New App Notice!

Merit List of Interested Students for Studying BSc Forestry in Siddhanta Campus, Gaidakot, AFU under MOE, Nepal Government Scholarship Scheme Seats. (सिद्धान्त क्याम्पस गैडाकोट नवलपरासी (सुस्तापूर्व) मा वि‍एस्सी फरेष्ट्री B.Sc. Forestry विषयमा नि:शुल्क छात्रवृत्तिमा आवेदन दिएका उम्मेदवारहरूको योग्यताक्रम सूची प्रकाशन गरिएको)


नेपाल सरकार
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
छात्रवृत्ति शाखा
केशरमहल, काठमाण्डौं


प्रकाशित मिति: २०७८-०४-१८


सिद्धान्त क्याम्पस गैडाकोट नवलपरासी (सुस्तापूर्व) मा विएस्सी फरेष्ट्री (B.Sc. Forestry) विषयमा निःशुल्क छात्रवृत्तिमा आवेदन दिएका उम्मेदवारहरूको योग्यताक्रम सूची (Merit List) प्रकाशन गरिएको सम्वन्धी अत्यन्त जरुरी सूचना


शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालय प्राविधिक शिक्षा शाखा को च.नं. ०२ मिति २०७८-०४-०५ को प्राप्त पत्रानुसार नेपाल सरकारलाई कृषि तथा वनविज्ञान विश्वविद्यालयबाट सम्बन्धन प्राप्त सिद्धान्त क्याम्पस गैडाकोट नवलपरासी (सुस्तापूर्व) मा शैक्षिक बर्ष २०७७/०७८ का लागि स्नातक तहको BSc Forestry विषयमा ५ जना विद्यार्थी छात्रवृत्तिमा अध्ययनका लागि मनोनयन गर्न मिति २०७८ साउन ८ देखि २०७८ साल साउन १५ गतेसम्मको समयावधि दिई ईमेलमार्फत दरखास्त माग गरिएकोमा यस शाखाको इमेल applyscholarships@moest.gov.np बाट तोकिएको समयावधिभित्र दरखास्त प्राप्त भएका देहायअनुसारका उम्मेदवारहरूको सम्बन्धित विश्वविद्यालयले लिएको प्रवेश परीक्षाको अङ्क तथा निजहरुले दिएका निवेदनका आधारमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको मिति २०७८/०४/१८ गतेको निर्णयअनुसार देहायअनुसारको साधारण तथा समूहगत योग्यताक्रम सूची प्रकाशन गरिएको छ । 

प्रकाशित योग्यताक्रम सूचीउपर कुनै तथ्यगत दाविविरोध भएमा मात्र २०७८ साल साउन २१ गतेभित्र applyscholarshiplomoest.gov.np मार्फत दाविविरोध पठाउन सकिने छ । 

तोकिएको समयसीमाभित्र नआएका निवेदनहरू उपर कुनै कारवाही हुने छैन । तथ्यगत दाविविरोध एवम् प्राविधिक कारणले हुने हेरफेरबाहेक पूर्वमनोनयन यसै योग्यताक्रमसूचीको आधारमा हुने जानकारी गराइन्छ ।


Merit List of Interested Students is available below:


Previous Post Next Post