New App Notice!

Merit List of Students Applying Private College of AFU for BSc Ag Scholarship Seats from MOE, Nepal Government 20787-78 and Disqualified Student's List.


नेपाल सरकार
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, छात्रवृत्ति शाखा
केशरमहल, काठमाण्डौं


प्रकाशित मितिः २०७८-०५-०४


कृषि तथा वनविज्ञान विश्वविद्यालय रामपुरअन्तर्गतका कलेजमा B.Sc. Agriculture विषयमा नि:शुल्क अध्ययनका (छात्रवृत्तिमा) लागि दरखास्त दिएका उम्मेदवारहरूको सूची प्रकाशन गरिएको सम्वन्धी अत्यन्त जरुरी सूचनाः

शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयको मिति २०७८ साल साउन २६ गतेको निर्णयअनुसार २०७८ साल साउन २६ गतेदेखि २०७८ साल भाद्र १ गतेसम्मको समयावधि दिएर कृषि तथा वनविज्ञान विश्वविद्यालय रामपुरबाट सम्बन्धन प्राप्त कलेजहरूमा रामनगर टेक्निकल एण्ड मेनेजमेन्ट कलेज, सुनवल. २, भुमही, नवलपरासी, जीविका कृषिविज्ञान क्याम्पस, इटहरी १, सुनसरी, भ्याली कृषि क्याम्पस, गोदावरी ११, ललितपुर, ब्राइट मध्यपश्चिम कृषि तथा वन विज्ञान क्याम्पस वीरेन्द्रनगर, सुर्खेत, गोर्खा पोलिटेक्निक कलेज एण्ड रिसर्च सेन्टर, बैजनाथ-४, बाँके र पूर्वाञ्चल कृषि क्याम्पस गौरादह, झापा) साधारण तथा समूहगत सिटमा छात्रवृत्ति शाखाको इमेल मार्फत दरखास्त आह्वान गरिएकोमा रीतपूर्वक पेश भएका देहायमा उल्लिखित उम्मेदवारहरूका दरखास्त देहायअनुसार हुने गरी ( क ) स्वीकृत गरिएको र आवश्यक कागजात नपुगेका देहायका (ख ) संलग्न दरखास्तलाई उल्लेख भएअनुसार गर्ने गरी निर्णय भएको जानकारी गराइन्छ ।

This is the Merit List only containing the List of All students who applied for these seats. The selected list of students for admission will be published within 2-3 days.

साथै इमेल मार्फत आवेदन माग भएकोमा सूचनामा तोकिएको मिति र समयभित्र (२०७८ साल साउन २६ गतेदेखि भाद्र १ गतेसम्म ) दरखास्त पठाएर पनि प्राविधिक कारणले प्राप्त हुन नसकेको भए प्राविधिक डिजिटल तथ्य प्रमाणसहित र प्रकाशित सूचीमा कुनै प्राविधिक त्रुटी भएमा तथ्यप्रमाणसहित २०७८ साल भाद्र ८ गतेभित्र छात्रवृत्ति शाखामा applyscholarship@moest.gov.np मार्फत निवेदन पठाउन सकिने छ । उल्लेख गरेअनुसार कुनै छुट भएको भए मन्त्रालयको योग्यताक्रम सूची प्रकाशन गर्दा समावेश गर्न सकिने छ । तथ्य प्रमाणविनाको दावीलाई स्वीकार गरिने छैन ।


इमेलबाट प्राप्त भई स्वीकृत भएका निवेदकहरूको नामावली






To Download PDF File of the Notice: Click Here

Previous Post Next Post