New App Notice!

BSc Forestry, AFU Private Campus MOE Nepal Government Scholarship Seat Selected Students List & Further Process for Admission Notice.


नेपाल सरकार
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
छात्रवृत्ति शाखा
केशरमहल काठमाण्डौं

प्रकाशित मितिः २०७८/१२/१७

सिद्धान्त क्याम्पस गैडाकोट नवलपरासी (सुस्तापूर्व) मा विएस्सी फरेष्ट्री (B.Sc. Forestry) विषयको छात्रवृत्तिमा पूर्वमनोनयन सूची प्रकाशन गरिएकोसम्वन्धी अत्यन्त जरुरी सूचना

नेपाल सरकारलाई कृषि तथा वन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त सिद्धान्त क्याम्पस गैडाकोट नवलपरासी (सुस्तापूर्व, मा शैक्षिक बर्ष २०७८/०७९ सालको लागि स्नातक तहको BSc Forestry विषयमा निशुल्क अध्ययनार्थ ५ जना विद्यार्थी छात्रवृत्तिमा छनौट गर्न लेखी आएकोमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको मिति २०७८ साल चैत्र १० गतेको निर्णयअनुसार रीतपूर्वक योग्यताक्रम सूची प्रकाशन गरिएको र सो प्रकाशित योग्यता सूचीउपर तथ्यगत दाविविरोध नपरेकोले सोही सूचीका आधारमा साधारण तथा समूहगत रूपमा देहायअनुसारको उम्मेदवारहरूलाई मन्त्रालयको निर्णयअनुसार पूर्वमनोनयन गरी सूची प्रकाशन गरिएको छ ।

पूर्वमनोनयन भएका उम्मेदवारहरूका विषयमा कुनै तथ्यगत दावि विरोध भएमा २०७८ साल चैत्र २० गतेभित्र दाविविरोध पेश गर्न तथा पूर्वमनोनयनमा परेका उम्मेदवारले अध्ययनको लागि समर्थ वा असमर्थ किटान गरी २०७८ साल चैत्र २७ गतेभित्र applyscholarship@moest.gov.np मार्फत लिखित निवेदन पठाउनु हुन जानकारी
गराइन्छ ।

अध्ययन गर्न समर्थ भन्ने उम्मेदवारले निवेदन (क) र असमर्थ भन्ने उम्मेदवारले निवेदन (ख) को ढाँचामा पठाउनु पर्ने छ ।

This means the selected students need to notify MOE if they are interested or not to study from this scholarship. They must notify in either case, if they are interested or not along with the Application.


Selected Students List for Admission:



Application Sample for Selected Students who wish to Study in MOE Seats:



Application Sample for Selected Students who doesn't wish to Study in MOE Seats:



पूर्वमनोनयन सूचीमा परेका कुनै उम्मेदवारले अध्ययन असमर्थता प्रकट गरी निवेदन पठाएमा वैकल्पिक उम्मेदवारलाई मनोनयन गरिने छ ।

मनोनयन भइसकेपछि असमर्थ भएको निवेदन पेश गर्न नपाइने भएकाले अध्ययन गर्न इच्छुक हो होइन यसै अवधिमा निश्चित भएर निर्णय गरी निवेदन पठाउन सम्बन्धित सबैलाई जानकारी गराइन्छ ।

निवेदन पठाएका उम्मेदवारले आफ्नो निवेदन पुगेनपुगेको सुनिश्चित गर्न छात्रवृत्ति शाखाको फोन ०१-४४१८१६९ मार्फत कार्यालय समयमा सम्पर्क गर्नु पर्ने छ ।


CLICK HERE to view the PDF File of the Full Notice.
Previous Post Next Post