New App Notice!

Selected Students List and Further Notice for Selected Students in BSc Forestry, AFU Private College Scholarship Seats from MOE, Nepal Government.


नेपाल सरकार
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
छात्रवृत्ति शाखा
केशरमहल, काठमाण्डौ

प्रकाशित मिति: २०७८-०४-२४

सिद्धान्त क्याम्पस गैडाकोट नवलपरासी (सुस्तापूर्व) मा विएस्सी फरेष्ट्री (B.Sc. Forestry) विषयको छात्रवृत्तिमा पूर्वमनोनयन सूची प्रकाशन गरिएकोसम्बन्धी अत्यन्त जरुरी सूचना


नेपाल सरकारलाई कृषि तथा वन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त सिद्धान्त क्याम्पस गैडाकोट नवलपरासी (सुस्तापूर्व) मा शैक्षिक बर्ष २०७७/०७८ सालको लागि स्नातक तहको BSc Forestry विषयमा निशुल्क अध्ययनका लागि ५ जना विद्यार्थी छात्रवृत्तिमा छनौट गर्न लेखी आएकोमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको मिति २०७८ साल साउन १८ गतेको निर्णयअनुसार रीतपूर्वक योग्यताक्रम सूची प्रकाशन गरिएको र सो प्रकाशित योग्यता सूचीउपर तथ्यगत दाविविरोध नपरेकोले सोही सूचीका आधारमा साधारण तथा समूहगत रूपमा देहाय अनुसारको उम्मेदवारहरूलाई पूर्वमनोनयन गरी सूची प्रकाशन गरिएको छ । 

पूर्वमनोनयन भएका उम्मेदवारहरूका विषयमा कुनै तथ्यगत दाबि विरोध भएमा वेभसाइटमा सार्वजनिक भएको तीनदिनभित्र applyscholarship@moest.gov.np मार्फत पठाउन र पूर्वमनोनयनमा परेका उम्मेदवारले अध्ययनको लागि मञ्जुर भएको वा नभएको खुल्ने गरी लिखित निवेदन २०७८ साल साउन २६ गतेभित्र पठाउनु हुन जानकारी गराइन्छ ।

पूर्वमनोनयन गरिएका उम्मेदवारहरू

निर्धारित समयभित्र माग भएको कागजात प्राप्त नभएमा अन्तिम मनोनयनमा वैकल्पिक स्थानमा रहेका उम्मेदवारलाई अवसर दिइने छ । आफूले पठाएको निवेदन छात्रवृत्ति शाखामा प्राप्त भएनभएको सम्बन्धमा यकिन गर्न कार्यालय खुलेपछि ४४१८१६९ मा सम्पर्क गर्न सकिने छ ।





Previous Post Next Post