाली विद्यार्थीहरूलाई आवेदन खुला गरेको सम्बन्धी सूचना 

परराष्ट्र मन्त्रालयको च नं 0771078/SA II/SRL/9394 मिति २०७८/०३।०३ को इमेलबाट प्राप्त पत्रानुसार श्रीलङ्काको Sri Lanka Technological Campus (SLTC) द्वारा जुलाई २०२१ देखि शुरु हुने IT and Computing विषयको Bachelor Degree Programme मा अध्ययन गर्न ३ जना नेपाली) विद्यार्थीहरूलाई पूर्ण छात्रवृत्ति र ५ जना नेपाली विद्यार्थीलाई आंशिक छात्रवृत्ति दिने भनी उल्लेख भएको छ (विस्तृत जानकारीका लागि यसैसाथ संलग्न कागजात हेर्नुहुन) । 

इच्छुक आवेदन कर्ताले यसैसाथ संलग्न कागजात हेरी भनिए बमोजिमको आवेदन मिति २०७८ साल असार १६ गते तदनुसार ३० जुन २०२१ भित्र सम्बन्धित निकायमा पठाइसक्नु पर्ने भएकाले सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ।

Link to Apply for this Scholarship Seats: Click Here






TO DOWNLOAD PDF File of the Notice: Click Here
Previous Post Next Post