New App Notice!

BSc Forestry, IOF, TU Campus Selection Notice 2078 for Remaining Seats Admission


त्रिभवन विश्वविद्यालय
वन विज्ञान अध्ययन संस्थान
डीनको कार्यालय

मिति : २०७८-१२-११

स्नातक तह (शैक्षिक सत्र २०७८/८२) मा भर्नाको लागि क्याम्पस छनौट गर्ने सम्बन्धी सूचना

यस वन विज्ञान अध्ययन संस्थानको शैक्षिक सत्र २०७८।०८२ स्नातक तह फरेष्ट्रिमा अध्ययन गर्न आवेदन दिएका उम्मेदवारहरु मध्ये मिति २०७८।११।२१ गते शनिवारका दिन लिइएको प्रवेश परीक्षाको प्रकाशित नतिजाको योग्यताक्रम सूचीवाट केही साधारण सीटहरु पूर्ति गर्नु पर्ने भएकोले साधारण सिटमा भर्नाको लागि क्याम्पस छनौट गर्न मिति २०७८।११।२३ गतेको प्रकाशित योग्यताक्रम सूचीमा ७४ भन्दा पछि नाम प्रकाशित भएका इच्छुक परीक्षार्थीहरुले मिति २०७८-१२-१३ गते बेलुका ५ बजे कार्यालय समय भित्रमा रु.१००।- भुक्तानी गरी क्याम्पस छनौटको लागि निवेदन दिनु पर्नेछ ।

क्यापिटेशन सीट र क्यापिटेशन समावेसी सिटमा अध्ययन गर्न इच्छुकहरुले मिति २०७८-१२-१४ गते भित्रमा रु.१००।- भुक्तानी गरी आफूले अध्ययन गर्न चाहेको क्याम्पसको प्राथमिकता छनौट गरी तोकिएको ढाँचामा निवेदन दिनु पर्नेछ ।

Sample of Application is available below for Scholarship Seats and Paying Seats:
a. Sample for Scholarship Seats: Click Here
b. Sample for Paying Seats: Click Here

क्याम्पस छनौटको निवेदन र बैंक वा अनलाईन माध्यमवाट भुक्तानी गरेको रसिद email: forestryentrance@gmail.com वा https://forms.gle/9HM7C2tZVCwyMRg3A मार्फत upload गर्न सकिनेछ । 

रकम भुक्तानीको लागि
बैंकको नाम : Global IME Bank
खातावालाको नाम: INSTITUTE OF FORESTRY
खाता नं.: 0501010005975

पुनश्चः क्याम्पस छनौटको निवेदन दिईसकेकाहरुले पुनः निवेदन दिनु पर्नेछैन । सोही निवेदनलाई कायम गरिने छ।



Previous Post Next Post