New App Notice!

Selected Students List for Scholarship in BSc Agriculture, IAAS, TU Private Colleges 2077 in Full Scholarship from MOE, Nepal Government and Notice of Further Process for Scholarship Achievement.


नेपाल सरकार
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय
छात्रवृत्ति शाखा
केशरमहल, काठमाण्डौं
प्रकाशित मितिः २०७८-१-२८ 



त्रिभुवन विश्वविद्यालय अन्तर्गतका केही कलेजहरूमा विएस्सी (B.Sc. Agriculture) विषयमा नि:शुल्क छात्रवृत्तिमा मनोनयनका लागि दरखास्त दिएका उम्मेदवारहरूको पूर्वमनोनयन (Pre-Nomination or Selection) सूची प्रकाशन गरिएको सम्बन्धी अत्यन्त जरुरी सूचना


शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको मिति २०७८-०१-२४ को निर्णयअनुसार त्रिभुवन विश्वविद्यालय अन्तर्गतका गोकुलेश्वर कृषि तथा पशु विज्ञान कलेज गोकुलेश्वर बैतडी , क्याम्पस अफ लाइभ साइन्सेज फूलबारी दाङ र पृथु टेक्निकल कलेज लमही दाङमा शैक्षिक बर्ष २०७७ सालको लागि स्नातक तहको BSc Agriculture विषयक छात्रवृत्तिमा १० जना विद्यार्थी मनोनयन गरी पठाउने प्रयोजनका लागि शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको योग्यताक्रम सूची प्रकाशन भएको व्यहोरा विदितै छ । 

सो योग्यताक्रम सूची उपर कुनै दाविविरोध नभएकोले मन्त्रालयको निर्णय अनुसार सोही योग्यताक्रम तथा उम्मेदवारले छनौट गरेका कलेज प्राथमिकता क्रम समेतका आधारमा कलेजगत रूपमा निर्धारित समूहगत कोटामा देहाय बमोजिमका उम्मेदवारहरूलाई विद्यमान छात्रवृत्ति सम्बन्धी ऐन २०२१ (संशोधन सहित) तथा छात्रवृत्ति सम्बन्धी नियमावली २०६० संशोधनसहित) र छात्रवृत्ति छनौट तथा परीक्षा सञ्चालन तथा मनोनयन प्रकृया सम्बन्धी निर्देशिका, २०६९ बमोजिम पूर्वमनोनयन गरिएकोले यो सूचना प्रकाशन गरिएको छ ।

Selected Students List for Scholarship in IAAS, TU Affiliated Private College from MOE, Nepal Government 2077.



पूर्वमनोनयन भएका उम्मेदवारहरूका विषयमा कुनै तथ्यगत दावि विरोध भएमा तथा पूर्वमनोनयनमा परेका उम्मदेवारले आफू अध्ययनका लागि समर्थ वा असमर्थ के हो सोको व्यहोरा स्पष्ट गरी २०७८ साल जेठ २ गते भित्र इमेल applyscholarship@moest.gov.np मार्फत निवेदन पठाउनु हुन अनुरोध गरिन्छ । 

Note : The selected students must submit an application if they want to study in these free scholarship seats or not. They must submit the application in both cases, if they want to study or not in these scholarship seats. 
If they do not submit an application mentioning they want to study in these scholarship seats, the next selected student list will be published from the merit list previously published and chance will be given to other students. So submit the application fast in this email id : applyscholarship@moes.gov.np
You can write an simple application and submit it in the email address mentioned above.

तोकिएको समयभित्र माग भएको कागजात (अध्ययन गर्न इच्छुक भएको वा नभएको व्यहोराको निवेदन) शाखामा प्राप्त हुन नआएमा नियमबमोजिम वैकल्पिक सूचीमा रहेका उम्मेदवारलाई मनोनयन गरिने छ ।





Previous Post Next Post