New App Notice!

UPDATED Selected Students List for Scholarship in BSc Agriculture, IAAS, TU Private Colleges 2077 in Full Scholarship from MOE, Nepal Government and Notice of Further Process for Scholarship Achievement.


नेपाल सरकार
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय
छात्रवृत्ति शाखा
केशरमहल, काठमाण्डौं
प्रकाशित मितिः २०७८-०२-०३  



त्रिभुवन विश्वविद्यालय अन्तर्गतका केही कलेजहरूमा विएस्सी (B.Sc. Agriculture) विषयमा नि:शुल्क छात्रवृत्तिमा मनोनयनका लागि दरखास्त दिएका उम्मेदवारहरूको पूर्वमनोनयन (Pre-Nomination or Selection) सूची प्रकाशन गरिएको सम्बन्धी अत्यन्त जरुरी सूचना

त्रिभुवन विश्वविद्यालय अन्तर्गत सञ्चालित केही कलेजहरूमा (गोकुलेश्वर कृषि तथा पशु विज्ञान कलेज, गोकुलेश्वर बैतडी क्याम्पस अफ लाइभ साइन्सेज फूलबारी, दाङ र पृथु टेक्निकल कलेज लमही, दाङका) कलेजहरूमा स्नातक तहको कृषि विषयको निशुल्क छात्रवृत्तिमा अध्ययनका लागि २०७८ साल बैशाख २९ गतेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको निर्णयअनुसार पूर्वमनोनयनमा परेका र अध्ययन समर्थ भनी निवेदन पठाएका उम्मेदवारहरू र एकजना पूर्वमनोनयनमा परी अध्ययन असमर्थता जाहेर गरेका उम्मेदवारका कारण वैकल्पिक योग्यताक्रम सूचीमा माथि रहेका साधारण तर्फका उम्मेदवारसमेत संलग्न देहायको मनोनयन सूची शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको मिति २०७८-०२-०३ गतेको निर्णयअनुसार सम्बन्धित सबैको जानकारीका लागि प्रकाशित गरिएको छ । 

Updated Selected Students List for Scholarship in IAAS, TU Affiliated Private College from MOE, Nepal Government 2077-78.


मनोनित उम्मेदवारहरूले यसैसाथ संलग्न कबुलियतनामाको पूर्ण विवरण भरेर २०७८ साल जेठ ७ गतेसम्म आइपुग्नेगरी छात्रवृत्ति शाखाको इमेल applyscholarship@moest.gov.np मार्फत अनिवार्य रूपमा पठाउनु हुन अनुरोध गरिन्छ। 
Download Application Form for selected students: Click Here
Download this, print it, fill it, scan it and mail it to the above email id by Jestha 07.

साथै सबै मनोनिनत उम्मेदवारहरूले सम्बन्धित कलेजमा सम्पर्क गरी अध्ययनका लागि जाने समय, प्रक्रिया तथा विधिका विषयमा जानकारी लिन र आफ्ना आवश्यक सक्कल प्रमाणपत्रहरू सम्बन्धित कलेजमा नै बुझाउनु हुन अनुरोध गरिन्छ । सम्बन्धित कलेजहरूले सम्बन्धित उम्मेदवारले बुझाएका प्रमाणपत्र र निजहरूले भरेका विवरणको प्रामाणिकता जाँचबुझ गरी लिने र छात्रवृत्तिमा सिफारिस भएका उम्मेदवारले प्रमाणपत्र बुझाए नबुझाएको तथा अध्ययनका लागि सम्पर्क गरे नगरेको विषयमा यस शाखालाई पत्राचार गरी अविलम्ब जानकारी पठाउनु हुन सूचित गरिन्छ । मनोनयन भएका उम्मेदवारहरूलाई छात्रवृत्ति शाखाले प्रमाणपत्र दिने भएकाले कोभिड १९ को महामारीबाट मुलुक सहज भएपछि आफूले गरेको कबुलियतनामाको सक्कल तथा तीनप्रति अटोसाइजको फोटो लिएर शाखामा सम्पर्क राख्नु पर्ने छ । आफूले पठाएका कागजात छात्रवृत्ति शाखामा पुगेनपुगेको सम्बन्धमा तोकिएकै इमेलबाट जानकारी लिन सकिने छ ।




Previous Post Next Post