New App Notice!

BSc Forestry, AFU 2077-78 Eighth ONLINE Counselling Notice for Remaining Seats After Cancellation of Admission by Some Students!


कृषि तथा वन विज्ञान विश्वविद्यालय
वन विज्ञान संकाय
डीनको कार्यालय, हेटौंडा, मकवानपुर

मिति: २०७८-०२-१०

सूचना

शैक्षिक सत्र २०७७-२०८१ मा यस वन विज्ञान संकाय, हेटौंडा-मकवानपुर र प्राकृतिक स्रोत व्यवस्थापन कलेज, कटारी-उदयपुरमा सञ्चालन हुने वन विज्ञान (B.Sc. Forestry) तह अध्ययनार्थ Online आवेदन फाराममा पेश भएका सम्बन्धित कोटाहरुको प्रमाणपत्र वा सिफारिस पत्र र मिति २०७७/११/२४ गते भएको प्रवेश परीक्षामा संलग्न भई उत्तीर्ण भएका विद्यार्थीहरुबाट पहिलो, दोस्रो, तेस्रो, चौथो, पाचौं, छैठौं र सातौं Counselling मा पनि शहिद परिवार कोटामा दुबै कलेज तर्फ १-१ जना उम्मेदवार नभएकोले सो कोटाहरु रिक्त रहँदै भर्ना प्रक्रिया सम्पन्न भएकोमा हाल भर्ना भएका विद्यार्थीहरु मध्ये पनि वन विज्ञान संकाय, हेटौंडा मकवानपुर तर्फ १४ जना तथा प्राकृतिक स्रोत व्यवस्थापन कलेज, कटारी-उदयपुर तर्फ ७ जना विद्यार्थीहरुले भर्ना रद्द गरेको व्यहोरा सम्बन्धित सबैलाई जानकारी गराईन्छ । 

यसरी रिक्त रहेका दुबै कलेज तर्फको शहिद परिवार सिट र भर्ना रद्द गरी रिक्त हुन आएका सिटहरुलाई UDF कोटामा परिणत गरी वन विज्ञान संकाय तर्फ १५ र प्राकृतिक व्यवस्थापन कलेज, कटारी उदयपुर तर्फ ८ वटा UDF सिटमा भर्नाका लागि यो सुचना प्रकाशन गरिएको छ ।

साथै सो भर्ना प्रक्रियालाई सम्पन्न गर्नका लागि तपसिलमा उल्लेख गरिएका प्रवेश परीक्षा उर्तीण भएका परीक्षार्थीहरुको Counselling कार्यक्रम तपसिलको विवरण अनुसार हुनेछ । Counselling विधिबाट अनलाईन भर्ना हुने समयमा आफूले प्राप्त गरेको शैक्षिक योग्यताको प्रमाणपत्र, लब्धाङ्कपत्र, चारित्रिक प्रमाणपत्र, नेपाली नागरीकताको प्रमाणपत्र, मूल प्रमाणपत्र वा अस्थायी प्रमाणपत्र (Provisional Certificate) हरुको सक्कल तथा स्क्यान प्रति अनिवार्य रुपमा देखाउनु पर्नेछ । Counselling भर्ना अनलाईन माध्यम (Zoom App) मार्फत संचालन हुनेछ।

जुमको लिङ्क सम्बन्धित विद्यार्थीहरुको ईमेलमा पठाईनेछ । भर्ना भएका विद्यार्थीहरुले यस संकायले तोकेको बैंकको खातामा अनलाईन माध्यम मार्फत UDF तर्फको शूल्क रु १,००,०००.०० र सेमेष्टर भर्ना शूल्क रु ६,१९५.५ गरी कुल रु १,०६,१९५.५ (एक लाख छ हजार एक सय पन्चान्नब्बे रुपैंयापाँच पैसामात्र) अनलाईन माध्यमद्वारा तिरेको प्रमाणको कागजातको PDF File, afufofhtd10@gmail.com मा मेल गर्नुपर्ने छ । तोकिएको समयावधि भित्रमा Counselling कार्यक्रममा हाजिरी नजनाउने परिक्षार्थीहरुको भर्नाको लागि यस वन विज्ञान संकाय जवाफदेही हुने छैन ।


तपसिल
Date For Counselling : २०७८-०२-१४     
Counselling For Students within: मेरिट क्रमाङ्क २७४ देखि मेरिट क्रमाङ्क ३०८ सम्म
Online Counselling Time: विहानको १०:४५ बजे देखी @ Zoom App

फ्याक्स नं.: ०५७-५२७३५४



Previous Post Next Post