New App Notice!

Entrance Form Filling Date EXTENDED Notice for B. Tech. Food Technology, TU 2078.


त्रिभुवन विश्वविद्यालय
विज्ञान तथा प्रविधि अध्ययन संस्थान
कीर्तिपुर, डीनको कार्यालय


मिति: २०७८-११-२२

स्नातक तह खाद्यप्रविधि (B. Tech, Food Technology) विषयका लागि २०७८ को प्रवेश परीक्षाको आवेदन फाराम भर्ने म्याद थप तथा परीक्षा मितिसम्बन्धी अत्यन्त जरुरी सूचना।


त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थान अन्तर्गतका आङ्गिक क्याम्पस तथा सम्बन्धन प्राप्त कलेजहरुमा वार्षिक परीक्षा प्रणाली अनुसार पठनपाठन हुने विज्ञान तर्फ चार वर्षे स्नातक तह (B.Tech, Food) मा भर्ना हुन इच्छुक विद्यार्थीहरुका निमित्त निम्नानुसार दोब्बर दस्तुर (Rs. 3000/-) तिरी फाराम भर्ने म्याद थप गरी परीक्षा मिति निर्धारण गरिएको बेहोरा सम्बन्धित सबैलाई जानकारी गराइन्छ ।




फाराम भर्ने समयावधिः २०७८ फागुन २५ गते बुधबार १०:०० बजे देखि २०७८ फागुन २९ गते आइतबार साँझ ५:०० बजेसम्म

परीक्षा मिति: २०७८ चैत्र ७ गते सोमबार दिनको १२:०० बजे

प्रवेश पत्र वितरणः चैत्र १ गते बाट वेबसाइटबाट डाउनलोड गर्न सकिनेछ ।

परीक्षा केन्द्रः पछि प्रकाशित गरिनेछ ।





Previous Post Next Post