New App Notice!

AFU BSc Ag UDF Quota Admission Notice 2078 for Dullu, Dailekh Campus


कृषि तथा वन विज्ञान विश्वविद्यालय
कृषि संकाय
डीनको कार्यालय
रामपुर, चितवन, नेपाल

मिति: २०७८/१२/०६

सूचना

शैक्षिक सत्र २०७८/०७९ का लागि यस संकाय र अर्न्तगतका प्राकृतिक स्रोत व्यवस्थापन कलेजहरु, पुरन्चौर, कास्की, कपिलाकोट, सिन्धुली; टिकापुर, कैलाली; पाखीबास, धनकुटा; बर्दीवास, महोत्तरी; खजुरा, बांके; माडीचौर, रोल्पा र दुल्लु, दैलेख तथा सम्बन्धन प्राप्त निजी कलेजहरु (ब्राईट मध्यपश्चिम कृषि तथा वन विज्ञान क्याम्पस, विरेन्द्रनगर, सुर्खेत; भ्याली कृषि क्याम्पस, चापागाउं, ललितपुर; रामनगर टेक्निकल र व्यवस्थापन क्याम्पस प्रा.लि., सुनवल, नवलपरासी, पूर्वाञ्चल कृषि क्याम्पस, गौरादह, झापा; जिविका कृषि विज्ञान कलेज, इटहरी, सुनसरी; गोर्खा पोलिटेक्नीक कलेज एण्ड रिसर्च सेन्टर, बैजनाथ, बांके) मा कृषि स्नातक (B. Sc. Ag.)  हमा विद्यार्थी भर्नाको लागि मिति २०७८ फागुन १८ गते भएको प्रवेश परीक्षामा संग्लन भई उर्तीण भएका तथा प्रथम, दोश्रो, तेश्रो र चौथो Counselling मा भर्ना भएको आधारमा प्राकृतिक स्रोत व्यवस्थापन कलेज, दुल्लु, दैलेखमा UDF/CDF कोटामा रिक्त रहेका १३ स्थानको लागी मिति २०७८ चैत ५ गते राती १२ बजे भित्र online@afu.edu.np मा निवेदन दिएका बिधार्थीहरुको नामावली Merit Rank अनुसार तपशिलमा प्रकाशित गरिएको छ ।

रिक्त १३ स्थानको लागी २०७८ चैत ८ गते कृषि संकायमा बिहान ११ बजेबाट भर्ना हुने जानकारी गराईन्छ ।

भर्ना हुनका लागी आफुले प्राप्त गरेका शैक्षिक योग्यताको प्रमाणपत्र, लब्धाङ्कपत्र, चारित्रिक प्रमाणपत्र, नेपाली नागरिकताको प्रमाणपत्र, समानस्तर निर्धारणको प्रमाणपत्र र मूल प्रमाणपत्र वा अस्थायी प्रमाणपत्र (Provisional Certificate) हरु र भर्ना शुल्क रु. १,२५,५०० ( अक्षेरुपी एक लाख पच्चिस हजार पाँच सय मात्र) अनिवार्य रुपमा ल्याउनु पर्ने छ ।


MERIT LIST for UDF Seats of Dullu, Dailekh Campus, AFU.





Previous Post Next Post