New App Notice!

कीरा नियन्त्रण गर्ने घरेलु उपाय:-

(१) असुरोः गाउघरमा पाइने असुरोको पात र डॉठलाई खेत, बारीमा छापोको रुपमा माटोमा प्रशस्त राख्ने गरे फेंद काट्ने र माटोमुनि लुकीबस्ने खुम्रे कीराहरुलाई नियन्त्रण गर्न सकिन्छ ।
(२) खरानी र कृषि चुनः खरानी र कृषि चुनलाई एकै ठाउ‘मा मिसाई खेत बारीमा प्रयोग गर्ने गरेमा उफ्रिने कीराहरु जस्तै बिरुवाहरुको पात खाई छियाछिया बनाउने ‘खपटे किरा’ नियन्त्रण गर्न सकिन्छ । यसलाई प्रयोग गर्दा एक भाग काठको (दाउराको मात्र) खरानी एक भाग कृषि चून दुबैलाई मिसाई छर्ने गर्नुपर्दछ ।
(३) गाईको गोबरः गाईको गोबरबाट धानमा देखापर्ने डढुवा रोग नियन्त्रण गर्न सकिन्छ । यसको प्रयोग गर्दा २० ग्राम गाईको गोबरमा एक लिटर पानीका दरले आफूलाई आवश्यक पर्ने मात्राको बनाई रोग लागेको खेतमा राम्रोस‘ग बोट भिज्ने गरी छर्ने गरेमा डढुवा रोग नियन्त्रण गर्न सकिन्छ ।
(४) चुनाः चुनाको प्रयोगबाट मकैको भण्डारणमा लाग्ने कीराहरु नियन्त्रण गर्न सकिन्छ । यसको प्रयोग गर्दा २ सय २५ ग्राम चुनालाई १०० वटा मकैको घोगाका दरले आफ्नो आवश्यकताअनुसार मात्रा मिलाई पूरै घोगाहरुमा पर्ने गरी छरि भण्डारण गर्ने गरेमा मकैमा लाग्ने घुन, पुतलाबाट बचाउन सकिन्छ ।
(५) रातो माटो ः फलफूलहरुको बोटलाई धमिरा कीराहरुबाट बचाउन रातो माटो प्रयोग गर्न सकिन्छ । यसको लागि एक केजी रातोमाटोमा १२ देखि १५ लिटर पानीको घोल बनाई फलफूलका बोट र हॉगाहरुमा पोतिदिने गरेमा धमिरा कीराबाट बोटलाई बचाउन सकिन्छ । यो काम वर्षा अघि एक पटक र हिउ‘दमा एक पटक गर्नुपर्ने हुन्छ ।
(६) सिस्नोः सिस्नोको प्रयोगबाट अन्नबाली, दालबाली र तरकारीबालीहरुमा लाग्ने झुसुल्ले कीरा र लाही कीरालाई राम्रोस‘ग नियन्त्रण गर्न सकिन्छ । यसको साथसाथै घरभित्रका उडुस, उपियॉ र साङ्लाहरुको पनि नियन्त्रण गर्न सक्छ । सिस्नोको झोल बनाउ‘दा, सिस्नोलाई स–साना टुक्रा बनाउने, उक्त टुक्रालाई ८÷९ लिटर पानीमा १०÷१५ घण्टासम्म भिजाउने, त्यसपछि त्यो पानीलाई बोटबिरुवामा छर्ने गरे झुसुल्लले, लाही किरा सजिलै नियन्त्रण गर्न सकिन्छ ।
(७) चिउरीको खली ः चिउरीको खली
(पिना) लाई खेत, बारीमा छरी जोती दिने गरेमा माटोमुनि बसेर बालीहरुलाई नोक्सान पु¥याउने रातो कमिला, धमिरा र खुम्रे किराहरुलाई नियन्त्रण गर्न सकिन्छ । यसको प्रयोग गर्दा एक कट्ठा जमिनमा आठ केजी चिउरीको खली (धुलो बनाएको) चारैतर्फ जमिनमा पर्ने गरी छर्ने र जोति दिने गर्नुपर्दछ ।
(८) खुर्सानीको धुलोः खुर्सानीलाई मसिनो गरी पिसेर धुलो बनाउने, उक्त धुलोलाई कॉक्रा, फर्र्सी, लौका आदिका बोटबिरुवामा छर्ने गरेमा पातखाने किरा र लाही कीराहरुको नियन्त्रण गर्न सकिन्छ ।
- [ ] (९) तिते पाती ः तितेपातीको पात टिपेर राम्रोस‘ग सुकाउने सुकिसकेपछि मसिनो गरी पिसेर धुलो बनाउने उक्त धुलोलाई भण्डारण गर्दा प्रयोग गर्ने गरेमा घुन, पुतला र चिल्सा आदिको रोकथाम गर्न सकिन्छ यस्तै किसिमका अन्य धेरै घरेलु तरीका र बस्तुहरु छन् जस्तै टिमुर, बोझो र सूर्ती साबुनको झोल आदि, यिनी सबैलाई मात्रा मिलाई विषादीको सट्टा प्रयोग गर्ने गरे विषादीबाट हुने असरहरुबाट बच्न सकिन्छ।
Previous Post Next Post