New App Notice!

Re-Entrance Exam of Purbanchal University 2077 Notice for Empty Seats.


पूर्वाञ्चल विश्वविद्यालय
विज्ञान तथा प्रविधि संकाय

स्नातक तहका शैक्षिक कार्यक्रमहरुको पूनः प्रवेश परीक्षा सम्बन्धी अत्यन्त जरुरी सूचना:

मितिः २०७७-१२-१४ गते शनिवार


पूर्वाञ्चल विश्वविद्यालय, विज्ञान तथा प्रविधि र इन्जिनियरीङ संकाय अन्तर्गतका आंगिक एवम् सम्बन्धन प्राप्त क्याम्पस/कलेजहरुमा संचालित स्नातक तहका विभिन्न शैक्षिक कार्यक्रमहरुमा शैक्षिक सत्र २०७७/०७८ (सन २०२०) का लागि मिति २०७७।११।०७ र ०८ गते संचालित प्रवेश परीक्षाको नतिजा अनुसार निर्धारित समयावधि भित्र भर्ना भई रिक्त रहेका कोटा संख्यामा नयाँ विद्यार्थी भर्नाका लागि पूनः प्रवेश परीक्षा संचालन गरिने भएकोले इच्छुक आवेदक परीक्षार्थीहरुले सम्बन्धित शैक्षिक संस्थाहरु मार्फत नियमानुसार आवेदन फारम भरी बुझाउन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ।

१) प्रवेश परीक्षा मितिः २०७८ साल बैशाख ०३ गते शुक्रवार
२) परीक्षा फारम शुल्कः रु.१,५००।- (एक हजार पाच सय मात्र)

Also Read:-
Purbanchal University Ag, Vet, Forestry 2077-78 Real Question Paper - Click Here
Purbanchal University Solutions 2077-78 - Click Here

३) परीक्षा केन्द्रः
• प्रदेश १ र २ स्थित क्याम्प्स / कलेजका लागि :- श्री पू.वि. स्कूल अफ इन्जिनियरीङ्ग एण्ड टेक्नोलोजी, विराटनगर ।
• अन्य प्रदेश स्थित क्याम्पस/कलेजका लागि 
:- श्री ख्वप इन्जिनियरीङ्ग कलेज, लिवाली, भक्तपुर ।
प्रवेश परीक्षाको समय र तालिका पछि प्रकाशित गरिनेछ।

४) प्रवेश परीक्षा फाराम भर्ने /भराउने अन्तिम म्यादः

क. ईच्छुक आवेदक परीक्षार्थीहरुले भर्ना हुन चाहेको र रिक्त रहेको शैक्षिक कार्यक्रममा सम्बन्धित स्कूल/क्याम्पस /कलेजमा मिति २०७७।१२।२७ गते शुक्रवार सम्ममा तोकिएको शुल्क एवम् विश्वविद्यालयले तोकेको न्यूनतम शैक्षिक योग्यता पूरा गरेको कागजातहरु र नेपाली नागरिकताको प्रमाणित प्रतिलिपी समावेश गरी आवेदन फाराम भरि सम्बन्धित स्कूल/क्याम्पस/कलेजमा बुझाउनु पर्ने छ ।

ख. सम्बन्धित स्कूल/क्याम्पस/कलेजहरुले आवेदित परीक्षार्थीहरुको आवेदन फारम, विश्वविद्यालयको नियमानुसार तोकएिको न्यूनतम शैक्षिक योग्यताका प्रमाणपत्रहरु स्कूल/क्याम्पस /कलेजबाट प्रमाणीत गरि सोको प्रमाणीत प्रतिलिपी, आवेदकहरुको नामावली विबरण (पेन ड्राईभ वा सिडीमा राखि), नियमानुसारको शुल्क रकम नविल बैंक स्थित पू. वि. विज्ञान तथा प्रविधि संकायको खाता नं.१२६०१०१७५०००७९ मा मिति २०७७।१२।२७ गते भित्र जम्मा गरी सो को सक्कल बैंक भौचर लगायत स्कूल/क्याम्पस/कलेजको आधिकारीक पत्र सहितको विवरण पू. वि. विज्ञान तथा प्रविधि संकाय डीन कार्यालय, विराटनगरमा मिति २०७७।१२।२९ गते दिउसो १ बजेसम्ममा अनिवार्य बुझाई सक्नुपर्ने छ । सम्बन्धित क्याम्पस/कलेज मार्फत प्राप्त नामावली तथा कागजातहरुको विवरणमा कुनै त्रुटी भएमा एवं विश्वविद्यालयको प्रवेश परीक्षा सम्बन्धी निर्धारित मापदण्ड पूरा नभएका परीक्षार्थीहरुलाई प्रवेश परीक्षामा सामेल गराईने छैन् । 
सोबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवारी स्वंयम स्कूल/क्याम्पस / कलेज र विद्यार्थीहरुले लिनु पर्ने छ ।

विज्ञान तथा प्रविधि र इन्जिनियरीङ संकाय अन्तर्गतका आंगिक एंव सम्बन्धन प्राप्त शैक्षिक संस्थाहरु निम्न बमोजिम रहेका छन।
१. श्री पू. वि. स्कूल अफ इन्जिनियरीङ्ग एण्ड टेक्नोलोजी (PUSET), विराटनगर ।
२. श्री नेपाल पोलिटेक्निक इन्ष्टिच्यूट लि. (NPL), भरतपुर, चितवन ।
३. श्री हिमालयन इन्स्टिच्यूट अफ साइन्स एण्ड टेक्नोलोजी (प्रा.) लि.(HIST), काठमाण्डौं ।
४. श्री सेन्ट्रल इन्जिनियरीङ्ग कलेज, जनकपुर ।
५. श्री हिमालयन हृवाईट हाउस इन्टरनेशनल कलेज (HWIC), काठमाण्डौं ।
६. श्री कलेज अफ इनफरमेशन टेक्नोलोजी एण्ड इन्जिनियरीङ्ग (CITE), काठमाण्डौं ।
७. श्री एक्मी इन्जिनियरीङ्ग कलेज, काठमाण्डौं।
८. श्री आर्यन स्कूल अफ इन्जिनियरीङ्ग, काठमाण्डौं ।
९. श्री कान्तिपुर सिटी कलेज (KCC), पुतलीसडक, काठमाण्डौं ।
१०. श्री इष्टर्न कलेज अफ इन्जिनियरीङ्ग, विराटनगर ।
११. श्री कलेज अफ एप्लाईड फुड एण्ड डेरी टेक्नोलोजी (CAFODAT), काठमाण्डौं ।
१२. श्री कान्तिपुर इन्टरनेश्नल कलेज (KIC), ललितपुर ।
१३. श्री किष्ट कलेज अफ इनफरमेशन टेक्नोलोजी (KIST), काठमाण्डौं ।
१४. श्री हिमालयन कलेज अफ जियोमेटिक इन्जिनियरीङ एण्ड ल्याण्ड रिशोर्स मेनेजमेन्ट, काठमाण्डौं।
१५. श्री मोर्गन इन्जिनियरीङ एण्ड म्यानेजमेण्ट कलेज, काठमाण्डौं।
१६. श्री सान इन्टरनेशनल कलेज, काठमाण्डौं ।
१७. श्री कान्तिपुर भ्याली कलेज (KVC), ललितपुर ।
१८. श्री हिलसाइड इन्जिनियरीङ्ग कलेज, काठमाण्डौं ।





Previous Post Next Post