New App Notice!

BSc Ag 2078 MOE Nepal Government Scholarship Seats Notice for AFU Affiliated Private Colleges


नेपाल सरकार
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
छात्रवृत्ति शाखा
केशरमहल, काठमाण्डौं

प्रकाशित मितिः २०७८-११-२६


विएस्सी कृषि (B.Sc. Agriculture) विषयमा नि:शुल्क अध्ययनका (छात्रवृत्तिमा) लागि दरखास्त माग सम्वन्धी अत्यन्त जरुरी सूचनाः


कृषि तथा वनविज्ञान विश्वविद्यालय, रामपुर अन्तरगत देहायका कलेजहरूमा शैक्षिक सत्र २०७८/०७९ मा B.SC. Agriculture विषयको निशुल्क अध्ययनका लागि तीस सीट छात्रवृत्ति प्राप्त भएकोमा छात्रवृत्ति सम्बन्धी नियमावली २०६० अनुसार योग्यताक्रम कायम गर्नुपर्ने भएकोले देहायको योग्यता पूरा गरेका ईच्छुक नेपाली नागरिकहरूबाट शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, केशरमहल काठमाण्डौंमा दरखास्त दिनुहुन यो सूचना प्रकाशन गरिएको छ । दरखास्तको नमुना यसैसाथ संलग्न गरिएको छ ।


NOTE: All the students either from Government schools or Private schools can apply for these scholarship Seats. you do not need to get admitted to Private Colleges of AFU for Applying for these seats.  All the students who passed BSc Ag AFU 2078 Entrance exams can apply for these seats.
You need to submit the documents manually, no ONLINE Submission.


दरखास्त दिने उम्मेदवारले आवश्यक सम्पूर्ण कागजात संलग्न गर्नुपर्ने छ ।

१) दरखास्तका लागि अवश्यक न्यूनतम योग्यता
क) कृषि तथा वनविज्ञान विश्वविद्यालयले २०७८ सालमा सञ्चालन गरको स्नातक तहको प्रवेश परीक्षामा सहभागी भई उत्तीर्ण भएको हुनुपर्नेछ ।


ख) १. दरखास्तका लागि तोकिएको समूह तथा सिट : (कलेजगत)




ख २ आरक्षित सिट संख्या निर्धारण
Total Seats: 30, Open Seats: 17, Reserved Seats: 13.


२) दरखास्त दिने म्यादः
मिति २०७८ साल फागुन २७ गतेदेखि २०७८ साल चैत्र ७ गतेसम्म शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय छात्रवृत्ति शाखा, केशरमहलमा आवश्यक कागजातहरू संलग्न गरी दरखास्त दिन सकिने छ ।
दरखास्तको नमूना यसैसाथ संलग्न छ ।
 
CLICK HERE to Download Sample of Application.


3) राजस्व सम्बन्धी व्यवस्थाः
आवेदकहरूले राजस्व वापतको रकम रु १००० एक हजार राष्ट्रिय वाणिज्य बैङ्क काउन्टरमा कार्यालय कोड नं ३५०००३५०१ तथा राजश्व शीर्षक नं १४२२९ मा दाखिला गरी सोको भौचरकोसमेत आवेदनसाथ संलग्न
गर्नु पर्नेछ ।
भौचरको नमूना यसै सूचनाको पृष्ठ भागमा दिइएको छ ।

CLICK HERE to Download Sample of Bank Voucher


४) दरखास्त साथ पेश गर्नुपर्ने कागजातहरू
* पूर्ण रूपमा भरिएको आवेदन फाराम
* राजस्व बुझाएको सक्कल भौचर
* नागरिकता प्रमाण पत्रको प्रतिलिपि
* कृषि तथा वनविज्ञान विश्वविद्यालय, रामपुरले २०७८ सालमा सञ्चालन गरेको प्रवेश परीक्षाको रोल नम्बर Rank / Merit, विषय,
१०-२ वा प्रमाणपत्र तह वा सो सरह उत्तीर्ण गरेको शैक्षिक योग्यताको Transcript र SEE/SLC उत्तीर्ण गरेको मार्कसिट
शैक्षिक योग्यता हासिल गरेको बोर्ड नेपाल बाहिरको भए सम्बन्धित बोर्डबाट जारी गरिएको transcript वा मार्कसिटका साथ पाठ्यक्रम विकास केन्द्रबाट प्रतिशत/ग्रेड खुलाएको समकक्षता पत्रको प्रतिलिपि समेत संलग्न गर्नुपर्ने छ ।
* नागरिकता र शैक्षिक योग्यताको प्रमाण पत्रमा नाम, थर जन्ममिति फरक भएमा एउटै व्यक्ति भएको सम्बन्धित जिल्ला प्रशासन कार्यालयको सिफारिस पत्रको प्रतिसमेत संलग्न गर्नुपर्ने छ ।


ख Community School Group सामुदायिक विद्यालय तर्फको आरक्षण समूह

आरक्षणका लागि निवेदन दिन योग्यता पुगेका उम्मेदवारहरूले साधारण समूहको लागि तोकिएका कागजातका साथै निम्न कागजात समेत संलग्न गर्नुपर्नेछ ।

१) SLC/SEE उत्तीर्ण गरेको विद्यालय सामुदायिक सरकारी हो भनी सम्बन्धित स्थानीय निकाय वा शिक्षा समन्वय इकाइले प्रदान गरेको सिफारिस पत्र

२) सम्बन्धित गाउँपालिका वा नगरपालिकाले विपन्नताको कारण खुलाइ छात्रवृत्ति सम्बन्धी नियमवली,२०६० को अनुसूची १ अनुरुपको ढाँचामा मिति २०७८ साल फागुन २७ गते देखि दरखास्त फाराम भर्ने अन्तिम मिति २०७८ चैत्र ७ गते सम्ममा जारी गरेको विपन्नताको सिफारिस पत्र ।
यो पत्र नभएमा दरखास्त आरक्षणतर्फ अस्वीकृत भई साधारण तर्फ तथा अन्य विद्यालय समूहतर्फ मात्र कायम हुने छ ।

CLICK HERE to Download Sample of Bipannata Document.


३) आफू सम्बन्धित समुदायको व्यक्ति भएको प्रमाणित हुने गरी निम्न निकायबाट प्रदान गरेको सिफारिश पत्र
  • जनजातिको सिफारिस : आदिवासी जनजाति उत्थान राष्टिय प्रतिष्ठानबाट वा सम्बन्धित जिल्ला प्रशासन कार्यालय वा सम्बन्धित स्थानीय निकायबाट
  • मधेशीको सिफारिसः जिल्ला प्रशासन कार्यालय वा सम्बन्धित स्थानीय निकायबाट
  • दलितको सिफारिसः जिल्ला प्रशासन कार्यालय वा सम्बन्धित स्थानीय निकायबाट वा सम्बन्धित आधिकारिक निकायबाट जारी भएको परिचय पत्र
  • पिछडिएको तथा दुर्गम क्षेत्रः दरखास्त दिने मितिसम्म तोकिएका सम्बन्धित जिल्लामा बसोबास गरेको सम्बन्धित स्थानीय निकायको प्रमाणित सिफारिस पत्र (बझाङ, बाजुरा, अछाम, जाजरकोट, हुम्ला, जुम्ला मुगु, कालिकोट र डोल्पा)

ग ) Other School Group अन्यविद्यालय तर्फको आरक्षण समूह
यस समूहमा दरखास्त पेस गर्ने उम्मेदवारहरुले माथि साधारण समूहका लागि तोकिएका कागजातका साथै आफू सम्बन्धित समुदायको व्यक्ति भएको प्रमाणित हुने गरी माथि बुदा नं ३ मा तोकिएको निकायको सिफारिस पत्रको सक्कल प्रति दरखास्तसाथ संलग्न हुनुपर्ने छ।
सामुदायिक विद्यालय समूहमा उम्मेदवार नभएको अवस्थामा मात्र यस समूहमा निवेदन दिने उम्मेदवारले अवसर प्राप्त गर्न सक्ने छ।
सो पनि नभएको अवस्थामा छात्रवृत्ति सम्बन्धी नियमावलीबमोजिम सो आरक्षित सिट साधारण समूहमा रुपान्तरण गरी वितरण गरिने छ ।


४. योग्यताक्रमः
रितपूर्वक दरखास्त पेस गर्ने उम्मेदवारहरुले सम्बन्धित अध्ययन संस्थान वा संकायले सञ्चालन गरेको प्रवेश परीक्षामा प्राप्त गरेको प्राप्ताङ्क तथा Rank/Merit र आरक्षण सम्बन्धी कागज प्रमाण समेतको अधारमा नियमानुसार शिक्षा ,विज्ञान तथा प्रविधि मन्त्रालयले साधारण तथा आरक्षण समूहको योग्यताक्रम कायम गर्ने छ ।

पुनश्चः फारम भर्ने क्रममा कुनै समस्या भएमा मात्र शाखाको फोन नं ४४१८१६९ मा फोन गरी जानकारी लिन सकिने छ ।
आवश्यक पर्दा शाखाबाट फोन हुन सक्ने भएकाले आफूले प्रयोग गर्ने फोन स्पष्ट हुने गरी निवेदनमा उल्लेख
गर्नु पर्ने छ ।
आवेदन फारम भर्दा अनिवार्य रूपमा कलेजको प्राथमिकताक्रम राख्नुपर्ने छ ।

Previous Post Next Post