New App Notice!

Notice to Apply for 1 Remaining Seat of BSc Ag, TU Private College Scholarship, MOE Nepal Government. [ कृषि विषयको स्नातक तहमा (B.Sc. Agriculture) नि:शुल्क छात्रवृत्तिमा साधारण समूहतर्फको एक रिक्त सिटमा इच्छुक वैकल्पिक उम्मेदवारबाट दरखास्त आह्वान गरिएको सम्बन्धी अत्यन्त्त जरुरी सूचना ]


नेपाल सरकार
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
छात्रवृत्ति शाखा
केशरमहल, काठमाण्डौं

प्रकाशित मितिः २०७८/०२/११


त्रिवि अन्तर्गतका केही कलेजमा माग भएको विएस्सी (B.Sc. Agriculture) विषयको निशुल्क छात्रवृत्तिमा साधारण समूहतर्फ एक सिट रिक्त हुन आएकाले इच्छुक वैकल्पिक उम्मेदवारबाट दरखास्त आह्वान गरिएको सम्बन्धी अत्यन्त जरुरी सूचना


त्रिभुवन विश्वविद्यालय अन्तर्गत सञ्चालित केही कलेजहरूमा (गोकुलेश्वर कृषि तथा पशु विज्ञान कलेज, गोकुलेश्वर बैतडी, क्याम्पस अफ लाइभ साइन्सेज फूलबारी, दाङ र पृथु टेक्निकल कलेज लमही, दाङका, शैक्षिक वर्ष २०७७/०७८ मा स्नातक तहको कृषि विषयको निशुल्क छात्रवृत्तिमा अध्ययनका लागि दरखास्त आह्वान भई सिफारिस समेत भइसकेको व्यहोरा विदितै छ । 

माग भएको साधारण तर्फको ६ सिटमध्ये एक सिट रिक्त हुन आएकाले २०७८ साल बैशाख २४ गते शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट प्रकाशित योग्यताक्रममा सोही समूहमा वैकल्पिक उम्मेदवारको रूपमा रहेका इच्छुक उम्मेदवारबाट २०७८ साल जेठ १२ गते कार्यालय समय (Till 5 p.m.) भित्र आइपुग्नेगरी छात्रवृत्ति शाखाको इमेल applyscholarship@moest.gov.np मार्फत निवेदन पठाउनु हुन यो सूचना प्रकाशन गरिएको छ ।
Download Application Form: Click Here
Download this, print it, fill it, scan it and mail it to the above email id by Jestha 12, 5 p.m..

तोकिएको समय सीमा नाघेर आउने कुनै पनि निवेदनउपर कार्वाही हुने छैन ।



Previous Post Next Post