New App Notice!

BSc Forestry MOE Nepal Government Scholarship Notice for Siddhanta Campus, AFU Affiliated Private College 2078.


नेपाल सरकार
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
छात्रवृत्ति शाखा केशरमहल, काठमाण्डौं


प्रकाशित मितिः २०७८-११-२७


विएस्सी फरेष्ट्री (B.Sc.Forestry) विषयमा सिद्धान्त क्याम्पस प्रा.लि. गैंडाकोटमा नि:शुल्क (छात्रवृत्तिमा) अध्ययन गर्न इच्छुक उम्मेदवारहरूका लागि दरखास्त आह्वान गरिएकोसम्बन्धी अत्यन्त जरुरी सूचनाः

कृषि तथा वनविज्ञान विश्वविद्यालय अन्तरगत सिद्धान्त क्याम्पस गैडाकोट नवलपरासी (सुस्तापूर्व) मा शैक्षिक सत्र २०७८/०७९ का लागि B.Sc. Forestry विषयमा अध्ययनका लागि ५ सीट छात्रवृत्ति प्राप्त भएकोमा प्राप्त टामा छात्रवृत्ति सम्बन्धी नियमावली २०६० अनुसार योग्यताक्रम कायम गर्नुपर्ने भएकोले देहायको योग्यता पूरा गरेका ईच्छुक नेपाली नागरिकहरूबाट यस छात्रवृत्ति शाखामा तोकिएका आवश्यक कागजातसहित तोकिएको म्यादभित्र रीतपूर्वक दरखास्त आव्हान गरिएको छ ।

NOTE: All the students either from Government schools or Private schools can apply for these scholarship Seats. you do not need to get admitted to the Private College of AFU for Applying for these seats. All the students who passed BSc Forestry AFU 2078 Entrance exams can apply for these seats.
You need to submit the documents manually, no ONLINE Submission.


१) दरखास्तका लागि अवश्यक न्यूनतम योग्यता
क) कृषि तथा वनविज्ञान विश्वविद्यालयले २०७८ सालमा सञ्चालन गरको स्नातक तहको प्रवेश परीक्षामा सहभागी भई उत्तीर्ण भएको हुनुपर्नेछ ।


ख) दरखास्तका लागि तोकिएको समूह तथा सिट
ख १. साधारण समूहमा ३ सिट
ख २. आरक्षण समूहः महिला १ र जनजाति १
Total: 5 Seats.


२) दरखास्त दिने म्यादः मिति २०७८ साल फागुन २९ गतेदेखि २०७८ साल चैत्र ८ गतेसम्म शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय छात्रवृत्ति शाखा, केशरमहलमा दरखास्त पेश गर्न सकिने छ ।
दरखास्त नमूना यसै साथ संलग्न छ ।

CLICK HERE for Sample of Application.
You can download this sample, print it, fill it and submit it.


३) राजस्व सम्बन्धी व्यवस्थाः (Fee Payment for Applying) आवेदकहरूले राजस्व वापतको रकम रु १०००।- (एक हजार) राष्ट्रिय वाणिज्य बैङ्क काउन्टरमा कार्यालय कोड नं ३५०००३५०१ तथा राजश्व शीर्षक नं १४२२९ मा दाखिला गरी सोको सक्कल भौचरसमेत संलग्न राखी छात्रवृत्ति शाखामा निवेदनसाथ पेश गर्नुपर्ने छ । भौचरको नमूना यसै सूचनाको पृष्ठ भागमा दिइएको छ ।

CLICK HERE to Download Sample of Bank Voucher


४) दरखास्त साथ पेश गर्नुपर्ने कागजातहरू
* पूर्ण रूपमा भरिएको आवेदन फाराम
* राजस्व बुझाएको सक्कल भौचर
* नागरिकता प्रमाण पत्रको प्रतिलिपि
* कृषि तथा वनविज्ञान विश्वविद्यालयले सञ्चालन गरेको प्रवेश परीक्षाको रोल नम्बर Rank / Merit, विषय, १०+२ वा प्रमाणपत्र तह वा सो सरह उत्तीर्ण गरेको शैक्षिक योग्यताको Transcript, र SEE/SLC परीक्षाको मार्कसिट
* शैक्षिक योग्यता हासिल गरेको बोर्ड नेपाल बाहिरको भए सम्बन्धित बोर्डबाट जारी गरिएको समकक्षता पत्र समेत
* नागरिकता र शैक्षिक योग्यताको प्रमाण पत्रमा नाम थर जन्ममिति फरक भएमा एउटै व्यक्ति भएको सम्बन्धित जिल्ला प्रशासन कार्यालयको सिफारिस पत्र


ख Community School Group सामुदायिक विद्यालय तर्फको आरक्षण समूह
विपन्नताको सिफारिस, सरकारी विद्यालय सम्बन्धी सिफारिस र आरक्षित समूह सम्बन्धी प्रमाण समेत ३ वटै प्रमाण पेश गर्नसक्ने उम्मेदवारहरू मात्र सामुदायिक विद्यालय समूहमा पर्ने हुनाले यस्ता समूहमा दरखास्त दिन इच्छुक उम्मेदवारले यी तीनै कागजात दरखास्त साथ पेश गर्नुपर्ने छ ।
साधारण समूह का लागि तोकिएका कागजातका साथै निम्न कागजात समेत पेश गर्नुपर्ने छ ।

१) SLC/SEE उत्तीर्ण गरेको विद्यालय सामुदायिक सरकारी हो भनी सम्बन्धित स्थानीय निकाय वा शिक्षा समन्वय इकाइले प्रदान गरेको सिफारिस पत्रको प्रतिलिपि

२) सम्बन्धित गाउँपालिका, नगर उपमहानगर महानगरपालिकाले विपन्नताको कारण खुलाइ छात्रवृत्ति सम्बन्धी
नियमवली, २०६० को अनुसूची १ अनुरुपको ढाँचामा मिति २०७८ साल फागुन २९ गते देखि दरखास्त फाराम भर्ने अन्तिम मिति २०७८ चैत्र ८ गतेसम्ममा जारी गरेको विपन्नताको सफारिस पत्र ।

CLICK HERE to Download Sample of Bipannata Document.

३) आफू सम्बन्धित समुदायको व्यक्ति भएको प्रमाणित हुने गरी निम्न निकायबाट प्रदान गरेको सिफारिश पत्र ।
जनजातिको सिफारिस : आदिवासी जनजाति उत्थान राष्टिय प्रतिष्ठानबाट वा सम्बन्धित जिल्ला प्रशासन कार्यालय वा सम्बन्धित स्थानीय निकायबाट


ग ) Other School Group अन्यविद्यालय तर्फको आरक्षण समूह
यस समूहमा दरखास्त पेस गर्ने उम्मेदवारहरुले माथि general Group साधारण समूहका लागि तोकिएका कागजातका साथै आफू सम्बन्धित समुदायको व्यक्ति भएको प्रमाणित हुने गरी माथि बुदा नं ३ मा तोकिएको निकायको सिफारिस पत्रको प्रतिलिपि संलग्न गर्नुपर्ने छ ।


५. योग्यताक्रमः
रितपूर्वक दरखास्त पेस गर्ने उम्मेदवारहरुले सम्बन्धित अध्ययन संस्थान वा संकायले सञ्चालन गरेको प्रवेश परीक्षामा प्राप्त गरेको प्राप्ताङ्क तथा Rank/Merit र आरक्षण सम्बन्धी कागज प्रमाणसमेतको आधारमा नियमानुसार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले साधारण तथा आरक्षण समूहको योग्यताक्रम कायम गर्ने छ । 
आरक्षणका लागि तोकिएका कागजात पेश नभएमा आवेदन स्वतः साधारण तर्फ मात्र भएको मानिने छ ।शर्तमा कुनै दरखास्त दर्ता गरिने छैन ।


६. अन्य विद्यालय समूहले पाउने अवसरः
आरक्षण गरिएको स्थानमा सामुदायिक विद्यालयबाट प्रवेशिका परीक्षा उत्तीर्ण गरी माथि उल्लेख गरिएका कागजात पेश गरेका उम्मेदवारहरूलाई पहिलो प्राथमिकता दिइने छ । 
सामुदायिक समूहमा कुनै पनि
उम्मेदवार नभएको अवस्थामा मात्र नेपाल भित्रका अन्य विद्यालयबाट प्रवेशिका परीक्षा उत्तीर्ण गरेका सोही समुदायका व्यक्त्तिलाई आरक्षित स्थान प्रदान गरिने छ । सो पनि नभएको अवस्थामा छात्रवृत्ति सम्बन्धी नियमावलीबमोजिम सो आरक्षित सिट साधारण समूहमा रुपान्तरण गरी वितरण गरिने छ ।


पुनश्चः फारम भर्ने क्रममा कुनै समस्या भएमा मात्र शाखाको फोन नं ४४१८१६९ मा फोन गरी जानकारी लिन सकिने छ ।
दरखास्तमा कुनै समस्या देखिएर कार्यालयबाट फोन हुन सक्ने भएकाले उम्मेदवारले आफूले उठाउने फोन नम्बर दरखास्तमा उल्लेख गर्नुपर्ने छ ।
म्याद नाघिसकेपछि आउने दरखास्त र गुनासोलाई स्थान दिइने छैन ।
Previous Post Next Post