New App Notice!

BSC Ag, IAAS, TU 2078 Entrance Form UPDATED Notice.


त्रिभुवन विश्वविद्यालय
कृषि र पशु विज्ञान अध्ययन संस्थान
डीनको कार्यालय
कीर्तिपुर, काठमाडौं



कृषि/वागवानी (B.Sc. Ag./Hort.) स्नातक तहमा विद्यार्थी भर्ना सम्बन्धी थप सूचना


प्रकाशित मितिः २०७८-१२-०७

कृषि/वागवानी (B.Sc.Ag./Hort.) स्नातक तहको विद्यार्थी भर्ना सम्बन्धी मिति २०७८/११/१८ गते प्रकाशित सूचनाको बुदा नं २ मा आवश्यक न्यूनतम शैक्षिक योग्यता आई.एस्सी. वा आई.एस्सी. (विज्ञान/कृषि/पशु/वन) १०+२ वा १०+२ (कृषि) वा सो सरहको तहमा अंग्रेजी, केमेष्ट्री, वायोलोजी, गणित र फिजिक्स विषय अध्ययन गरी कुल प्राप्ताङ्कको ५०% (पचास प्रतिशत) अङ्क वा Letter Grading System अन्तर्गत भए Aggregate मा C' वा CGPA/GPA 2.4 प्राप्त गरी उत्तिर्ण भएको हुनुपर्नेछ र गणित/वायोलोजी विषयको Marks Transcript मा उल्लेख नगरेको भए उक्त विषय पढेको थप मार्कसिट upload गर्नु पर्नेछ साथै थप मार्कसिटमा प्रतिशत भए ५०% र Letter Grading भए C+ हुनु पर्नेछ भनिएकोमा मिति २०७८/१२/०६ गतेको भर्ना समितिको निर्णय वमोजिम Transcript को Aggregate मा C वा CGPA/GPA 2.4 नै प्राप्त गरेको हुनु पर्ने तर Transcript मा उल्लेख नभएको र न्यूनतम मापदण्डका विषयहरुको प्राप्ताङ्क C वा सो सरह प्राप्त गर्नेले पनि फारम भर्न पाउने निर्णय भएको व्यहोरा सम्बन्धीत सबैमा जानकारी गरिन्छ।



Previous Post Next Post