New App Notice!

Candidates Selected for Campus Priority Selection: B.Sc. Forestry, IOF, TU Notice 2078


त्रिभुवन विश्वविद्यालय
वन विज्ञान अध्ययन संस्थान
डीनको कार्यालय
कीर्तिपुर, काठमाडौं नेपाल


मिति: २०७८-११-२५


स्नातक तह भर्ना समिति पोखरा स्नातक तह (शैक्षिक सत्र २०७८-०८२) मा भर्नाको लागि छानिएका परीक्षार्थीहरूले क्याम्पस छनौट गर्ने सम्बन्धी सूचना


यस वन विज्ञान अध्ययन संस्थानको शैक्षिक सत्र २०७८।०८२ स्नातक तह फरेष्ट्रिमा अध्ययन गर्न आवेदन दिएका उम्मेदवारहरु मध्ये मिति २०७८।११।२१ गते शनिवारका दिन लिइएको प्रवेश परीक्षाको प्रकाशित नतिजाको योग्यताक्रम मध्येवाट साधारण सीट र साधारण समावेशी सिटहरुमा भर्नाको लागि क्याम्पस छनौट गर्न नामावली प्रकाशित गरिएको छ ।


Selected Students List for Campus Selection is available below in the photos:


क्याम्पस छनौटको लागि छानिएका उम्मेदवारले मिति २०७८-१-२९ गते भित्रमा रु.१००।- भुक्तानी गरी आफूले अध्ययन गर्न चाहेको क्याम्पसको प्राथमिकता छनौट गरी तोकिएको ढाँचामा निवेदन दिनु पर्नेछ ।


Sample of Application is available below for Scholarship Seats and Paying Seats:
a. Sample for Scholarship Seats: Click Here
b. Sample for Paying Seats: Click Here


क्यापिटेशन सीट (Paying Seats) र क्यापिटेशन समावेसी (Quota Paying Seats) सीटमा अध्ययन गर्न इच्छुकहरुले मिति २०७८ साल चैत्र १४ गते भित्र तोकिएको फर्म भरी रु.१००।- भुक्तानी सहित निवेदन दिनु पर्नेछ ।

उक्त मिति भित्र क्याम्पस छनौटको निवेदन प्राप्त हुन नसकेमा अर्को व्यवस्था गरिने छैन । सूची प्रकाशनमा सकेसम्म शुद्धिकरण गरिएको छ ।

तथापि कुनै भुलचुक भएमा भर्ना सम्बन्धी मूल कपिबाट सच्याइने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि सूचित गरिन्छ । 


क्याम्पस छनौटको निवेदन र बैंक वा अनलाईन माध्यमवाट भुक्तानी गरेको रसिद email: forestryentrance@gmail.com वा https://forms.gle/9HM7C2tZVCwyMRg3A मार्फत upload गर्न सकिनेछ ।


रकम भुक्तानीको लागि
बैंकको नाम : Global IME Bank
खातावालाको नाम: INSTITUTE OF FORESTRY
खाता नं.: 0501010005975


To Download a PDF file of the full Notice: Click Here.



Previous Post Next Post