New App Notice!

REVISED Merit List of Students Applying Private College of AFU for BSc Ag Scholarship Seats from MOE, Nepal Government 20787-78.


नेपाल सरकार
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
छात्रवृत्ति शाखा
केशरमहल, काठमाण्डौं


प्रकाशित मितिः २०७८-०५-१३


कृषि तथा वनविज्ञान विश्वविद्यालय रामपुरअन्तर्गतका कलेजमा B.Sc. Agriculture विषयमा नि:शुल्क अध्ययनका (छात्रवृत्तिमा) लागि दरखास्त दिएका उम्मेदवारहरूको मन्त्रालयको योग्यताक्रम सूची प्रकाशन गरिएको सम्वन्धी अत्यन्त जरुरी सूचनाः


शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालय प्राविधिक शिक्षा शाखा को च.नं.२१ मिति २०७८।०४।२२ को प्राप्त पत्रानुसार नेपाल सरकारलाई कृषि तथा वनविज्ञान विश्वविद्यालय रामपुरबाट सम्बन्धन प्राप्त कलेजहरूमा (रामनगर टेक्निकल एण्ड मेनेजमेन्ट कलेज, सुनवल. २, भुमही, नवलपरासी, जीविका कृषिविज्ञान क्याम्पस, इटहरी १, सुनसरी, भ्याली कृषि क्याम्पस, गोदावरी ११, ललितपुर, ब्राइट मध्यपश्चिम कृषि तथा वन विज्ञान क्याम्पस वीरेन्द्रनगर, सुर्खेत, गोर्खा पोलिटेक्निक कलेज एण्ड रिसर्च सेन्टर, बैजनाथ-४, बाँके र पूर्वाञ्चल कृषि क्याम्पस गौरादह, झापा) शैक्षिक बर्ष २०७७/०७८ सालको लागि स्नातक तहको BSc Agriculture विषयमा निशुल्क अध्ययनका लागि ३० जना विद्यार्थी मनोनयन गरी पठाउन लेखी आएकोमा छात्रवृत्तिसम्बन्धी नियमावली २०६० बमोजिम २०७८ साल साउन २६ गतेको शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको निर्णयअनुसार साधारण तथा समूहगत सिटमा छात्रवृत्ति शाखाको इमेल मार्फत दरखास्त आह्वान गरिएकोमा सूचनामा उल्लेख भएबमोजिमको मिति तथा समयभित्र प्राप्त भएका उम्मेदवारहरूको सूची २०७८ साल भाद्र ४ गतेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको निर्णयअनुसार प्रकाशन गरी प्राविधिक कारणले तोकिएको समयभित्र दरखास्त पठाएर पनि प्राप्त हुन नसकेको कारण कसैको नाम छुटेको भए प्राविधिक तथ्यप्रमाणसहित २०७८ साल भाद्र ८ गतेभित्र निवेदन तथा आवश्यक कागजात पठाउन जानकारी गराउँदै मन्त्रालयको वेभसाइटमा सूचना प्रकाशन गरिएको विदितै छ ।

This is the REVISED Merit List only containing the List of All students who applied for these seats. The selected list of students for admission will be published within 2-3 days. Selected Students List will be published in Help For AG App, so keep checking the App for other Updates.


सो सूचना पश्चात तथ्यप्रमाणसहित निवेदन पठाएका उम्मेदवारसमेत संलग्न गरिएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको देहायबमोजिमको साधारण तथा आरक्षण समूहको योग्यताक्रम सूची मन्त्रालयको निर्णयअनुसार प्रकाशन गरिएको छ । 

प्रकाशित योग्यताक्रम सूचीमा कुनै उम्मेदवारको नाम तथा योग्यताक्रम प्राविधिक कारणले तल माथि पर्न गएको भए २०७८ साल भाद्र १५ गतेभित्र तथ्य प्रमाणसहित applyscholarship@moest.gov.np मार्फत दावी गर्न सकिने छ । दावी गरेको निवेदन पठाउनुपूर्व सम्बन्धित उम्मेदवारले आफू कुन रोल नम्बर र योग्यताक्रममा रहेको हो भन्ने कुरा सम्बन्धित विश्वविद्यालयको अन्तिम योग्यताक्रम सूची हेरेर स्पष्ट भएपछि मात्र आवश्यक भए आफ्नो फोन सम्पर्क नम्बरसहित पठाउन अनुरोध गरिन्छ । पूर्वमनोनयन यसै प्रकाशित योग्यतासूचीका आधारमा (कुनै प्राविधिक त्रुटी भए संशोधन गरी) हुने व्यहोरासमेत सम्बन्धित सबैमा जानकारी गराइन्छ ।



कृषि तथा वनविज्ञान विश्वविद्यालय रामपुरको योग्यताक्रम तथा मन्त्रालयमा दिएको आवेदनको आधारमा तयार भएको मन्त्रालयको योग्यताक्रम



To Download PDF File of the Notice: Click Here

Previous Post Next Post