New App Notice!

रामपुरमा एक सेमेस्टर - Sharing the Experiences of BSc Ag, First Semester, Rampur Chitwan to the Juniors and Tips for the Newcomers.


रापुमा  सेमेस्ट


रामपुरमा कृषि पढ्ने म जस्तै ११-१२ मा +2 Science पढ्ने धरै विधार्थीहरुको सपना हो । म पनि तिनीहरु जसरी नै कृषि पढ्ने सपना लिएर १२ सकिए लगतै प्रवेश परिक्षाको तयारीमा जुटेँ । परिक्षा पुष ९ गते भयो र म मेरिटमा नाम निकाल्न सफल पनि भएँ । नाम निस्कीएको खबर पाएपछि मन निकै नै प्रफूल्लीत भएको थियो । दिनहुँ धेरै फोन कलहरु आई बधाई पाउँथेँ, त्यो देख्दा आफूले ठूलै केही हाँसिल गरेछु जस्तो पनि लाग्थ्यो । त्यही महिनाको १४ गते भर्ना पनि गरियो । भर्ना भइसकेपछि अर्को सुचनाको पर्खाइ गदै घर फर्किएँ । 


रामपुरमा राजनिति हन्छ भन्ने त्यतिबेला अलिअलि जानकारी पाएको थिएँ र मलाई Receiving गर्ने दाई xyz पार्टीको को तत्कालिन सचिव हुनुहुदो रहेछ । त्यस दिनदेखि अनौपचारिक रुपले त्यहिँ संगठनको एक हिस्सा भइयो । १२ सम्म निजि विधालय पढेको कारणले राजनितिको नाम सुन्दा त्यसबारे छुट्टै नकारात्मक कुरा खेल्दथ्यो, झन् संगठनमा आवद्ध हुने कुराले आन्दोलनमा जान पर्ने, पार्टिको झन्डा बोक्न पर्ने होकी भन्ने कुराले पेट पोल्थ्यो । तर त्यहाँ सोचेको भन्दा भिन्न कुरा भेटेँ, त्यस भन्दा पनि महत्वपूर्ण कुरा, संगठनको पहलमा पहिलो सेमेस्टरमै छात्रवास पाएँ ।


माघ २० लाई बोलाइएको Orientation Program कर्मचारीको हड्तालले २८ मा सार्दियो । बल्लतल्ल क्याम्पस सुचारु भएको थियो, फाल्गुन २ को दिन ठूलो झडप भई मारामारी नै चल्न आँटेको थियो, त्यहीकारणले सशस्त्र प्रहरी आई रातभर पहरा दिनपर्ने अबस्था आएको थियो । अहिले सम्म लडाईँ झगडा चलचित्रमा बाहेक अन्त नदेखेका म लगाएत मेरो साथिहरुको मानसिक अबस्था वर्णन गरिसाद्धेको थिएन । दाइहरु आउनु भएर हामीहरुलाई सम्हाल्नु भएपछि मन अलिक हल्का भयो । त्यसको १ हप्तामा पुनः क्याम्पस १० दिनको लागि बन्द भयो । खुलेर पढाई राम्रो चल्दै थियो कोरोनाको कारणले देशव्यापि रुपमा शैक्षिक संस्था लगायत सबै बन्द गर्नु पर्ने भयो । बल्लतल्ल पढाई सुरुभएको कारणले क्याम्पस बन्द भएको हुदाँ केहि दुख लागेको त थियो तर ज्यान रहे पछि पढ़ौला भनि मनलाई बुझाइ घर आइयो । बन्द भएको २ महिना भन्दा बढि भइसकेको थियो त्यसैले अन्लाइन कक्षा जाने नजाने भनेर विधार्थी र विश्वविधालय दुवै अन्यौलमा थिए । केहि समयको अन्यौल पश्चात कक्षा गराउने पक्षमा सबैजना पुगेपछि अन्लाइन कक्षा सञ्चालन हुन थाल्यो । भौतिक कक्षामा त पढ्न अल्छि मान्ने म, सिधै अन्लाइन कक्षामा पुग्दा निकै गाह्रो त भएको थियो तर कक्षा हुँदै नहुनु भन्दा त्यतिसम्म हुने कुरा केहि हदसम्म राम्रो भएकाले त्यहि सिस्टममा पढियो । कक्षामा पढाइने कुरा लगभग भाषण सुने झैँ हुने, के पढेँ पढेँ । अलिअलि बुझेँ भन्ने लाग्ने, बाँकि त के हो के हो तर बिस्तारै कक्षाको बानि बस्दै गयो र बुझ्न पनि थालियो । 
तर जति जति समय बित्दै गयो, पढाइने गुणस्तर घटेको आभाष हुन थालेको थियो ।


लगभग सबै विषयहरुको पढाइनु पर्ने कोर्ष सकिएपछि आन्तरिक मूल्याङ्कनको कुरा उठ्यो र अन्लाइन नै गर्ने भनी २-४ विषयको अन्लाइन नै गरियो । त्यसको केहि समय पछि भौतिक कक्षा चलाइने कुरा आउन थाल्यो र अन्लाइन कक्षा लगभग पूर्णरुपले बन्द भयो तर कक्षा भने सुचारु हुन सकेन । माघमा बल्लतल्ल परिक्षाको फारम खुल्यो र फारम भरियो, तर बिषय टेक्निकल अनि प्राक्टिकल १ वटा पनि भएको थिएन । परिक्षाको मिती तोकिएपछि विधार्थीहरुको पहलमा २-४ वटा विषयको प्राक्टिकल गर्न लगाइयो । त्यो भइसकेपछि फाल्गुन अन्तिमवाट परिक्षा सुरु भयो र चैत्रसम्म चल्यो । प्राक्टिकल परिक्षा भने बाँकि थियो, कोरोनाको कारणले त्यसको मिति फेरि पछि धकेलियो । तर राम्रो कुरा के भने भौतिक रुपमा चलिरहेको क्याम्पस, क्याम्पस बन्द भए लगतै अहिले डेढ हप्ताको अवधिमै अन्लाइन पढाई गराउन थालिसकेको छ ।


यो त भयो मैले रामपुर आउनेबाट आएर पहिलो सेमेस्टर सकि दोस्रो पढ्दै गर्दासम्मको कहानि । यसको अवधि १ वर्ष भन्दा लामो छ र यसको बिचमा रामपुरकै कारणले धेरै कुराहरु सिक्ने अवसर पाइ सिकेको छु । यहाँ आए पश्चात परिवारको सदस्यहरु जति नै माया गर्ने नयाँ साथिहरु पाएँ, एउटै आमाको कोखबाट जन्मिएका जस्तै हेरचाह गर्ने सिनियर दाई-दिदिहरु पाएँ । समग्रमा भन्दा रामपुरमा मेरो दोस्रो जन्म भयो र यहाँ दोस्रो परिवार पाएँ र यसको लागि रामपुरसँग म जिवरभर आभारी रहनेछु र अझै धेरै कुराहरु सिक्न पाउनेछु भन्ने आशा गर्दछु । रामपुरको सुरुवातको दिनहरु बाहेक अरु दिनहरुमा घरबाट पर आएको छु भन्ने आभाष नै भएन । सानाकुराहरुमा खुशी भइयो, यति समयमै धैरै यादगार पलहरुको सिर्जना पनि गरियो ।


पहिल्यै भने अनुरुप रामपुर सोचको जस्तो त छैन तर यहि माहोललाई आत्मसाथ गर्ने हो भने पक्कै पनि राम्रो गर्न सकिन्छ । रामपुर आएपछि यहाँको व्यवस्था देखि जोकोही अन्यौलमा पर्नू स्वभाविक कूरा हो । कसरी अगाडि बढ्ने भन्ने बारे गाइडलाइन नहुँदा अझै धेरै कठिन हुन्छ । पढाइको सन्दर्भमा कुरा गर्दा मैले ११-१२ भन्दा यहाँ के फरक पाएँ भने शिक्षकहरुलाई बिधार्थीबारे धेरै चासो हुन्न, राजनितिक कुराले पठनपाठन केहीहद प्रभावित हुन्छ, पढ्न पर्ने कन्टेन्ट धेरै तर समय थोरै, नोट भन्दा किताब पढ्दा उचित हुने, प्रशासनलाई बिधार्थीहरुको अवस्थाबारे थाहा नहुने, परिक्षामा आउने प्रश्नको स्थिर ढाँचा नहुने, आदि । यस्तो अवस्थामा मेरो सल्लाह चाहिँ, कक्षामा चर्चा भएका बिषयहरु ध्यान दिएर सुन्ने र टिपोट गरि किताबमा खोज्ने, शिक्षकहरुले राम्ररी व्याख्या गरेका कुराहरु नै हुन् परिक्षामा आउने अति सम्भाव्य प्रश्नहरु त्यसैले ति कुराहरु नछुटाइ पढ्ने, नबुझेको कुराहरु आफ्नो इमिडेट सिनियरहरुलाई सोध्न गाहे नमान्ने गर्नूपर्छ । त्यसैगरि जिवन भनेको पढाईमात्रै नभएकोकारणले बाहिरी कुरामा समेत चासो देखाइ अगाडि बढ्दा उत्तम हुने रहेछ । र मैले मेरो रामपुरको १ सेमेस्टरमा अनुभव गरेको मुख्य कुराहरु पनि यिनै हुन् ।

– अधिकार भट्टराई, BSc Ag 8th Batch, AFU Rampur Chitwan.
Previous Post Next Post