New App Notice!

Selected Students List and Further Process Notice for BSc Ag Private College Scholarship seats from MOE, Nepal Government in AFU 2077-78 Batch.


नेपाल सरकार
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
छात्रवृत्ति शाखा, केशरमहल, काठमाण्डौं

प्रकाशित मितिः २०७८-०५-१६


कृषि तथा वनविज्ञान विश्वविद्यालय रामपुर अन्तर्गतका कलेजहरूमा विएस्सी (B.Sc. Agriculture) विषयमा नि:शुल्क छात्रवृत्तिमा मनोनयनका लागि दरखास्त दिएका उम्मेदवारहरूको पूर्वमनोनयनसूची प्रकाशन गरिएको सम्बन्धी अत्यन्त जरुरी सचना

कृषि तथा वनविज्ञान विश्वविद्यालय रामपुरबाट सम्बन्धन प्राप्त कलेजहरूमा (रामनगर टेक्निकल एण्ड मेनेजमेन्ट कलेज, सुनवल. २, भुमही, नवलपरासी, जीविका कृषिविज्ञान क्याम्पस, इटहरी १, सुनसरी, भ्याली कृषि क्याम्पस, गोदावरी ११, ललितपुर, ब्राइट मध्यपश्चिम कृषि तथा वन विज्ञान क्याम्पस वीरेन्द्रनगर, सुर्खेत, गोर्खा पोलिटेक्निक कलेज एण्ड रिसर्च सेन्टर, बैजनाथ-४, बाँके र पूर्वाञ्चल कृषि क्याम्पस गौरादह, झापा) शैक्षिक बर्ष २०७७/०७८ सालको लागि स्नातक तहको BSc Agriculture विषयमा निशुल्क अध्ययनका लागि ३० जना विद्यार्थी मनोनयन गरी पठाउने सिलसिलामा २०७८ साल साउन २६ गतेदेखि २०७८ साल भाद्र १ गतेसम्मको समयावधि दिएर माग गरिएको दरखास्त तथा मन्त्रालयकै २०७८ साल भाद्र ४ गतेको निर्णयअनुसार प्रकाशित सूचना र तत्पश्चात प्राविधिक कारणले छुट भएकाहरूलाई प्रमाणसहित पठाउन गरिएको सूचनाको आधारमा प्राप्त भएका दरखास्तसमेत संलग्न गरी २०७८ साल भाद्र १३ गतेको मन्त्रालयको निर्णयअनुसार योग्यताक्रम सूची प्रकाशन भएको विदितै छ । 

सोही योग्यताक्रम सूची तथा सम्बन्धित उम्मेदवारले भरेका कलेज प्राथमिकता क्रम समेतका आधारमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको २०७८ साल भाद्र १६ गतेको निर्णयअनुसार देहायका उम्मेदवारहरूलाई पूर्वमनोनयन गरिएको छ । 

Selected Student's List for Admission is available below.




पूर्वमनोनयनमा परेका उम्मेदवारले अध्ययन गर्न इच्छुक भएको निवेदन (क) वा इच्छुक नभएको बेहोरा स्पष्ट हुने निवेदन (ख) गरी यसै साथ संलग्न निवेदन २०७८ साल भाद्र १८ गतेभित्र छात्रवृत्ति शाखाको इमेल applyscholarship@moest.gov.np मार्फत अनिवार्य रूपमा पठाउन अनुरोध गरिन्छ । 

Application 1 for Interested Students to Read: Click Here
Application 2 for Not-Interested to Cancel the Selection Process: Click Here




साथै प्रकाशित पूर्वमनोनयन सूचीउपर कुनै तथ्यगत दाविविरोध भए २०७८ साल भाद्र १७ गतेभित्र सोही इमेल मार्फत निवेदन पठाउन सकिने छ । पूर्वमनोनयनमा परेका उम्मेदवारले अध्ययन समर्थ भनी निवेदन पठाएपछि अन्तिम मनोनयन हुने छ । 

अन्तिम मनोनयन भएपछि सिफारिस भएको अध्ययन गर्न अनिच्छुक हुन नपाइने बेहोरा यसैबाट जानकारी गराइन्छ । पूर्वमनोनयनमा परेका उम्मेदवारले निर्धारित मितिभित्र तोकिएको निवेदन नपठाएमा निकटतम वैकल्पिक उम्मेदवारलाई मनोनयन गरिने छ । आफूले पठाएका निवेदन छात्रवृत्ति शाखामा पुगेनपुगेको सम्बन्धमा कार्यालय खोलेपछि ४४१८१६९ मा सम्पर्क गरी जानकारी लिन सकिने छ ।


To download the PDF File of the Notice: Click Here


Previous Post Next Post