New App Notice!

Entrance Form Notice Update : IAAS TU Vet Entrance Exam 2078.


त्रिभुवन विश्वविद्यालय
कृषि र पशु विज्ञानअध्ययन संस्थान
डीनको कार्यालय
कीर्तिपुर, काठमाडौं

प्रकाशित मिति: २०७८-०५-२०

पशु चिकित्सा तथा पशु पालन स्नातक (B.V.Sc. & A.H.) तहमा विद्यार्थी भर्नासम्बन्धी सूचना


यस अध्ययन संस्थान अन्तर्गत शैक्षिक वर्ष ०७७-७८ को लागि पक्लिहवा क्याम्पसमा संचालन हुने पशु चिकित्सा स्नातक (B.V.Sc. & A.H.) तहको शैक्षिक कार्यक्रममा अध्ययन गर्न आवश्यक न्यूनतम शैक्षिक योग्यता पुगेका इच्छुक विद्यार्थीहरुको लागि मिति २०७८/०५/२० गतेबाट आवेदन दिन सकिनेछ । आवेदकले सूचनामा माग भए अनुसारका विवरणहरु Online upload गरी पठाउनु पर्नेछ । त्रि. वि.वाहेक अन्य संस्थाबाट प्रमाणपत्र तह उत्तीर्ण गरेका आवेदकहरुले भर्नाको समयमा समकक्षता (Equivalence) को सक्कल प्रमाणपत्र पेश गर्नु पर्नेछ । भर्ना सम्बन्धी विस्तृत जानकारी तल दिएको छ ।


1. Online Application Submit गर्दा ध्यान दिनुपर्ने कुराहरुः
आवेदन online (entrance.iaas.edu.np) बाट मात्र दिन पाइनेछ । आवेदनमा समावेश गरिएका फोटो तथ्याङ्क, प्रमाणपत्र जस्ता कागजात र जानकारीहरु झुटो वा अपुग पाइएमा अयोग्य हुनेछन । तसर्थ कागजातहरु पुरा भएपछि मात्र आवेदन दिन जानकारी गराईन्छ । फाराम भर्ने सम्बन्धमा थप जानकारी परिशिष्ट १ मा दिइएको छ ।


2. न्युनतम शैक्षिक योग्यताः
एस.एल.सी. वा सो सरहको परीक्षा उत्तीर्ण भई आई.एस्सी.विज्ञान कृषि विज्ञान / पशु (विज्ञान)/ १०+२ (कृषि) वा सो सरहको तहमा अंग्रेजी, केमेष्ट्री, वायोलोजी, गणित र फिजिक्स विषय अध्ययन गरी कुल प्राप्ताङ्कको ५०% (पचास प्रतिशत) अङ्क वा letter grading system अन्तर्गत भए (NEB को हकमा) ११ र १२ कक्षामा गरी aggregate मा final grade न्यूनतम 'C' प्राप्त गरी उत्तिर्ण भएको हुनुपर्नेछ १०+२ कृषि अध्ययन गरेका विद्यार्थीको Transcript मा यदि गणित विषयको Marks उल्लेख नभएको भए गणित विषय पढेको थप मार्कसिट upload गर्नु पर्नेछ ।


3. आवेदन तथा परीक्षा शुल्कः
आवेदन फाराम शुल्क र परीक्षा शुल्क गरी एकमुष्ट रु. ३५००।- (रु. तिन हजार पाँच सय) नेपाल बैंक लि. कीर्तिपुरमा रहेको यस अध्ययन संस्थानको खाता “कृ.प.वि.अ.सं, प्रवेश परीक्षा खाता नं. ०४५००१०६५९८५४३०००००१" (IAAS ENTRANCE A/C 04500106598543000001, Kirtipur Branch) वा नेपाल बैंक लि. अन्य शाखा उपशाखाबाट रकम जम्मा गरी सोको सक्कलै भौंचर आवेदन फाराममा upload गर्नु पर्नेछ । Bank voucher मा deposited by भन्ने स्थानमा आवेदकको नाम र मोवाईल नम्बर अनिवार्य लेख्नु पर्नेछ । Online शुल्क भुक्तानी गर्नेहरुको हकमा Remarks मा अनिवार्य आवेदककै नाम हुनु पर्ने छ । रकम जम्मा गर्नु अघि कागजात रितपूर्वक पुरा भए नभएको रुजु गर्नु पर्नेछ
आवेदन रद्द भएमा वा कागजात अपुग भएको खण्डमा जम्मा गरेको रकम फिर्ता हुने छैन ।


४. आवेदन दिने मिति र समयः
आवेदन दिने मिति २०७८/०५/२० गते देखि २०७६/०६/०९ गते राती (१२:००) बाह्न बजे सम्म हरेक (बिदाका दिनमा समेत) घण्टा दिन सकिनेछ । Online आवेदनमा गरेको भूल, सुधार गर्न चाहेमा माथि उल्लेखित खातामा मिति २०७६/०६/१० र ११ गते भित्र रु. २००।- (रुपैया दुई सय मात्र) बुझाई डीन कार्यलयमा, कार्यालय समय भित्र भूल सुधार गर्न सकिनेछ ।


५. प्रवेश पत्र वितरणः
मिति २०७६/०६/१३ गतेबाट प्रवेश पत्र वितरण गरिनेछ । 
आवेदकले कुनै पनि browser खोली entrance.iaas.edu.np type गरी, applicant's status थिचि, आफ्नो identity entry गरी, search status click गरेपछि देखाउने admit card अनिवार्य रुपमा color print गरी लिनु पर्नेछ । 


६. परीक्षा तथा प्रश्नपत्र सम्बन्धी जानकारी:
प्रवेश परीक्षामा प्रमाणपत्र तहका तल उल्लेखित विषयहरुबाट बहुछनौटिय वस्तुगत किसिम (Multiple Choice Objective Type) का जम्मा १०० वटा प्रश्नहरु हुनेछन् ।

1. अंग्रेजी: १५
2. जुलोजी: १५
3. केमेष्ट्री: १५
4. बोटानी: १५
5. फिजिक्स: १५
6. पशु चिकित्सा: ५
7. गणित: १५
8. सामान्य ज्ञान: ५

Also Read: PAST Year IAAS Vet Entrance Exam Question Papers

प्रवेश परीक्षा मिति २०७८-०६-१६ गते विहान ११:०० बजे देखि १२:३० बजे सम्म हुनेछ । परीक्षामा आउँदा प्रवेश पत्र र नागरिकता सवारी चालक अनुमती पत्र राहादानीको सक्कल अनिवार्य रुपमा देखाउनु पर्नेछ । अन्यथा परीक्षा हलमा प्रवेश गर्न पाइने छैन । प्रवेश परीक्षा हलभित्र सुचना संग्रहित र आदानप्रदान गर्न मिल्ने जस्तै Notebook, Mobile, Ipod, Ipad, Tab, Headphone, Digital watch जस्ता साधनहरु पुर्ण रुपमा निषेध गरिएको छ । उक्त साधनहरु भेटिएमा परीक्षा हलबाट निष्काशन गरिनेछ । परिक्षार्थीहरुले आफ्नो समानको सुरक्षा आफै गर्नु पर्नेछ । प्रवेश परीक्षा काठमाण्डौंमा हुनेछ । परीक्षा केन्द्रसम्बन्धी थप जानकारी पछि सूचनामार्फत गराइनेछ ।


7. प्रवेश परीक्षा नतिजा प्रकाशन तथा मेरिट क्रमः
प्रवेश परीक्षाको नतिजा मिति २०७८/०६/१७ गते भित्र प्रकाशन गरिनेछ । प्रवेश परीक्षाको उत्तिर्णाङ्क ५० प्रतिशत हुनेछ । मेरीट क्रम मिति २०७८/०६/१८ गते भित्र प्रकाशित गरिनेछ । प्रवेश परीक्षाको प्राप्ताङ्कलाई नै १००% अंकभार दिईनेछ, सोको आधारमा सबै कोटाका लागी योग्यताक्रम सूचि तयार गरी भर्नाको लागि नामावली प्रकाशित गरिनेछ । 

प्राप्ताङ्क प्रतिशत बराबर भएमा १०+२ वा सोसरहको प्रतिशत ग्रेड, सो पनि बराबर भएमा एस.एल.सी वा सोसरहको प्रतिशत / ग्रेड र सो पनि बराबर भएमा क्रमसः बायोलोजी, केमेस्ट्रि, अंग्रेजी, गणित तथा फिजिक्स विषयको प्रतिशत ग्रेड हेरी बढी प्रतिशत ग्रेड ल्याउनेलाई मान्यता दिईनेछ । नतिजा, मेरिट क्रमाङ्ग तथा भर्नासम्बन्धी सम्पुर्ण सूचना Help For Ag App मा पनि राखिनेछ ।


8. कोटा वर्गीकरणः



त्रि.वि.को नियममा व्यवस्था भए अनुसार आरक्षण कोटाको लागि तालिका नं १ मा उल्लेख गरिएको छ । छात्रा बाहेक अन्य आवेदकले आरक्षित कोटामा भर्ना हुन चाहेमा आवेदन साथ, निम्नानुसार कोटाको लागि सम्बन्धित निकायबाट प्राप्त प्रमाणपत्रको clear image upload गर्नु पर्नेछ । आवेदनमा उक्त प्रमाणपत्रहरु समावेश नभएमा त्यस उपर कारवाही गरिने छैन । उक्त कोटाहरुमा पनि मेरिट क्रमाङ्ग अनुसार नै भर्ना लिइनेछ ।
क. अपाङ्ग कोटाः राष्ट्रिय अपाङ्ग महासंघ वा सम्बन्धित जिल्ला प्रशासन कार्यालय ।
ख. आदिवासी/जनजाति कोटा: आदिवासी/जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान वा सम्बन्धित जिल्ला प्रशासन कार्यालय।
. दलित कोटाः राष्ट्रिय दलित आयोग वा सम्वन्धित जिल्ला प्रशासन कार्यालय ।
घ. मधेसी कोटाः सम्बन्धित जिल्लाका जिल्ला प्रशासन कार्यालय ।
ङ. थारु कोटा: आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान वा सम्बन्धित जिल्ला प्रशासन कार्यालय ।
च. अन्य कोटा (अल्पसंख्यक, सिमान्तकृत, पिछडिएको वर्ग, लैंगिक तथा यौनिक अल्पसंख्यक तथा आर्थिक रुपले विपन्न खस आर्य): सम्बन्धित गाउँ पालिका, नगर पालिका वा सम्बन्धित जिल्लाको जिल्ला प्रशासन कार्यालय ।
छ. स्टाफ कोटाः सम्बन्धित शिक्षक कर्मचारी र आवेदकको नाता प्रमाणित हुने नागरिकताका प्रमाणपत्र तथा सम्बन्धित क्याम्पसको सिफारिस पत्र ।
ज. स्थानिय कोटाः कागजातको वारेमा सम्बन्धित क्याम्पसले पछि सूचना गर्नेछ ।

पशु चिकित्सा तथा पशु पालन स्नातक (B.V.Sc. & A.H.) तहमा श्री पक्लिहवा क्याम्पसमा भर्ना हुने ४० जना विद्यार्थीहरु तालिका १ अनुसार मेरिट, आरक्षण र अध्ययन संस्थान विकास शुल्क शीर्षकमा भर्ना लिइनेछ । 

एनेक्स कार्यक्रम अन्तर्गत यस अध्ययन संस्थानसँग MOU भएका नेपाल सरकारका निकायहरुबाट आउने मनोनयीहरु, स्थानिय कोटा र स्टाफ कोटा खाली भएमा एनेक्स कार्यक्रमको खुल्ला कोटामा समावेश गरिनेछ ।

आवेदन फाराम बुझाउने तथा भर्नासम्बन्धी थप जानकारीका लागि यस अध्ययन संस्थानको टेलिफोन नं. ०१- ४३३०६००/४३३०५०० मा सम्पर्क गर्न सकिनेछ ।


फार्म कसरी भर्ने र रुजु कसरी गर्ने ।
कुनै पनि browser खोली entrance.iaas.edu.np type गरी enter गरेमा Start Registration पेज खुल्नेछ । सो start registration button click गरेमा Bank Information पेज र त्यस्पछि next click गरेमा Registration and Photo Instructions कमशः देखा पर्नेछन । फेरी next click गरेमा application form देखापर्नेछ । बिद्यार्थीले instructions राम्रो सँग पढी त्यहाँ उल्लेखित नियम पालना गर्नु पर्नेछ । आवेदन फाराममा Asterisk (*) दिइएका बुदाहरु अनिबार्य रुपमा भर्नु पर्नेछ । अन्यथा save तथा upload हुने छैन । आवेदन फाराम पूर्णरुपमा भरेपछि तथा आवश्यक प्रमाणपत्रहरु upload गरेपछि पुछारमा रहेको save button click गरि सबै जानकारी गराउनु पर्नेछ । फोटो तथा प्रमाणपत्रहरु upload गर्दा सम्बन्धित box थिचि, file खोली click गरी open click गरेमा सम्बन्धित box को दायाँ भागमा सो प्रमाणपत्र देखा पर्नेछ । Documents Save भएमा saved successfully देखाइ फारामको सिरानमा फर्कन्छ । आवेदन फारामको सिरानको बायाँ भागमा रहेका edit button थिचि आफुले भरेका तथ्याङ्कहरु तथा upload गरिएका प्रमाणपत्रहरु ठिक तथा पुरा भए नभएको रुजु गरी सबै आवश्यक तथ्याङ्कहरु तथा प्रमाणपत्रहरु पुरा भएपछि पुनः save गरेर मात्र submit button थिच्नु पर्नेछ । submit button थिचेपछि पुन edit गर्न मिल्ने छैन । Documents submit कार्य सफल भएमा Page को माथि दायाँ कुनामा Download Confirmation Page देखा पर्नेछ । सो click गरे पुछारको बायाँ कुनामा file देखिन्छ । सो click गरी एक प्रति print गरी लिनु पर्दछ ।






To Download the PDF File of the Notice: Click Here

Previous Post Next Post