New App Notice!

Notice for Selected Students in BSc AG AFU Private College MOE Scholarship Seats for filling Agreement Paper and Further Admission Process.


नेपाल सरकार
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
छात्रवृत्ति शाखा
केशरमहल, काठमाण्डौं

प्रकाशित मिति: २०७८-०५-२०


कृषि तथा वनविज्ञान विश्वविद्यालय रामपुर अन्तर्गतका कलेजहरूमा बिएस्सी (B.Sc. Agriculture) विषयमा नि:शुल्क छात्रवृत्तिमा मनोनयनका लागि दरखास्त दिएका उम्मेदवारहरूको मनोनयनसूची प्रकाशन गरिएको सम्बन्धी अत्यन्त जरुरी सुचना

शैक्षिक सत्र २०७७/०७८ मा कृषि तथा वनविज्ञान विश्वविद्यालय रामपुरबाट सम्बन्धन प्राप्त कलेजहरूमा रामनगर टेक्निकल एण्ड मेनेजमेन्ट कलेज, सुनवल. २, भुमही, नवलपरासी, जीविका कृषिविज्ञान क्याम्पस, इटहरी १, सुनसरी, भ्याली कृषि क्याम्पस, गोदावरी ११, ललितपुर, ब्राइट मध्यपश्चिम कृषि तथा वन विज्ञान क्याम्पस बीरेन्द्रनगर, सुर्खेत, गोर्खा पोलिटेक्निक कलेज एण्ड रिसर्च सेन्टर, बैजनाथ ४, बाँके र पूर्वाञ्चल कृषि क्याम्पस गौरादह, झापा, शैक्षिक बर्ष २०७७/०७८ सालको लागि स्नातक तहको BSc Agriculture विषयमा निशुल्क अध्ययनका लागि ३० जना विद्यार्थी मनोनयन गरी पठाउने सिलसिलामा २०७८ साल भाद्र १६ गते पूर्वमनोनयन सूची प्रकाशन गरिएकोमा केही उम्मेदवारहरूले अध्ययन असमर्थता जनाएकाले निजहरूको अध्ययन असमर्थताको निवेदन स्वीकृत गरी निकटतम वैकल्पिक उम्मेदवारहरूलाई समावेश गरिएको देहायअनुसारको नोनयन सूची शिक्षा विज्ञान प्रविधि मन्त्रालयको २०७५ साल भाद्र गतेको निर्णयअनुसार प्रकाशन गरिएको छ।

Also, the Course may have been already completed in AFU Private Colleges for your 1st Semester till now. The Board Exam form will open soon for the 1st Semester. You may have to Appear Board exam without many classes and preparation. 
So Visit This Link for AFU 1st Semester All Subjects Notes, Practical Files, and Past Question Papers. You can get this for All semesters of AFU. Visit inside the Practical File and Assignment section on the Homepage of the help For Ag App and then go to your Semester for the notes.

AFU 1st Semester All Subjects Notes, Practical Files, and Past Exam Question Papers: Click Here


The selected Students List is available below.




मनोनयन भएका उम्मेदवारहरूले यसै सूचनासाथ संलग्न कबुलियतनामा (Agreement Paper) भरी मिति २०७८ भाद्र २३ गतेभित्र अनिवार्य रूपमा applyscholarship@moest.gov.np मार्फत पठाउन सूचित गरिन्छ । 

Download Agreement Paper PDF File: Click Here


A sample of the Agreement Paper is available below.

साथै यस अघि पूर्वमनोनयनमा समावेश नभई वैकल्पिक उम्मेदवारको रूपमा हाल मनोनयन परेका उम्मेदवारले अध्ययन असमर्थताको निवेदन पठाउन चाहेमा २०७८ साल भाद्र २२ गतेभित्र पठाइसक्नु पर्ने छ । आफूले पठाएका निवेदन छात्रवृत्ति शाखामा पुगेनपुगेको सम्बन्धमा कार्यालय खोलेपछि ४४१८१६९ मा सम्पर्क गरी जानकारी लिन सकिने छ । 

मनोनयन भएको सूचना प्रकाशन भएपछि विद्यार्थीहरूले सम्बन्धित कलेजमा सम्पर्क राख्न पर्ने छ र सम्बन्धित कलेजले पनि मनोनयन भएका विद्यार्थीहरू कलेजमा सम्पर्क राखे नराखेको सम्बन्धमा जानकारी गराउनु पर्ने छ ।

Also, Visit This Link for AFU All Private Colleges Contact Number and Address: Click Here

मनोनयन परेका उम्मेदवारले मनोनयन सम्बन्धी प्रमाणपत्र लिन आउँदा आफूले गरेको कबुलियतनामाको सक्कलप्रति साथै लिएर आउनु पर्ने छ ।


Download the Full Notice PDF File: Click Here


Previous Post Next Post