New App Notice!

Purbanchal University BSc Ag, Vet, Forestry, Engineering, Bio-technology Entrance Exam Date Notice 2078.


पूर्वाञ्चल विश्वविद्यालय
प्रवेश परीक्षा समिति २०७८
गोठगाउँ, मोरङ


प्रवेश परीक्षा सम्बन्धी अत्यन्त जरुरी सूचनाः


पूर्वाञ्चल विश्वविद्यालय विज्ञान तथा प्रविधि र इन्जिनियरीङ संकाय अन्तर्गतका सम्पूर्ण आंगिक एवम् सम्बन्धन प्राप्त स्कूल क्याम्पस /कलेजहरुमा संचालित स्नातक तहमा शैक्षिक सत्र २०७८/०७९ (२०२१) का लागि नयाँ विधार्थी भनार्का लागि मिति २०७८-११-०३ र ०४ गतेका दिन प्रवेश परीक्षा संचालन हुने भएकोले सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।



तपशिलः

१) प्रवेश परीक्षा केन्दहरू :
तल दिइएका केन्द्र मध्ये आफुले आवेदन फाराममा छनौट गरे अनुसार
• श्री पू. वि. स्कूल अफ इन्जिनियरीङ, विराटनगर ।
• श्री पू. वि. स्कूल अफ साइन्स एण्ड टेक्नोलोजी, विराटनगर ।
• श्री आमिटि कलेज, बिर्तामोड, झापा ।
• श्री संकट मोचन देवशरण रामरती माध्यमिक विद्यालय, जनकपुर, धनुषा ।
• श्री यूनाइटेड टेक्निकल कलेज, भरतपुर, नारायणगढ, चितवन।
• श्री ख्वपः इन्जिनियरीङ कलेज, लिवाली, भक्तपुर ।
• श्री ख्वपः सेकेन्डरी स्कूल, ढेकोचा, भक्तपुर ।
• श्री महेन्द्र रत्न बहुमुखी क्याम्पस, इलाम ।


२) प्रवेश परीक्षा मिति, कार्यक्रम र समय :
मिति : २०७८-११-०३ गते मंगलवार
A. कार्यक्रमहरु: BE (Civil, Computer, Electrical, Electronics, Communication & Automation, Geomatics) & B.Arch.
समय : बिहान ११:००- १:००


मिति: २०७८-११-०४गते बुधवार
B. कार्यक्रमहरु: BE (Biomedical), B.Sc. (Hon.) Ag., B. V. Sc. & AH, B.Sc. Forestry, B.Sc. Biotechnology, B.Tech. Biotechnology & B. Tech. Food Technology, B. Tech. Dairy Technology
समय: बिहान ११:०० - १:०० 


Previous Post Next Post