New App Notice!

BSc Ag, AFU Affiliated Private Colleges MOE Scholarship Students List with their Colleges 2078 & Further Process for Admission Notice


नेपाल सरकार
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
छात्रवृत्ति शाखा
केशरमहल काठमाण्डौं

प्रकाशित मितिः २०७८/१२/१७



कृषि तथा वनविज्ञान विश्वविद्यालय रामपुर अन्तर्गतका कलेजहरूमा विएस्सी (B.SC. Agriculture) विषयमा नि:शुल्क छात्रवृत्तिमा मनोनयनका लागि दरखास्त दिएका उम्मेदवारहरूको पूर्वमनोनयनसूची प्रकाशन गरिएको सम्बन्धी अत्यन्त जरुरी सचना


कृषि तथा वनविज्ञान विश्वविद्यालय रामपुरबाट सम्बन्धन प्राप्त कलेजहरूमा (रामनगर टेक्निकल एण्ड मेनेजमेन्ट कलेज, सुनवल. २, भुमही, नवलपरासी, जीविका कृषिविज्ञान क्याम्पस, इटहरी १, सुनसरी, भ्याली कृषि क्याम्पस, गोदावरी ११, ललितपुर, ब्राइट मध्यपश्चिम कृषि तथा वन विज्ञान क्याम्पस वीरेन्द्रनगर, सुर्खेत, गोर्खा पोलिटेक्निक कलेज एण्ड रिसर्च सेन्टर, बैजनाथ-४, बाँके र पूर्वाञ्चल कृषि क्याम्पस गौरादह, झापा) शैक्षिक बर्ष २०७७/०७८ सालको लागि स्नातक तहको BSc Agriculture विषयमा निशुल्क अध्ययनका लागि ३० जना विद्यार्थी मनोनयन गरी पठाउने सिलसिलामा २०७८ साल फागुन २६ गतेदेखि २०७८ साल चैत्र ७ गतेसम्मको समयावधि दिएर माग गरिएको दरखास्त तथा मन्त्रालयकै २०७८ साल चैत्र १० गतेको निर्णयअनुसार प्रकाशित योग्यताक्रम सूची तथा सम्बन्धित उम्मेदवारले भरेका कलेज प्राथमिकता क्रम समेतका आधारमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको २०७८ साल चैत्र १६ गतेको निर्णयअनुसार देहायका उम्मेदवारहरूलाई पूर्वमनोनयन गरिएको छ ।

पूर्वमनोनयनमा परेका उम्मेदवारले अध्ययन गर्न इच्छुक भए यसैसाथ संलग्न निवेदन (क) असमर्थ वा अनिच्छुक भए यसैसाथ संलग्न निवेदन (ख) वा सोही ढाँचामा २०७८ साल चैत्र २७ गतेभित्र छात्रवृत्ति शाखाको इमेल applyscholarship@moest.gov.np मार्फत अनिवार्य रूपमा पठाउन अनुरोध गरिन्छ ।

This means, the selected students need to notify MOE if they are interested or not to study from this scholarship. They must notify in either cases, if they are interested or not along with the Application.


Selected Students List with their College for MOE Scholarship:



Sample of Application to those Selected Students who wish to Study:



Sample of Application to those Selected Students who wish not to study:



साथै प्रकाशित पूर्वमनोनयन सूचीउपर कुनै तथ्यगत दाविविरोध भए २०७८ साल चैत्र २० गतेभित्र सोही इमेलमार्फत् तथ्यगत आधारसहित निवेदन पेश गर्न सकिने छ ।

पूर्वमनोनयनमा परेका उम्मेदवारले अध्ययन समर्थ वा असमर्थता सम्बन्धी निवेदन पठाएपछि अन्तिम मनोनयन हुने छ ।

पूर्वमनोनयनमा परेका उम्मेदवारले अध्ययन असमर्थताको निवेदन पठाएमा नियमानुसार वैकल्पिक उम्मेदवारलाई मनोनयन गरिने छ ।
अन्तिम मनोनयन भएपछि सिफारिस भएका उम्मेदवारले अध्ययन गर्न अनिच्छुक भनी निवेदन दिन नपाइने भएकाले अध्ययन गर्न जाने वा नजाने भन्ने निर्णय यसै चरणमा गरी निवेदन पठाउनु पर्ने बेहोरा यसैबाट जानकारी गराइन्छ ।

पूर्वमनोनयनमा परेका उम्मेदवारले निर्धारित मितिभित्र तोकिएको निवेदन नपठाएमा निकटतम वैकल्पिक उम्मेदवारलाई मनोनयन गरिने छ ।

आफूले पठाएका निवेदन छात्रवृत्ति शाखामा पुगेनपुगेको सम्बन्धमा कार्यालय खोलेपछि ४४१८१६९ मा सम्पर्क गरी जानकारी लिन सकिने छ ।


CLICK HERE to view the PDF File of the full Notice.

Previous Post Next Post