New App Notice!

BSc Forestry Full Scholarship Seats Notice for Siddhanta Campus, AFU Gaidakot, from MOE, Nepal Government 2078.


Note: To apply for these scholarship seats, you must have passed BSc Forestry, AFU Entrance examination 2077. This is a golden opportunity to study in Scholarship in a private college, Siddhanta Campus affiliated to AFU and its totally free seats. Any student either from a government or private school can apply for these seats if you have passed BSc Forestry AFU 2077 Entrance Exams. If you have not applied for admission to Private colleges but have passed entrance exams, then you are eligible to apply for these seats. 

VVI Note: To Apply for these, all the students who have passed the entrance exam of BSc Forestry, AFU 2077 can apply. यो form भर्न को लागि Private college को form भरेको हुन पर्दैन, Private college मा admission गरेको or apply गरेको हुन नि पर्दैन . Entrance पास भएको सबैले apply गर्न पाउछन . तेसैले if you want to study in a private college in paying seats then fill the form for private colleges but if you don't want to study in a private college in paying and only want to study in free scholarship seats from MOE, then apply for this only. No need to fill the form in the respective colleges. Be sure of this, I Confirmed with MOE in this matter. Also, If you are already admitted to a private college, Siddhanta Campus, then also you can apply for these scholarship seats.


Also Read: Notice and Details about Scholarship for BSc Ag in Private Colleges of AFU Provided by MOE, Nepal Government 2078.


How the students are selected for these scholarship seats?
First of all, the students apply for the seats and after the date is over to apply, MOE Publishes a Merit List of those students who have applied for these scholarship seats. Merit List will be based on your entrance exam score of BSc Forestry, AFU 2077 entrance exams. No other exam is taken for entrance exams. It is totally based on the score you obtained in BSc Forestry, AFU 2077 Entrance exam. Then finally students are chosen from that merit list rank-wise. There is the only priority for government school students in Quota seats, not for normal seats in MOE Scholarship. So all students either from government or private schools can apply for these seats. 

अगाडी rank भएको student ले college choose गर्न पाउछन scholarship मा भने पछाडी rank भएको student ले seat बाकी भएको college मा पढ्न पर्ने हुन्छ . The full notice is available below, once read the full notice line by line before filling the form.


The form for Private colleges of BSC Ag AFU will also open soon and there are 35 seats in AFU private colleges for the scholarship. The merit list of MOE Will be published in our App, keep checking daily inside Entrance Notices and Result section so that you won't miss any updates.


If you want to know details about Siddhant Campus Affiliated to AFU, Click Here.



नेपाल सरकार
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
छात्रवृत्ति शाखा, केशरमहल, काठमाण्डौं

प्रकाशित मितिः २०७८-०४-०८

विएस्सी फरेष्ट्री (B.Sc.Forestry) विषयमा नि:शुल्क (छात्रवृत्तिमा) अध्ययन गर्न इच्छुक उम्मेदवारहरूका लागि दरखास्त आह्वान गरिएकोसम्बन्धी अत्यन्त जरुरी सूचनाः

कृषि तथा वनविज्ञान विश्वविद्यालय अन्तरगत सिद्धान्त क्याम्पस गैडाकोट नवलपरासी (सुस्तापूर्व) मा शैक्षिक सत्र २०७७/०७८ का लागि प्राप्त B.Sc.Forestry विषयमा अध्ययनका लागि ५ सीट छात्रवृत्ति प्राप्त भएकोमा प्राप्त कोटामा छात्रवृत्ति सम्बन्धी नियमावली २०६० अनुसार योग्यताक्रम कायम गर्नुपर्ने भएकोले देहायको योग्यता पूरा गरेका ईच्छुक नेपाली नागरिकहरूबाट यस छात्रवृत्ति शाखाको इमेल applyscholarship@moest.gov.np बाट दरखास्तसहित तोकिएका आवश्यक कागजात स्क्यान गरी पठाउनु हुन आव्हान गरिएको छ ।


१) दरखास्तका लागि अवश्यक न्यूनतम योग्यता
क) कृषि तथा वनविज्ञान विश्वविद्यालयले २०७७ सालमा सञ्चालन गरको स्नातक तहको प्रवेश परीक्षामा सहभागी भई उत्तीर्ण भएको हुनुपर्नेछ ।

ख) दरखास्तका लागि तोकिएको समूह तथा सिट:
ख १. साधारण समूह (General Category): ३ सिट
ख २. आरक्षण समूहः महिला १ र जनजाति १ बाट


२) दरखास्त दिने म्यादः 
मिति २०७८ साल साउन ८ गतेदेखि २०७८ साल साउन १५ गतेसम्म शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय छात्रवृत्ति शाखा, केशरमहलमा इमेल applyscholarship@moest.gov.np दरखास्त पठाउन सकिने छ। दरखास्त नमूना यसै साथ संलग्न छ ।
Application Form to submit :Click Here
(Note: Download this Application Form, Print it, fill it in the blanks in the form handwritten and scan it to Submit)


३) राजस्व सम्बन्धी व्यवस्थाः (Payment to Apply for Scholarship seats)
आवेदकहरूले राजस्व वापतको रकम रु १००० एक हजार राष्ट्रिय वाणिज्य बैङ्क काउन्टरमा कार्यालय कोड नं ३५०००३५०१ तथा राजश्व शीर्षक नं १४२२९ मा दाखिला गरी सोको भौचरको स्क्यान समेत संलग्न राखी छात्रवृत्ति शाखामा निवेदनसाथ पठाउनु पर्नेछ । भौचरको नमूना यसै सूचनाको पृष्ठ भागमा दिइएको छ ।

Sample of Bank Voucher for Payment to Apply in these seats:- Click Here


४) दरखास्त साथ पेश गर्नुपर्ने स्क्यान गरिएका कागजातहरू
* पूर्ण रूपमा भरिएको आवेदन फाराम राजस्व बुझाएको सक्कल भौचर

* नागरिकता प्रमाण पत्रको प्रतिलिपि

* कृषि तथा वनविज्ञान विश्वविद्यालयले सञ्चालन गरेको प्रवेश परीक्षाको रोल नम्बर Rank / Merit, विषय, १० २ वा प्रमाणपत्र तह वा सो सरह उत्तीर्ण गरेको शैक्षिक योग्यताको Transcript, Character certificate/Original/Provisional certificate SEE/SLC परीक्षाको प्रमाणपत्र

* शैक्षिक योग्यता हासिल गरेको बोर्ड नेपाल बाहिरको भए सबै वा कुनै तहको सम्बन्धित बोर्डबाट जारी गरिएको transcript af Hicho RCT HTUT pass verification certificate/degree provisional certificate/migration certificate पाठ्यक्रम विकास केन्द्रबाट प्रतिशत खुलाएको पत्र समेत।

* नागरिकता र शैक्षिक योग्यताको प्रमाण पत्रमा नाम थर जन्ममिति फरक भएमा एउटै व्यक्ति भएको सम्बन्धित
जिल्ला प्रशासन कार्यालयको सिफारिस पत्र


ख) Community School Group सामुदायिक विद्यालय तर्फको आरक्षण समूह
.
विपन्नताको सिफारिस, सरकारी विद्यालय सम्बन्धी सिफारिस र आरक्षित समूह सम्बन्धी प्रमाण समेत ३ वटै प्रमाण पेश गर्नसक्ने उम्मेदवारहरू मात्र सामुदायिक विद्यालय समूहमा पर्ने हुनाले यस्ता समूहमा दरखास्त दिन इच्छुक उम्मेदवारले यी तीनै कागजात दरखास्त साथ पेश गर्नुपर्ने छ ।

साधारण समूह का लागि तोकिएका कागजातका साथै निम्न कागजात समेतको स्क्यानप्रति पठाउनुपर्नेछ।
१) SLC/SEE उत्तीर्ण गरेको विद्यालय सामुदायिक सरकारी हो भनी सम्बन्धित स्थानीय निकाय वा शिक्षा समन्वय इकाइले प्रदान गरेको सिफारिस पत्र

Government School Proof Document: Verification Letter from District Education Office or Local bodies (Metropolitan City/Sub-metropolitan City/Municipality or Rural Municipality), mentioning that applicant's school is fully funded government school.  
[Sample 1
Sample Document 2 for government school - Click Here 
Sample Document 3 for government school - Click Here 

२) सम्बन्धित गाउँपालिका, नगर उपमहानगर, महानगरपालिकाले विपन्नताको कारण खुलाइ छात्रवृत्ति सम्बन्धी नियमवली,२०६० को अनुसूची १ अनुरुपको ढाँचामा मिति २०७८ साल साउन ८ गते देखि दरखास्त फाराम भर्ने अन्तिम मिति २०७८ साउन १५ सम्ममा जारी गरेको विपन्नताको सफारिस पत्र ।

विपन्नताको Document को ढाचा :- Click Here


३) आफू सम्बन्धित समुदायको व्यक्ति भएको प्रमाणित हुने गरी निम्न निकायबाट प्रदान गरेको सिफारिश पत्र । जनजातिको सिफारिस: आदिवासी जनजाति उत्थान राष्टिय प्रतिष्ठानबाट वा सम्बन्धित जिल्ला प्रशासन कार्यालय वा सम्बन्धित स्थानीय निकायबाट
1. Janjati Quota:  Verification Letter/Certificate from Adibasi Janajati Rashtriya Mahasangh, Nepal or Local bodies (Metropolitan City/Sub-metropolitan City/Municipality or Rural Municipality). [Sample]


ग ) Other School Group अन्यविद्यालय तर्फको आरक्षण समूह
यस समूहमा दरखास्त पेस गर्ने उम्मेदवारहरुले माथि general Group साधारण समूहका लागि तोकिएका कागजातका साथै आफू सम्बन्धित समुदायको व्यक्ति भएको प्रमाणित हुने गरी माथि बुदा नं ३ मा तोकिएको निकायको सिफारिस पत्रको सक्कल प्रतिको स्क्यान प्रति संलग्न गर्नुपर्ने छ ।


५. योग्यताक्रमः
रितपूर्वक दरखास्त पेस गर्ने उम्मेदवारहरुले सम्बन्धित अध्ययन संस्थान वा संकायले सञ्चालन गरेको प्रवेश परीक्षामा प्राप्त गरेको प्राप्ताङ्क तथा Rank/Merit र आरक्षण सम्बन्धी कागज प्रमाणसमेतको आधारमा नियमानुसार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले साधारण तथा आरक्षण समूहको योग्यताक्रम कायम गर्ने छ । 
आरक्षणका लागि तोकिएका कागजात पेश नभएमा आवेदन स्वतः साधारण तर्फ मात्र भएको मानिने छ ।शर्तमा कुनै दरखास्त दर्ता गरिने छैन ।


६. अन्य विद्यालय समूहले पाउने अवसरः 
आरक्षण गरिएको स्थानमा सामुदायिक विद्यालयबाट प्रवेशिका परीक्षा उत्तीर्ण गरी माथि उल्लेख गरिएका कागजात पेश गरेका उम्मेदवारहरूलाई पहिलो प्राथमिकता दिइने छ । 

सामुदायिक समूहमा कुनै पनि उम्मेदवार नभएको अवस्थामा मात्र नेपाल भित्रका अन्य विद्यालयबाट प्रवेशिका परीक्षा उत्तीर्ण गरेका सोही समुदायका व्यक्त्तिलाई आरक्षित स्थान प्रदान गरिने छ । सो पनि नभएको अवस्थामा
छात्रवृत्ति सम्बन्धी नियमावलीबमोजिम सो आरक्षित सिट साधारण समूहमा रुपान्तरण गरी वितरण गरिने छ ।


पुनश्च VVI NOTE: फारम भर्ने क्रममा कुनै समस्या भएमा मात्र शाखाको फोन नं ४४१८१६९ मा फोन गरी जानकारी लिन सकिने छ। इमेलबाट दरखास्त पठाएका उम्मेदवारहरूले आफ्नो दरखास्त इमेल प्राप्त भए-नभएको सम्बन्धमा यसै फोन नम्बरबाट कार्यालय समयभित्र जानकारी लिनु पर्ने छ । दरखास्त र कागजातलाई एकपटक मात्र अपलोड गरी पठाउन र पठाउँदा सकभर आफ्नै नामको इमेलबाट गर्न र सम्भव नभए कसको दरखास्त हो इमेलमा नै लेख्नु पर्नेछ । दरखास्तमा कुनै समस्या देखिएर कार्यालयबाट फोन हुन सक्ने भएकाले उम्मेदवारले आफूले उठाउने फोन नम्बर दरखास्तमा उल्लेख गर्नुपर्ने छ । म्याद नाघिसकेपछि आउने दरखास्त र गुनासोलाई स्थान दिइने छैन ।


PDF File to Download available Below:-

1. Sample of Bank Voucher for Payment to Apply in these seats:- Click Here
2. Application Form to submit:Click Here
(Note: Download this Application Form, Print it, fill it in the blanks in the form handwritten and Submit it online in the email id: applyscholarship@moest.gov.np 
3. विपन्नताको Document को ढाचा:- Click Here
4. Janjati Quota:  Verification Letter/Certificate from Adibasi Janajati Rastriya Mahasangh, Nepal or Local bodies (Metropolitan City/Sub-metropolitan City/Municipality or Rural Municipality). [Sample]
5. Government School Proof Document: Verification Letter from District Education Office or Local bodies (Metropolitan City/Sub-metropolitan City/Municipality or Rural Municipality), mentioning that applicant's school is fully funded government school.  
[Sample 1
Sample Document 2 for government school - Click Here 
Sample Document 3 for government school - Click Here 

Read the Notice in the Photo Below:-




Also, to Download the PDF File of the Notice: Click Here.


Previous Post Next Post