New App Notice!

BSc Forestry, IOF, TU 2078: Quota Capitation Seats of Pokhara & Hetauda Campus Selected Students List & Admission Notice.


त्रिभुवन विश्वविद्यालय
वन विज्ञान अध्ययन संस्थान
डीनको कार्योलय

मिति: २०७८-१२-१८

स्नातक तह (वन विज्ञान) शैक्षिक सत्र २०७८ २०८२ मा समावेशी क्यापिटेशन सिटमा छनौट भएका उम्मेदवारहरूको भर्ना सम्बन्धि सूचना

यस वन विज्ञान अध्ययन संस्थान (पोखरा क्याम्पस तथा हेटौडा क्याम्पस) को शैक्षिक सत्र २०७८।०८२ स्नातक तह (वन विज्ञान) मा अध्ययन गर्न आवेदन दिएका उम्मेदवारहरुमध्ये मिति २०७८।११।२१ गते शनिवारका दिन लिइएको प्रवेश परीक्षा तथा मिति २०७८।११।२३ मा प्रकाशित गरिएको योग्यताक्रमानुसार क्याम्पस छनौटको लागि प्रकाशित सूचना अनुसार समावेशी क्यापिटेशन सिटमा भर्नाको लागि छनौट गरिएको छ ।

छनौट भएका उम्मेदवारहरुले मिति २०७८।१२।२४ गते कार्यालय समय भित्रमा यस वन विज्ञान अध्ययन संस्थान, डीनको कार्यालय-काठमाडौं, डीनको सम्पर्क कार्यालय, पोखरा र हेटौडा क्याम्पसमा सम्पर्क गरि भर्ना भई सक्नु पर्नेछ ।

भर्ना हुन आउँदा नागरिकताको प्रमाणपत्र, एस.एल.सी. देखि +२ सम्मका सम्पूर्ण शैक्षिक योग्यताको सक्कल प्रमाणपत्रहरु साथै उक्त प्रमाणपत्रहरुको २/२ प्रति फोटोकपि, पासपोर्ट साईजको २ प्रति फोटो सहित उम्मेदवार आफै उपस्थित हुनुपर्नेछ ।

भर्ना हुने समयमा सक्कल प्रमाणपत्रहरु उम्मेदवारहरुले अनिवार्य रुपमा पेश गर्नुपर्नेछ, अन्यथा छनौट भएका उम्मेदवारहरुलाई यस वन विज्ञान अध्ययन संस्थानले भर्ना गर्न बाध्य हुनेछैन ।

कुनै उम्मेदवारको शैक्षिक योग्यता एवं अन्य विवरण झुठ्ठा ठहरिएमा वा फरक भेटिएको प्रमाणित भएमा त्यस्ता उम्मेदवारको भर्ना कुनै पनि समय रद्द गर्न सकिनेछ।

भर्ना सूची प्रकाशनमा सकेसम्म शुद्धिकरण गरिएको छ, तथापि कुनै भुलचुक भएमा भर्ना सम्बन्धि मूलकपिबाट सच्याईने व्यहोरा सम्बन्धित सवैको जानकारीको लागि सूचित गरिन्छ ।

भर्ना हुने विद्यार्थीले तोकिए बमोजिमको भर्ना शुल्क रकम "Institute of Forestry" को नाममा रहेको नेपाल बैंक लिमिटेड, पृथ्वीचोक, पोखरा शाखाको चल्ति खाता नं. १९२००१००५७९६७४०००००१ मा जम्मा गरेको सक्कल बैंक भौचर संलग्न हुनु पर्नेछ ।


CLICK HERE to view Quota Capitation Seats Admission List

Previous Post Next Post