New App Notice!

New College for BSc Ag under TU by Nepal Army (Nepal Army Institute of Agriculture Science) Established!


The new college for BSc Ag has been established by Nepal Army, Nepal Army Institute of Agriculture Science. It's affiliated to TU.

This news is a small part from the source: nayapatrikadaily.com

नेपाली सेनाको सैनिक कल्याणकारी कोषद्वारा लमजुङको बेंसीसहर नगरपालिका-२ बगालेगाउँमा नेपाली सेना कृषि विज्ञान संस्थान स्थापना गरिएको छ । उक्त कृषि विज्ञान संस्थानको सोमबार नेपाली सेनाका प्रधान सेनापति पूर्णचन्द्र थापा र बलाधिकृत रथी प्रभुराम शर्माले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।

कार्यक्रममा बोल्दै प्रधानसेनापति थापाले संस्थानमा सैनिक र गैरसैनिक परिवारका सन्तानले सर्वसुलभ रुपमा गुणस्तरीय शिक्षा प्राप्त गर्न सक्ने बताए । उनले भने 'आधुनिक कृषि प्रणालीलाई जोड दिई कृषि क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्न यसले सहयोग पुग्नेछ ।'

संस्थानले बीएस्सीएजीको अध्यापन गर्नका लागि त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरेको छ । मंसिर महिनाबाट पठनपाठन सुरु हुनेछ । ४ सय ५० रोपनी क्षेत्रफलमा निर्माण गरिएको कृषि विज्ञान संस्थानमा प्रशासन तथा शैक्षिक क्षेत्रमा भवनलगायतको पूर्वाधार, छात्राबास, प्रयोगशाला निर्माण गरिएको छ ।

यस्तै कृषि क्षेत्रमा फलफुल तरकारी, फार्म स्थापना, फलफुलको बगैंचा, चिया बगान स्थापना गरिएको छ । संस्थानमा कुखुरा फार्म, गाई फार्म, बाख्रा फार्म, बगुंर फार्म, माछापोखरी स्थापना गरिएको नेपाली सेना श्रीजंङ गण उदिपुरका गणपती प्रमुख सेनानी जयराम थापाले बताए ।

कार्यक्रममा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका शिक्षा सचिव रामप्रसाद थपलियाले संस्थानले जिवन निर्वाह कृषि प्रणालीलाई मात्र नभई व्यवसायीक कृषिमा जोड दिनुपर्ने बताए ।

For full news, click here.
Previous Post Next Post