New App Notice!

BSc General Science (Biology & Physics) Entrance Exam Form Open Notice of TU 2078.


त्रिभुवन विश्वविद्यालय
विज्ञान तथा प्रविधि अध्ययन संस्थान
डीनको कार्यालय, कीर्तिपुर


B.Sc. भर्ना २०७८ का लागी आवेदन फाराम भर्नेसम्बन्धी सूचना ।


त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थान अन्तर्गतका आंगिक क्याम्पस तथा सम्बन्धन प्राप्त कलेजहरुमा वार्षिक परीक्षा प्रणाली अनुसार पठनपाठन हुने विज्ञान तर्फ चार वर्षे स्नातक तह (B.Sc.) हुन इच्छुक विद्यार्थीहरुको निमित्त निम्नानुसारको प्रवेश परीक्षा कार्यक्रम प्रकाशित गरिएको छ ।
आवेदन अनलाइन माध्यमबाट निम्नानुसारले गर्नुपर्ने छ ।


१. प्रवेशका लागि न्यूनतम योग्यता :
(क) प्रविणता प्रमाणपत्र तह (I.Sc.) वा उच्च माध्यामिक शिक्षा परिषदको १०+२ (विज्ञान) वा सो सरहको परीक्षा
उत्तीर्ण गरेको हुनुपर्नेछ ।
Biological Group मा अध्ययन गर्न चाहनेका लागि अङ्ग्रेजी, भौतिकशास्त्र, रसायनशास्त्र र बायोलोजी विषयमा २००/२०० पूर्णाङ्क लिई कम्तिमा दोस्रो श्रेणी वा प्रत्येक विषयको Final Grade C ल्याई उर्तीण भएको हुनुपर्ने छ ।
Physical Group मा अध्ययन गर्न चाहनेका लागि अङ्ग्रेजी, भौतिकशास्त्र, रसायनशास्त्र र गणित विषयमा २००/२०० पूर्णाङ्क लिई कम्तीमा दोस्रो श्रेणी वा प्रत्येक विषयको Final Grade C ल्याई उर्तीण भएको हुनुपर्नेछ। A Level अध्ययन गर्नेको हकमा कम्तीमा E ग्रेड ल्याई उर्तीण हुनुपर्नेछ ।

(ख) विदेशी शैक्षिक संस्था वा विश्वविद्यालयबाट प्राप्त गरेको शैक्षिक योग्यताको हकमा पाठ्यक्रम विकास
केन्द्र, सानोठिमी भक्तपुरबाट समकक्षता प्राप्त गरेको कागजात पेस गर्नुपर्ने छ ।


२. आवेदन प्रक्रिया (Completely Online):
(क) विज्ञान तथा प्रविधि अध्ययन संस्थानको Website: https://www.tuiost.edu.np मा राखिएको प्रवेश परीक्षाको आवेदन फारम आवेदक स्वयम्ले भरी Online बाट नै सोही Website मार्फत Submit गर्नुपर्ने छ।

CLICK HERE to go to Online Form Filling Link.


(ख) Website मा Online फारम २०७८-१०-२३ गते विहान १०:०० बजे देखि मिति २०७८-११-२२ गते
साँझ ५:०० बजे सम्म मात्र उपलब्ध हुनेछ ।
तसर्थ उक्त अवधिभित्र कुनै पनि समयमा परीक्षा फारम भरिसक्न सुचित गरिन्छ । तोकिएको समय पश्चात Online फारम स्वतः बन्द हुनेछ ।

(ग) आवेदन फारम Internet सुविधा भएको कुनै पनि स्थानबाट तोकिएका दिनहरुमा कुनै पनि समयमा भर्न सकिनेछ।

(घ) प्रवेश परीक्षा शुल्क वापतको रकम रु.९००।- (अक्षेरुपी नौ सय मात्र) नेपाल भित्रको ग्वोवल आई.एम.ई. बैंक लि.को कुनै पनि शाखाबाट विज्ञान तथा प्रविधि अध्ययन संस्थान प्रवेश परीक्षाको लागि सो बैंकबाट तयार गरिएको विशेष भौंचर भरी यस कार्यालयको ग्लोवल आई.एम.ई. बैंक लिमिटेड कीर्तिपुर शाखामा रहेको खाता नं ०५०१०१०००००२३ मा जम्मा हुने गरी बुझाएको हुनुपर्नेछ ।

साथै भर्ना पोर्टलमा रहेको अनलाइन माध्यमबाट TUIoST को Website मा दिइएको app तथा Link प्रयोग गरेर पनि शुल्क जम्मा गर्न सकिनेछ ।

Online फारम भर्दा बैंकको भौंचर नम्वर वा Transaction ID number अनिवार्य रुपमा भर्नुपर्नेछ  आवेदकहरुले परीक्षा शुल्क मिति २०७८-११-२२ गते अपरान्ह ३:०० बजे सम्म दाखिला गरी सक्नुपर्नेछ र आवेदन फारम भने साँझ ५:०० बजे सम्म भरिसक्नुपर्नेछ । बैंक भौंचर काटी सकेपछि परीक्षा शुल्क वापत बुझाएको रकम फिर्ता हुने छैन ।

(ड.) दोव्वर दस्तुर तिरी २०७८-११-२९ गते ५:०० वजे सम्म अनलाईन मार्फत फारम बुझाउन सकिनेछ ।

(च) आवेदकले फारम भर्दा Online मा उपलब्ध निर्देशनलाई अनिवार्य रुपले पालना गर्दै जानकारीहरु तथा Upload गर्नुपर्ने सामाग्रीहरु सहित Submit गर्नुपर्नेछ । आवेदकको न्यूनतम योग्यता प्रमाणित गर्न टान्सक्रिप्ट,मार्कसिट, समकक्षता प्रमाणपत्र इत्यादी आवेदकको हस्ताक्षर तथा MRP Standard फोटो लगायतका सामग्रिहरु तयार गरेपछि मात्र फारम भर्न सूचित गरिन्छ ।

(छ) Online बाट परीक्षा फारम भरी Submit गरी सकेपछि तत्कालै प्राप्त हुने Acknowledgement Page Print गर्नुपर्नेछ।

(ज) मिति २०७८-११-३० गते देखि Online माध्यमबाटै चरणबद्ध रुपमा प्रवेश पत्र उपलब्ध गराइनेछ । उक्त Download गरी Color Print गर्नुपर्नेछ । परीक्षामा सामेल हुन अनिवार्य रुपले प्रवेश पत्र सहित आफुले तोकेको जिल्ला केन्द्रमा जानुपर्नेछ । प्रवेश पत्रको साथै आफ्नो परिचय खुलाउने फोटो सहितको ID (जस्तै नागरिकता प्रमाणपत्र वा सवारी चालक प्रमाणपत्र वा पछिल्लो शैक्षिक तहको प्रवेश पत्र) पनि ल्याउनुपर्नेछ।


३. Online फारम भर्दा नै विद्यार्थीहरुले परीक्षा दिने स्थान रोज्नुपर्नेछ । ती निम्न हुनेछन् ।
  • (क) काठमाडौं उपत्यका
  • (ख) भद्रपुर, झापा
  • (ग)दमक
  • (घ) सुकुना
  • (ड) हेटौंडा
  • (ढ) भरतपुर, चितवन
  • (द) भैरहवा
  • (ङ) धनकुटा
  • (च) विराटनगर
  • (छ) धरान
  • (ज) सिराहा
  • झ) लाहान
  • (ञ) राजविराज
  • (ट) जनकपुर
  • (ठ) वीरगञ्ज
  • (ण) पोखरा
  • (त) बागलुङ
  • (थ) बुटवल
  • (ध) पाल्पा
  • (न) दाङ
  • (प) नेपालगञ्ज
  • (फ) महेन्द्रनगर।

४. प्रवेश परीक्षा हुने मिति र समय : पछि प्रकाशित गरिनेछ ।

५. परीक्षा केन्द्र : पछि प्रकाशित गरिनेछ ।

६. विज्ञान तथा प्रविधि अध्ययन संस्थान अन्तर्गत चारवर्षे स्नातक तह (B.Sc.) कार्यक्रम सञ्चालन हुने क्याम्पसहरुको विवरण https://www.tuiost.edu.np बाट प्राप्त गर्न सकिनेछ


७. प्रवेश परीक्षा सम्वन्धी जानकारी :
(क) Physical र Biological समुहका लागि Common प्रश्न हुनेछ । प्रवेश परीक्षाको अङ्कभार १०० पूर्णांकको हुनेछ । जसमा I.Sc. / ११ र १२ वा सो सरहको पाठ्यकमको आधारमा निम्न विषयका Objective/Multiple Choice प्रश्नहरु हुनेछन् ।
a) Mathematics - 25 Marks
b) Chemistry – 25 Marks
c) Physics – 25 Marks
d) Biology -25 OR English + Aptitude test 25 Marks




प्रवेश परीक्षाको नतिजामा परीक्षार्थीहरुले बराबर अङ्क प्राप्त गरेमा प्रवेश परीक्षामा गणित विषयमा प्राप्त गरेको अङ्कका आधारमा योग्यता सूची तयार (Placement) गरिनेछ । त्यहाँ पनि बराबर अङ्क भएमा कमशः रसायनशास्त्र र भौतिकशास्त्र विषयमा प्राप्त गरेको अंकलाई आधार बनाइनेछ । यी सबैमा बराबर अंक भएको अवस्थामा कमशः तल्लो शैक्षिक तहलाई आधार बनाइनेछ । यी आधारबाट प्राप्त अङ्कहरु प्रकाशित हुने छैनन् ।

(ख) प्रवेश परीक्षाको अवधि २ घण्टाको हुनेछ ।

(ग) प्रवेश परीक्षा उतिर्ण हुन पूर्णाडक्को ३० प्रतिशत अङ्क प्राप्त गर्नुपर्नेछ ।


८. भर्ना : 
नजिता पश्चात हरेक परीक्षार्थीले आ-आफ्नो Score Sheet Download गर्नुपर्नेछ र भर्ना हुन चाहेको कलेजमा सम्पर्क राख्नुपर्नेछ ।


९. समावेशी कोटा सम्बन्धमा : 
क्याम्पस /कलेजहरुले त्रि.वि. नियमानुसार समावेशी कोटाको आधारमा भर्ना गर्नुपर्नेछ






To Download the PDF File of this Notice, CLICK HERE.


Previous Post Next Post