New App Notice!

BVSc & AH (Vet) and BSc Fisheries, AFU 2077 : 2nd Admission List with Notice of Admission in Details.

 
कृषि तथा वन विज्ञान विश्वविद्यालय
पशु विज्ञान, पशु चिकित्सा र मत्स्य विज्ञान संकाय
डीनको कार्यालय,
रामपुर, चितवन, नेपाल

फोन नं. : ०५६-५९२१३१
फ्याक्स नं. : ०५६-५२६०१४

सूचना

यस पशु विज्ञान, पशू चिकित्सा र मत्स्य विज्ञान संकायको शैक्षिक सत्र २०७७-७८ को लागि स्नातक तहको वि.भी.एस्सी. एण्ड. ए. एच. र वि. एस्सी. फिसरिजमा विद्यार्थी भर्नाको लागि मिति २०७७-११-२९ गते लिइएको प्रवेश परीक्षाको मेरीट लिष्ट अनुशार वि.भी.एस्सी.एण्ड ए.एच. र वि.एस्सी फिसरिजको मेरीट लिष्टको प्रथम पटक प्रकाशित नामावलीमा विद्यार्थी भर्ना हुन नआई रिक्त हुन गएकोले सिटहरुमा तपशिलमा उल्लेखित विद्यार्थीहरुको दोस्रो नामावली प्रकाशित गरिएको छ । 
Name List of Students for Admission in Merit Seats is available below in the photo. Fee for Admission in Merit Seats is about NRs. 6500-7000. So take this money with you. Congratulations to all of you!

उक्त सूचिमा उल्लेख भएका विद्यार्थीहरुले Admission Date : २०७७-१२-२९ देखि २०७७-१२-३१ गते कार्यालय समय सम्ममा स्वयं उपस्थित भई भर्ना हुन पर्ने व्यहोरा सम्वन्धित विद्यार्थीहरुलाई यसै सूचनाबाट जानकारी गराईएको छ । 

भर्ना हुन आउदा तपशिलमा उल्लिखित सम्पुर्ण कागजातहरु र भर्ना शूल्क लिई तोकिएको समयावधिमा सम्पर्क गर्न सूचित गरिन्छ । तोकिएको अबधीमा विद्यार्थी भर्ना हुन नआएमा र कागजात पेश गर्न नसकेमा रिक्त स्थानमा विद्यार्थी भर्नाको लागि मेरीट लिष्ट अनूशार तेस्रो नामावली २०७७-१२-३१ गते बेलुका ५:०० बजे प्रकाशित गरिने छ । उक्त नामावलीमा कूनै त्रूटी देखिएमा अभिलेख अनूसार सच्याइनेछ । 

विद्यार्थी भर्नाको लागि सम्पुर्ण सक्कल प्रमाण पत्र र सोको एक एक प्रति फोटोकपी लिई आउनुहुन सूचित गरिन्छ ।

तपशील:
क) पासपोर्ट साइजको फोटो ३ (तिन) प्रति
ख) नेपाली नागरिकताको सक्कल प्रमाणपत्र
ग) SEE/SLC को सक्कल लब्धाङ्क (Transcript) र चारित्रिक प्रमाणपत्र
घ) प्रमाणपत्र तहको सक्कल लब्धाङ्क (Transcript) र चारित्रिक प्रमाणपत्र
ङ) प्रमाणपत्र तहको सक्कल स्थायी (Provisional) र Migration प्रमाणपत्र
च) समानस्तर निर्धारण (Equivalent) को प्रमाणपत्र (प्रमाण पत्र तह नेपाल बाहिरको विश्वविद्यालय वा संस्थाबाट उत्तिर्ण गरेकाहरुलाई मात्र)
छ) प्रवेश परीक्षाको सक्कल प्रवेश पत्र

Note : Admission List for Quota Seats and UDF (Paying) Seats will be published later on after some days. Keep checking inside Entrance Notices and Result section of our App.

List of Students for 2nd Admission List in Vet and Fisheries:-


Previous Post Next Post