New App Notice!

Final Admission Notice for Remaining Seats of BSc Ag in AFU 2078.


कृषि तथा वन विज्ञान विश्वविद्यालय
कृषि संकाय
डीनको कार्यालय
रामपुर, चितवन, नेपाल

मिति: २०७८-११-३०

सूचना

शैक्षिक सत्र २०७८/०७९ का लागि यस संकाय र अर्न्तगतका प्राकृतिक स्रोत व्यवस्थापन कलेजहरु, पुरुन्चौर, कास्की; कपिलाकोट, सिन्धुली; टिकापुर, कैलाली; पाखीबास, धनकुटा; बर्दीवास, महोत्तरी; खजुरा, बांके; माडीचौर, रोल्पा र दुल्लु, दैलेख तथा सम्बन्धन प्राप्त निजी कलेजहरु (ब्राईट मध्यपश्चिम कृषि तथा वन विज्ञान क्याम्पस, विरेन्द्रनगर, सुर्खेत; भ्याली कृषि क्याम्पस, चापागाउं, ललितपुर; रामनगर टेक्निकल र व्यवस्थापन क्याम्पस प्रा.लि., सुनवल, नवलपरासी, पूर्वाञ्चल कृषि क्याम्पस, गौरादह, झापा; जिविका कृषि विज्ञान कलेज, इटहरी, सुनसरी; गोर्खा पोलिटेक्नीक कलेज एण्ड रिसर्च सेन्टर, बैजनाथ, बांके) मा कृषि स्नातक (B. Sc. Ag.) तहमा विद्यार्थी भर्नाको लागि मिति २०७८ फागुन १८ गते भएको प्रवेश परीक्षामा संग्लन भई उर्तीण भएका तथा प्रथम, दोश्रो, तेश्रो र चौथो Counselling मा भर्ना भएको आधारमा प्राकृतिक स्रोत व्यवस्थापन कलेज, दुल्लु, दैलेखमा UDF/CDF कोटामा रिक्त रहेका १३ स्थानको लागी Merit List मा नाम निस्किएका ईच्छुक बिद्यार्थीहरुले आफ्नो Sumission ID र Merit Number सहित मिति २०७८ चैत ५ गते राती १२ बजे भित्र online@afu.edu.np मा निवेदन email गरी पठाउनुहुन जानकारी गराईन्छ ।

All the students who have passed the AFU 2078 Entrance exam can submit the mail.

प्राप्त आवेदकहरुको Merit Rank अनुसार २०७८ चैत ६ भर्नाहुने सूचि प्रकाशित गरि २०७८ चैत ८ गते कृषि संकायमा बिहान ११ बजेबाट भर्ना हुने जानकारी गराईन्छ ।

भर्ना हुनका लागी आफुले प्राप्त गरेका शैक्षिक योग्यताको प्रमाणपत्र, लब्धाङ्कपत्र, चारित्रिक प्रमाणपत्र, नेपाली नागरिकताको प्रमाणपत्र, समानस्तर निर्धारणको प्रमाणपत्र र मूल प्रमाणपत्र वा अस्थायी प्रमाणपत्र (Provisional Certificate) हरु र भर्ना शुल्क रु. १,२५,५०० (अक्षेरुपी एक लाख पच्चिस हजार पाँच सय मात्र) अनिवार्य रुपमा ल्याउनु पर्ने छ ।






Previous Post Next Post