New App Notice!

BSc Forestry, KAFCOL 2078 Admission Notice & Merit List for Admission


काठमाडौं फरेष्ट्री कलेज
स्थापनाः २०६२


मिति: २०७८-१२-१०

फरेष्ट्री स्नातक तहमा भर्ना सम्बन्धी सूचना

उपरोक्त सम्बन्धमा श्री वन विज्ञान अध्ययन संस्थान, पोखराले शैक्षिक सत्र २०७८-२०८२ का लागि लिएको प्रवेश परीक्षाको मिति २०७७११।२३ गते प्रकाशित नतिजा बमोजिम उक्त प्रवेश परीक्षा उत्तिर्ण भएका र यस कलेजमा अध्ययन गर्न तोकिएको म्याद भित्र निवेदन दिएका उम्मेदवारहरु मध्ये प्रवेश परीक्षाको नतिजाको योग्यताक्रम (Merit List) को आधारमा यस कलेजलाई प्राप्त कोटामा भर्नाको लागि संलग्न तालिका बमोजिमका उम्मेदवारहरुको छनौट भएको व्यहोरा जानकारी गराइन्छ ।

Also, MOE Nepal Government Scholarship form for KAFCOl college will open soon within a few days. The students selected for Admission in this List too can apply for KAFCOL Moe Nepal Government Scholarship seats and they will get scholarships in KAFCOl from MOE Seats.



छनौट भएका उम्मेदवारहरुले प्रथम किस्ता बापतको शुल्क रकम रु. १,१६,८००।- (एक लाख सोह्र हजार आठ सय) र बार्षिक दुर्घटना बीमा बापतको रकम रु. ७५०।- (सात सय पचाँस) समेत गरि जम्मा १,१७,५५०।- (एक लाख सत्र हजार पाँच सय पचाँस) रकम यस कलेजको नाममा नविल बैंक लिमिटेड, ग्वार्को शाखा, ललितपुर मा रहेको कल खाता नं. ५००६०१७५००००६ मा मिति २०७८।१२।१६ गते दिनको ३ बजे भित्र जम्मा गरि मिति २०७८।१२।१६ गते अपरान्ह ४ बजे भित्र रकम जम्मा गरेको सक्कल भौचर साथ कलेजको लेखा शाखामा सम्पर्क गरि भर्ना भई सक्नुपर्नेछ ।


भर्नाका अन्य सर्तहरु निम्नानुसार छन्ः
भर्ना हुन आउँदा सम्पूर्ण शैक्षिक प्रमाणपत्रहरुको सक्कल र १ सेट फोटोकपी, नागरिकताको प्रमाणपत्रको फोटोकपी तथा २ प्रति पासपोर्ट साइज फोटो साथमा लिई उम्मेदवार आफै उपस्थित हुनुपर्ने छ । बिदेश बाट उत्तिर्ण भएकाहरुले सक्कल माइग्रेसन र प्रोभिजनल प्रमाणपत्र समेत पेश गनुपर्ने छ।

तोकिएको म्याद भित्र उपरोक्त बमोजिम भर्ना हुन नआएमा नीज उम्मेदवारको सट्टा Merit List का रोलक्रमका अन्य उम्मेदवारलाई भर्ना लिइनेछ।

नियमानुसार भर्ना भएका विद्यार्थी ले कारणबश प्रथम सेमेष्टरको कक्षा सञ्चालन सुरु हुनुपूर्व भर्ना रद्द गर्नुपर्ने भएमा प्रिन्सिपल समक्ष स्पष्टकारण खुलाई निवेदन पेश गर्नुपर्ने छ । निवेदन स्वीकृत भएमा भर्ना शुल्क (रु.७,५००) र Capitation शुल्क (रु.५०,०००) बापत नीजले बुझाएको रकम कट्टा गरि बाँकी रकम फिर्ता गरि भर्ना रद्द गर्न सकिने छ ।

कक्षा सुरु भईसकेपछि भर्ना रद्द गर्न कलेज प्रशासन बाध्य हुने छैन ।


Merit List for Admission in KAFCOL 2078.




Previous Post Next Post