New App Notice!

BSc Ag in Far-Western University, FWU Entrance Exam Detailed Notice 2078/79 Session.


सुदूरपश्चिम विश्वविद्यालय
कृषि विज्ञान संकाय, डीनको कार्यालय
टीकापुर, कैलाली
कृषि विज्ञान संकाय प्रवेश परीक्षा/भर्ना निर्देशिका 2078.


1. जम्मा विद्यार्थी भर्ना कोटा संख्या १०० (एकसय) जना रहनेछ ।

2. जम्मा विद्यार्थी भर्ना कोटा संख्या १०० जना मध्ये आरक्षित छाप्रवृति कोटा २५% (पच्चिस प्रतिशत) रहनेछ ।

3. भर्नाको लागि आवश्यक न्यूनतम योग्यता प्रमाण पत्र तहमा (विज्ञान) अथवा १०+२ मा (विज्ञान/कृषि), तीन वर्षे कृषि डिप्लोमा या सो सरहको तहमा कम्तीमा १०० पूर्णाको अनिवार्य अंग्रेजी (Compulsory English), रसायनशास्त्र (Chemistry). जीवशास्त्र (Biology) र कम्तीमा पचास (५०) पूर्णाको गणित (Mathematics) एवं भौतिकशास्त्र (Physics) विषय अध्ययन गरी कुल प्राप्ताको पचास प्रतिशत (५०%) अंक प्राप्त गरी उत्तीर्ण गरेको या सो सरहमा C+ Grade/2.4 CGPA प्राप्त गरेको हुनुपर्नेछ ।

4. प्रवेश परीक्षा शुल्क रु. २,५००।- (दुईहजार पाँचसय)।

5. प्रवेश परीक्षा शुल्क रु. ५,०००।- (पाँचहजार) विलम्ब शुल्कसहित (Double Fee)।

6. एकभन्दा बढी आरक्षित कोटाको लागि प्रति कोटा थप रु. १,००० (एकहजार) का दरले अतिरिक्त शुल्क लाग्नेछ।

7. आरक्षित कोटा छनौट गर्दा प्राथमिकताका आधारमा छनौट गर्नु पर्नेछ।


9. प्रवेश परीक्षा आवेदन फाराम भर्ने म्याद :

(क) मिति 2078-09-11 गतेदेखि मिति 2078-10-11 गतेसम्म (विलम्ब शुल्करहित) - With Single Fee, NRs. 2500.

(ख)
मिति 2078-10-12 गतेदेखि मिति 2078-10-18 गतेसम्म (विलम्ब शुल्कसहित) - With Double Fee, NRs. 5000.

(ग)
प्रवेश परीक्षा आवेदन फाराम भर्ने विद्यार्थीहरुले कार्यालय समयभित्र नेपाल बैंक लिमिटेड टीकापुर, कैलालीमा रहेको कृषि विज्ञान संकाय, डीनको कार्यालय. टीकापुरको चल्ती हिसाब खाता न. १०७००१०६५५३९२५०००००१ मा दाखिला गरेको सक्कल वैक भौचर एवं आवश्यक कागजातहरुको Pdf फाईल बनाई निर्धारित प्रवेश परीक्षा आवेदन फाराम website www.agriculture.fwu.edu.np मार्फत online मा भरी पठाउनुपर्नेछ ।

Bank: Nepal Bank Limited, Tikapur, Kailali Branch.
Account Name: कृषि विज्ञान संकाय, डीनको कार्यालय, टिकापुर
Account Number: 10700106553925000001 (Click Below in the photo for Account Number.)

Link to Fill ONLINE Form: Click Here


(घ) Online मार्फत Upload भैसकेका प्रवेश परीक्षा आवेदन फारामहरु Verification भैसकेपछि Conformation Message र प्रवेश पत्र सम्बन्धित विद्यार्थीको EMAIL मा जाने भएकोले आफ्नो प्रवेश पत्र स्वयम विद्यार्थीले नै प्रिन्ट गरी प्रवेश परीक्षा दिन आउदा प्रवेश पत्र, सक्कल नागरिकता र सक्कल बैंक भौचर साथमा ल्याई आउनुपर्नेछ ।


(ड) प्रवेश परीक्षा आवेदन फाराम भर्दा upload गर्नुपर्ने कागजातहरु :-
> SLC/SEE at Mark sheet & Certificate
> +2 वा सो सर हको Transcript, Provisional, Migration & Certificate
> छात्रवृतिको लागि आरक्षित कोटाको लागि सम्बन्धित निकायको सिफारिस ।
> नेपाली नागरिकता र पासपोट साईजको फोटो ।
> सामुदायिक विद्यालय/संस्थामा अध्ययन गरेको भए सो प्रमाणित हुने सम्बन्धित निकायको सिफारिस।
> विदेशी बोर्डबाट उत्तिर्ण गरेको भए सम्बन्धित बोर्डको समकक्षता (Equivalent)

(च) रित नपुगी वा आवश्यक कागजात नपुगी आएका परीक्षार्थीहरुलाई प्रवेश परीक्षामा समावेश गराइने छैन ।


9. प्रवेश परीक्षा मिति 2078-10-21 गते FRIDAY बिहान ११:०० बजे टीकापुर बहुमुखी क्याम्पस, टीकापुर, कैलालीमा सञ्चालन हुनेछ र नतिजा प्रकाशन पनि सोही मितिमा गरिनेछ ।


10. आरक्षित २५% छात्रवृत्तिको व्यवस्था : सुदूरपश्चिम विश्वविद्यालय, कृषि विज्ञान संकाय, डीनको कार्यालयद्वारा प्रदान गरिने २५% (पच्चिस प्रतिशत) छात्रवृत्तिको व्यवस्था तपसिल अनुसार रहेको छ :-

(क) सुदुरपश्चिम प्रदेश का है वटा जिल्लाहरुबाट १/१ गरी जम्मा 9 जना। 
(सम्बन्धित जिल्लामा स्थायी बसोबास गरीvसम्बन्धित जिल्लाबाट SEE वा +2 वा सो सरह अध्ययन गरेको हुनुपर्ने र उक्त कोटाहरुमा सामुदायिक विद्यालय/संस्थामा अध्ययन गरेकोलाई पहिलो प्राथमिकता दिईनेछ)

(ख) योग्यता सूचिमा उत्कृष्ट अद्द प्राप्त गर्ने महिला २ जना ।

(ग) योग्यता सूचिमा उत्कृष्ट अट्ट प्राप्त गर्ने पुरुष २ जना ।

(घ) योग्यता सूचिमा उत्कृष्ट अङ्क प्राप्त गर्ने स्थायी प्राध्यापक तथा कर्मचारीका श्रीमान्/श्रीमति/छोरा/छोरी मध्येबाट २ जना।

(ड) योग्यता सूचिमा उत्कृष्ट अङ्क प्राप्त गर्ने मधेशी २ जना।

(च) योग्यता सूचिमा उत्कृष्ट अट्ट प्राप्त गर्ने दलित २ जना।

(छ) योग्यता सूचिमा उत्कृष्ट अङ्क प्राप्त गर्ने जनजाति २ जना।

(ज) योग्यता सूचिमा उत्कृष्ट अङ्क प्राप्त गर्ने स्थानीय २ जना। (टीकापुर नगरपालिका क्षेत्रमा स्थायी बसोबास गरी सम्बन्धित क्षेत्रबाट SEE वा +2 वा सो सरह अध्ययन गरेको हुनुपर्ने र उक्त कोटाहरुमा सामुदायिक विद्यालय संस्थामा अध्ययन गरेकोलाई पहिलो प्रायमिकता दिईनेछ)।

(झ) योग्यता सूचिमा उत्कृष्ट अङ्क प्राप्त गर्ने अपाङ्ग १ जना।

(अ) योग्यता सूचिमा उत्कृष्ट अङ्क प्राप्त गर्ने पिछडा क्षेत्रवाट १ जना। 
(सम्बन्धित क्षेत्रमा स्थायी बसोबास गरी सम्बन्धित क्षेत्रबाट SEE वा +2 वा सो सरह अध्ययन गरेको हुनुपर्ने र उक्त कोटाहरुमा सामुदायिक विद्यालय संस्थामा अध्ययन गरेकोलाई पहिलो प्राथमिकता दिईनेछ)

11. प्रवेश परीक्षाको उत्तीर्णा ५०% (पचास प्रतिशत) रहनेछ ।

12. SLC/SEE १0% (दश प्रतिशत) १०+२ (विज्ञान / कृषि) वा तीन वर्षे कृपि डिप्लोमा १०% (दश प्रतिशत) र प्रवेश परीक्षाको 10% (असी प्रतिशत) अंकभार कायम गरी योग्यता सूचि तयार गरिनेछ योग्यताक्रम अनुसार नै भर्नाको अन्तिम नामावली प्रकाशित गरिनेछ ।

13. प्रवेश परीक्षामा प्रमाणपत्र तहको निम्नानुसारका अनिवार्य अंग्रेजी-१४, रसायनशास्त्र-२५, जीवशास्त्र-३०, गणित-१४, भौतिकशास्त्र १५, कृषि तथा पशु विज्ञानका विषयहरु १० र सामान्य ज्ञानबाट ४ प्रश्नहरु समावेश गरिनेछ साथै सबै प्रश्नहरु वस्तुगत हुनेछन्। प्रवेश परीक्षामा जम्मा १०० वटा प्रश्नहरु हुनेछन् जसका लागि १ घण्टाको समय हुनेछ र अकको बिभाजन निम्नानुसार गरिएको छ ।

Also, See the FWU BSC Ag Model Question Sets: Click Here


14. प्रवेश परीक्षा सम्बन्धी थप जानकारिका लागि कृषि विज्ञान संकायको टेलिफोन नं. ०९१-५६०८२५ OR ०९१-५६०२६५ OR 0९१-५६००८८ मा सम्पर्क गर्न वा website www.agriculture.fwu.edu.np मा हेर्न सकिनेछ ।



Also, Download the Notice PDF File: Click Here

Previous Post Next Post