New App Notice!

BSc AG, TU Private Colleges, MOE Nepal Government Scholarship REMAINING 1 Seat Student Nominated Notice. [ कृषि विषयको स्नातक तहमा (B.Sc. Agriculture) नि:शुल्क छात्रवृत्तिमा साधारण समूहतर्फको एक रिक्त सिटमा उम्मेदवार मनोनयन गरिएको सम्बन्धी अत्यन्त जरुरी सूचना ]


नेपाल सरकार
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय
छात्रवृत्ति शाखा
केशरमहल, काठमाण्डौं


प्रकाशित मितिः २०७८-०२-१३


विएस्सी (B.Sc. Agriculture) विषयमा निःशुल्क छात्रवृत्तिमा साधारण समूहतर्फ रिक्त एक सिटमा उम्मेदवार मनोनयन गरिएको सम्बन्धी अत्यन्त जरुरी सूचना


शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको निर्णयअनुसार २०७८ साल जेठ ११ गते प्रकाशित सूचनाअनुसार त्रिभुवन विश्वविद्यालय अन्तर्गत सञ्चालित केही कलेजहरूमा (गोकुलेश्वर कृषि तथा पशु विज्ञान कलेज, गोकुलेश्वर बैतडी क्याम्पस अफ लाइभ साइन्सेज फूलबारी, दाङ र पृथु टेक्निकल कलेज लमही, दाङका) माग भएको निशुल्क छात्रवृत्तिमा अध्ययन गर्ने एक रिक्त साधारण तर्फको सिटका लागि निवेदन दिएका मध्ये वि सं २०७८ साल बैशाख २४ गते प्रकाशित मन्त्रालयको सोही समूहको योग्यताक्रम सूचीमा निवेदन दिएकाहरूमध्ये माथि रहेका उम्मेदवार छनौट गरी यस अघि प्रकाशित नामावली तथा हाल सिफारिस भएका उम्मेद्वार समेतक देहाय अनुसारको संशोधित तथा एकीकृत मनोनयन सूची शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको मिति २०७८/०२/१३ गतेको निर्णयअनुसार सम्बन्धित सबैको जानकारीका लागि प्रकाशन गरिएको छ । 

मनोनयन भएका उम्मेदवारले ( यस अघि बुझाइसकेका बाहेकले  ) स्क्यान गरिएको निरोगिताको प्रमाणपत्र तथा कबुलियतनामा छात्रवृत्ति शाखाको इमेल applyscholarship@moest.gov.np मार्फत पठाउनु हुन जानकारी गराइन्छ । निरोगिताको प्रमाणपत्र स्वास्थ्यजाँचको समयअनुकूल भएपछि र कबुलियतनामा यसै सूचनाको पृष्ठ भागबाट डाउनलोड गरी तुरून्त पठाउनु पर्ने छ । Click Here to Download



सबै मनोनिनत उम्मेदवारहरूले सम्बन्धित कलेजमा सम्पर्क गरी अध्ययनका लागि जाने समय, प्रक्रिया तथा विधिका विषयमा जानकारी लिन र आफ्ना आवश्यक सक्कल प्रमाणपत्रहरू सम्बन्धित कलेजमा नै बुझाउनु हुन अनुरोध गरिन्छ । 

सम्बन्धित कलेजहरूले सम्बन्धित उम्मेदवारले बुझाएका प्रमाणपत्र र निजहरूले भरेका विवरणको प्रामाणिकता जाँचबुझ गरी लिने र छात्रवृत्तिमा सिफारिस भएका उम्मेदवारले प्रमाणपत्र बुझाए नबुझाएको तथा अध्ययनका लागि सम्पर्क गरे नगरेको विषयमा यस शाखालाई पत्राचार गरी अविलम्ब जानकारी पठाउनु हुन सूचित गरिन्छ । 
मनोनयन भएका उम्मेदवारहरूलाई छात्रवृत्ति शाखाले प्रमाणपत्र दिने भएकाले कोभिड १९ को महामारीबाट मुलुक सहज भएपछि आफूले गरेको कबुलियतनामाको सक्कल र निरोगिताको प्रमाणपत्र तथा तीनप्रति अटोसाइजको फोटो लिएर शाखामा सम्पर्क राख्नु पर्ने छ । आफूले पठाएका कागजात छात्रवृत्ति शाखामा पुगेनपुगेको सम्बन्धमा तोकिएकै इमेलबाट जानकारी लिन सकिने छ ।


संसोधित तथा एकीकृत मनोनयन सूची





Previous Post Next Post