New App Notice!

BSc Forestry, AFU 2078 5th Counselling Notice for Remaining Seats.


कृषि तथा वन विज्ञान विश्वविद्यालय
वन विज्ञान संकाय
डीनको कार्यालय
हेटौंडा, मकवानपुर

मिति: २०७८-११-२९

शैक्षिक सत्र २०७८-२०८२ मा यस वन विज्ञान संकाय, हेटौडा & मकवानपुर र प्राकृतिक स्रोत व्यवस्थापन कलेज, कटारी-उदयपुरमा सञ्चालन हुने वन विज्ञान स्नातक (B.Sc. Forestry) तहमा अध्ययनार्थ मिति २०७८-११-२९ गते सञ्चालित चौथो Counselling बाट भर्ना भएको आधारमा प्राकृतिक स्रोत व्यवस्थापन कलेज, कटारी, उदयपुर तर्फ UDF कोटामा निम्न अनुसार सिट संख्या रिक्त रहेको जानकारी गराईन्छ ।

पिछडिएको क्षेत्र-१, अपाङ्ग-१, द्वन्दपिडित-१ र स्टाफ (सहुलियत)-१ गरी ४ सिटमा आवेदक भर्ना
नभएकोले UDF कोटामा थप गरिएको ।

साथै आगामी Counselling कार्यक्रम निम्न उल्लेखित विवरण अनुसार हुनेछ ।
मिति: २०७८-१२-0२,
मेरिट क्रम: ३७१-४००,
स्थान: वन विज्ञान संकाय, हेटौडाको सेमिनार हल

भर्ना हुन आउँदा आफूले प्राप्त गरेका शैक्षिक योग्यताको प्रमाणपत्र, लब्धाङ्कपत्र, चारित्रिक प्रमाणपत्र, नेपाली
नागरिकताको प्रमाणपत्र, मूल प्रमाणपत्र वा अस्थायी प्रमाणपत्र (Provisional Certificate) हरु,
स्थानान्तरण प्रमाणपत्र (Migration Certificate) को सक्कल तथा प्रतिलिपिहरु (२ प्रति) समेत
अनिवार्य रुपमा बुझाउनु पर्नेछ ।

Counselling कार्यक्रम तोकिएको दिनको विहानको ठीक ११:०० बजे हुने हुँदा उक्त समय भन्दा अगाडी आफूले ल्याएका उल्लेखित प्रमाणपत्रहरु रुजु गराई Counselling कक्ष भित्र प्रवेश गरि सक्नु पर्नेछ ।
अन्यथा, यस वन विज्ञान संकाय भर्नाको लागि जवाफदेही हुने छैन ।

साथै शैक्षिक योग्यताका प्रमाणपत्रहरु लगायत अन्य आवश्यक कागजपत्रहरु एवं आवश्यक भर्ना शुल्क
अपुग भएको अवस्थामा यस संकाय सम्बन्धित विद्यार्थीहरुलाई भर्ना गर्न बाध्य हुने छैन ।

Previous Post Next Post