New App Notice!

Notice to Apply for Scholarship Seats For BSc Ag in Private Colleges of AFU from MOE, Nepal Government 2078.


Note : To Apply for these scholarship seats, you must have passed BSc AG, AFU Entrance examination 2077, scored more than 60 marks. This is an golden opportunity to study in Scholarship in private colleges and its totally free seats. Any student either from government or private school can apply for this seats if you have passed BSc Ag, AFU 2077 Entrance Exams. If you have not applied for admission in Private colleges but have passed entrance exams, then you are eligible to apply for these seats. 


VVI Note : To Apply for these, all the student who have passed entrance exam of BSc Ag AFU 2077 can apply. यो form भर्न को लागि Private college को form भरेको हुन पर्दैन, Private college मा admission गरेको or apply गरेको हुन नि पर्दैन . Entrance पास भएको सबैले apply गर्न पाउछन . तेसैले if you want to study in private college in paying seats then fill the form for private colleges but if you don't want to study in private college in paying and only want to study in free scholarship seats from MOE, then apply for this only. No need to fill the form in respective colleges. Be sure for this, I Confirmed with MOE in this matter. Also,  If you are already admitted in private college then also you can apply for this scholarship seats.


How the students are selected in these scholarship seats?
First of all, the students apply for the seats and after the date is over to apply, MOE Publishes Merit List of those students who have applied in these scholarship seats. Merit List will be based on your entrance exam score of BSc AG, AFU 2077 entrance exams. No another exam is taken for entrance exams. It is totally based on score you obtained in AFU 2077 Entrance exam. Then finally students are chosen from that merit list rank wise. There is only priority for government school students in Quota seats, not for normal seats in MOE Scholarship. So all students either from government or private school can apply for these seats. 
अगाडी rank भएको student ले college choose गर्न पाउछन scholarship मा भने पछाडी rank भएको student ले seat बाकी भएको college मा पढ्न पर्ने हुन्छ .  The full notice is available below, once read the full notice line by line before filling the form.

The merit list of MOE will be published in our App, keep checking daily inside Entrance Notices and Result section so that you won't miss any updates.



नेपाल सरकार
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, 
छात्रवृत्ति शाखा
केशरमहल काठमाण्डौं


प्रकाशित मितिः २०७८-०४-२६

विएस्सी (B.Sc. Agriculture) विषयमा नि:शुल्क अध्ययनका (छात्रवृत्तिमा) लागि दरखास्त माग सम्बन्धी अत्यन्त जरुरी सूचना:

कृषि तथा वनविज्ञान विश्वविद्यालय अन्तरगत देहायका कलेजहरूमा शैक्षिक सत्र २०७७/०७८ मा B.SC. Agriculture विषयको निशुल्क अध्ययनका लागि तीस सीट छात्रवृत्ति प्राप्त भएकोमा छात्रवृत्ति सम्बन्धी नियमावली २०६० अनुसार योग्यताक्रम कायम गर्नुपर्ने भएकोले देहायको योग्यता पूरा गरेका ईच्छुक नेपाली नागरिकहरूबाट छात्रवृत्ति शाखाको applyscholarship@moest.gov.np इमेलमार्फत दरखास्त आव्हान गरिएको छ । दरखास्त पठाउँदा एकजना उम्मेदवारले एकपटक मात्र इमेल गर्नुपर्ने छ । इमेल गर्दा सामान्य इमेज बनाएर फोल्डरमा जिप गरी पठाउनु पर्ने छ । दरखास्त पठाउनु अघि सबै कागजात दुरुस्त भएनभएको चेक गरेर मात्र गर्न अनुरोध गरिन्छ ।

१) दरखास्तका लागि अवश्यक न्यूनतम योग्यता
क) कृषि तथा वनविज्ञान विश्वविद्यालयले २०७७ सालमा सञ्चालन गरको स्नातक तहको प्रवेश परीक्षामा सहभागी भई उत्तीर्ण भएको हुनुपर्नेछ ।

ख) १. दरखास्तका लागि तोकिएको समूह तथा सिट : (कलेजगत)


ख) २ आरक्षित सिट संख्या निर्धारण


२) दरखास्त दिने म्याद: 
मिति २०७८ साल साउन २६ गतेदेखि २०७८ साल भाद्र १ गतेसम्म शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय छात्रवृत्ति शाखा, केशरमहलको इमेल applyscholarship@moest.gov.np मा आवश्यक कागजातहरू संलग्न गरी दरखास्त पठाउन सकिने छ । दरखास्तको नमूना यसैसाथ संलग्न छ ।
Application Form to submit :Click Here
(Note: Download this Application Form, Print it, fill it in the blanks in the form handwritten and scan it to Submit)


3) राजस्व सम्बन्धी व्यवस्थाः 
आवेदकहरूले राजस्व वापतको रकम रु १००० एक हजार राष्ट्रिय वाणिज्य बैङ्क काउन्टरमा कार्यालय कोड नं ३५०००३५०१ तथा राजश्व शीर्षक नं १४२२९ मा दाखिला गरी सोको भौचरको स्क्यान समेत संलग्न राखी छात्रवृत्ति शाखामा निवेदनसाथ पठाउनु पर्नेछ । भौचरको नमूना यसै सूचनाको पृष्ठ भागमा दिइएको छ ।

Sample of Bank Voucher for Payment to Apply in these seats:- Click Here


४) दरखास्त साथ Scan गरी संलग्न गर्नुपर्ने कागजातहरू
* पूर्ण रूपमा भरिएको आवेदन फाराम

* राजस्व बुझाएको भौचर

* नागरिकता प्रमाण पत्र

* कृषि तथा वनविज्ञान विश्वविद्यालयले सञ्चालन गरेको प्रवेश परीक्षाको रोल नम्बर Kank / Merit, विषय, १० + २ वा प्रमाणपत्र तह वा सो सरह उत्तीर्ण गरेको शैक्षिक योग्यताको Transcript, / SEE उत्तीर्ण गरेको मार्कसिट

* शैक्षिक योग्यता हासिल गरेको बोर्ड नेपाल बाहिरको भए सम्बन्धित बोर्डबाट जारी गरिएको transcript वा मार्कसिटका साथ पाठ्यक्रम विकास केन्द्रबाट प्रतिशत/ग्रेड खुलाएको समकक्षता पत्र समेतको Scan प्रति संलग्न गर्नुपर्ने छ ।

* नागरिकता र शैक्षिक योग्यताको प्रमाण पत्रमा नाम, थर जन्ममिति फरक भएमा एउटै व्यक्ति भएको सम्बन्धित जिल्ला प्रशासन कार्यालयको सिफारिस पत्रको स्क्यान प्रतिसमेत


Community Schoal Group सामुदायिक विद्यालय तर्फको आरक्षण समूह आरक्षणका लागि निवेदन दिन चाहने उम्मेदवारहरूले साधारण समूह का लागि तोकिएका कागजातका साथै निम्न कागजात समेत संलग्न गर्नुपर्नेछ ।
१) SLC उत्तीर्ण गरेको विद्यालय सामुदायिक सरकारी हो भनी सम्बन्धित स्थानीय निकाय वा शिक्षा समन्वय इकाइले प्रदान गरेको सिफारिस पत्र
[Sample 1
Sample Document 2 for government school - Click Here 
Sample Document 3 for government school - Click Here 

२) सम्बन्धित गाउँपालिका वा नगरपालिकाले विपन्नताको कारण खुलाइ छात्रवृत्ति सम्बन्धी नियमवली,२०६० को अनुसूची १ अनुरुपको ढाँचामा मिति २०७८ साल साउन २६ गते देखि दरखास्त फाराम भर्ने अन्तिम मिति २०७८ भाद्र १ गते सम्ममा जारी गरेको विपन्नताको सिफारिस पत्र । यो पत्र नभएमा दरखास्त आरक्षणतर्फ अस्वीकृत भई साधारण तर्फ तथा अन्य विद्यालय समूहतर्फ मात्र कायम हुने छ ।

विपन्नताको Document को ढाचा :- Click Here

३) आफू सम्बन्धित समुदायको व्यक्ति भएको प्रमाणित हुने गरी निम्न निकायबाट प्रदान गरेको सिफारिश पत्र ।

जनजातिको सिफारिस : आदिवासी जनजाति उत्थान राष्टिय प्रतिष्ठानबाट वा सम्बन्धित जिल्ला प्रशासन कार्यालय वा सम्बन्धित स्थानीय निकायबाट 
1. Janjati Quota:  Verification Letter/Certificate from Adibasi Janajati Rashtriya Mahasangh, Nepal or Local bodies (Metropolitan City/Sub-metropolitan City/Municipality or Rural Municipality). [Sample]

मधेशीको सिफारिसः जिल्ला प्रशासन कार्यालय वा सम्बन्धित स्थानीय निकायबाट दलितको सिफारिसः जिल्ला प्रशासन कार्यालय वा सम्बन्धित स्थानीय निकायबाट वा सम्बन्धित आधिकारिक निकायबाट जारी भएको परिचय पत्र पिछडिएको तथा दुर्गम क्षेत्र: दरखास्त दिने मितिसम्म तोकिएका सम्बन्धित जिल्लामा बसोबास गरेको सम्बन्धित स्थानीय निकायको प्रमाणित सिफारिस पत्र (बझाङ, बाजुरा, अछाम, जाजरकोट, हुम्ला, जुम्ला मुगु, कालिकोट र डोल्पा)

ग ) Other School Group अन्यविद्यालय तर्फको आरक्षण समूह
यस समूहमा दरखास्त पेस गर्ने उम्मेदवारहरुले माथि साधारण समूहका लागि तोकिएका कागजातका साथै आफू सम्बन्धित समुदायको व्यक्ति भएको प्रमाणित हुने गरी माथि बुदा नं ३ मा तोकिएको निकायको सिफारिस पत्रको सक्कल प्रति दरखास्तसाथ संलग्न हुनुपर्ने छ । सामुदायिक विद्यालय समूहमा उम्मेदवार नभएको अवस्थामा मात्र

यस समूहमा निवेदन दिने उम्मेदवारले अवसर प्राप्त गर्न सक्ने छ । सो पनि नभएको अवस्थामा छात्रवृत्ति सम्बन्धी नियमावलीबमोजिम सो आरक्षित सिट साधारण समूहमा रुपान्तरण गरी वितरण गरिने छ ।


४. योग्यताक्रमः
रितपूर्वक दरखास्त पेस गर्ने उम्मेदवारहरुले सम्बन्धित अध्ययन संस्थान वा संकायले सञ्चालन गरेको प्रवेश परीक्षामा प्राप्त गरेको प्राप्ताङ्क तथा Rank./Merit र आरक्षण सम्बन्धी कागज प्रमाण समेतको अधारमा नियमानुसार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले साधारण तथा आरक्षण समूहको योग्यताक्रम कायम गर्ने छ ।

पुनश्च: फारम भर्ने क्रममा कुनै समस्या भएमा मात्र शाखाको फोन नं ४४१८१६९ मा फोन गरी जानकारी लिन सकिने छ । दरखास्त पठाएको आधा घण्टा जतिपछि मात्र फोन गरी दरखास्त पुगेनपुगेको सुनिश्चित हुनुपर्ने छ । कृपया दरखास्त पठाउँदा आफ्नै इमेल वा अरूको प्रयोग गर्ने बाध्यता भए जवाफ आदानप्रदान हुने इमेलबाट पठाउनु पर्ने छ । आवश्यक पर्दा शाखाबाट फोन हुन सक्ने भएकाले आफूले प्रयोग गर्ने फोन स्पष्ट हुने गरी निवेदनमा उल्लेख गर्नु पर्ने छ ।

PDF File to Download available Below:-

1. Sample of Bank Voucher for Payment to Apply in these seats:- Click Here
2. Application Form to submit:Click Here
(Note: Download this Application Form, Print it, fill it in the blanks in the form handwritten and Submit it online in the email id: applyscholarship@moest.gov.np 
3. विपन्नताको Document को ढाचा:- Click Here
4. Janjati Quota:  Verification Letter/Certificate from Adibasi Janajati Rastriya Mahasangh, Nepal or Local bodies (Metropolitan City/Sub-metropolitan City/Municipality or Rural Municipality). [Sample]
5. Government School Proof Document: Verification Letter from District Education Office or Local bodies (Metropolitan City/Sub-metropolitan City/Municipality or Rural Municipality), mentioning that applicant's school is fully funded government school.  
[Sample 1
Sample Document 2 for government school - Click Here 
Sample Document 3 for government school - Click Here 



Previous Post Next Post